Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

वाग्मती सफाइ महाअभियानमा विदेशी नागरिक

काठमाडौं । छ वर्षअघिदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानमा विदेशी नागरिक पनि सहभागी भएका छन् । वाग्मती सफाइ महाअभियानको ३३२ औँ हप्तामा त्रिपुरेश्वर र गुसिङ्गाल क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा नेपाल नदी संरक्षण संस्थाको सक्रियतामा अमेरिका, क्यानडा र बङ्गलादेशका नागरिक सहभागी भएका हुन् ।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न नेपालका नदी नाला सफा बनाउन अभियान चलिरहेको छ भन्ने सन्देश प्रवाह गर्न विदेशी नागरिकलाई सहभागी गराइएको संस्थाका अध्यक्ष मेघ आलेले बताए । सहभागी विदेशी नागरिकले केही वर्षअघि चर्चा गरिएजस्तो नदीमा फोहर नभेटिएकाले सफाइ अभियानलाई तीव्रता दिइ नदीमा स्वच्छ पानी प्रवाह गरउनुपर्ने बताएका थिए । उनीहरुले काठमाडौँ स्वच्छ र सफा बन्दै गएको सन्देश लिएर जाने प्रतिबद्धतासमेत व्यक्त गरेको अध्यक्ष आलेले सुनाए ।

सफाइमा २० संस्थाका ३५० भन्दाबढी अभियानकर्मी सहभागी भएका अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । आजको सफाइबाट पाँच मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पूर्वआयोजना प्रमुख आशीष घिमिरे, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश महर्जनको पनि सक्रियता थियो ।

तीनवटै सुरक्षा निकायका अधिकारीको सफाइमा विशेष सक्रियता थियो । मुहानदेखि नै वाग्मती सफाइ अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले २९४औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमा ग¥यो । पितृपक्षका अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान एवं पिण्डदान गर्ने भक्तजनका कारणले जम्मा भएको फोहर व्यवस्थापन गरिएको थियो ।

कुहिने फोहर डस्टविनमा राखी नकुहिने फोहर व्यवस्थापन गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । रुद्रमती सफाइको २८६औँ हप्तामा सेतोपुलबाट देवीनगर पुलसम्म सफाइ गरियो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं। १० को समेत संस्थागत सहभागिता रहेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले सुनाए।

देवीनगर क्षेत्रमा धेरै फोहर भएपछि वडा अध्यक्ष रामकुमार केसीले महिला सदस्यको संयोजकत्वमा सफाइ समिति नै गठन गरी अभियानमा परिचालन गरेका छन्। आजको सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइ कार्यक्रममा ५०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

विष्णुमती सफाइ अभियानको २५९ औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं। १० क्षेत्रमा सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सिद्धेश्वर र नमूनानगर टोल सुधार समिति, सरसफाइ प्रेमी स्थानीयवासी, वडाध्यक्ष अमृत थापा लगायतको सक्रियता रहेको सफाइ संयोजक शोभाकान्त पाण्डेले बताए ।

तिलगङ्गास्थित वाग्मती नदी सफाइको २३२औँ हप्तामा त्यस क्षेत्रमा सफाइका साथै जनचेतनामूलक अभियान पनि सञ्चालन गरियो । मनोहरा सफाइको १३१औँ हप्तामा महानगरपालिका वडा नं ३२ कोटेश्वरस्थित शान्ति टोल क्षेत्रमा सफाइ गरी तीन टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको थियो ।

चक्रपथ सफाइ अभियानको १२९औँ हप्तामा गोङ्गबुबाट मानव सेवा आश्रमसम्मको सडक क्षेत्रमा सफाइ, जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले बताए। सफाइमा टोखा नगरपालिका वडा नं ९ र १० का अध्यक्ष क्रमशः केपी नेपाल र मधुसुदन पाण्डे लगायतका अभियानकर्मीको सक्रियता थियो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ अभियानले हाल देशव्यापीस्वरुप ग्रहण गरेको छ । हाल देशका १०५ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । यी सबै अभियान वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई शुरु भएका हुन् । यसैक्रममा आज चक्रपथको पश्चिम खण्ड बाफल, मीनभवनस्थित आलोकनगर, ललितपुरको गोदावरी खोला, वाग्मतीको सुन्दरीघाट, गुह्येश्वरीलगायत स्थानमा पनि सफाइ गरिएको जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies