Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

कानून पालना गराउन सरकार कठोर हुन्छ - मन्त्री ढकाल

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संसद्ले बनाएका कानून पालना गर्न र गराउन सरकार कठोर हुने बताएका छन् । संविधान दिवसका अवसरमा आज यहाँ आयोजित वृक्षरोपण तथा वृक्षसिञ्चन कार्यक्रममा मन्त्री ढकालले सार्वभौम सम्पन्न संसद्ले निर्माण गरेको संविधानअनुसार सबै प्रक्रियामा सहभागी भई संविधान दिवस नमनाउने राजनीतिक दलमाथि जनताले प्रश्न उठाउने बताए ।

हालसम्म ३३६ कानून निर्माण भएको बताउँदै उनले मौलिक हकमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न अधिकारको व्यवस्था गरिएको जानकारी गराए ।

सांसद राजेन्द्र केसीले विभिन्न कालखण्डमा संविधान निर्माण गरिएको भए पनि त्यसले जनअधिकार संरक्षण गर्न नसकेका कारण जनप्रतिनिधिले बनाएको संविधान ल्याउनु परेको विचार व्यक्त गरे ।

अर्का सांसद कृष्णगोपाल श्रेष्ठले संविधान दिवस नमान्ने दल नैतिकरुपमा सरकारबाट अलग हुनुपर्ने बताउँदै त्यस्ता नेताले सरकारी भत्ता लिन नहुने बताए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मुलुकलाई समृद्ध बनाउन महानगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार विकासलगायत क्षेत्रमा कार्यक्रम ल्याउन लागेको बताए ।

काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर वैद्य, नेपाली काङ्ग्रेस निकट ट्रेड युनियन सङ्गठनका कोषाध्यक्ष मोहन बस्नेतले बल्खुदेखि कीर्तिपुर गेटसम्म रोपिएका बिरुवाले हरियाली र स्वच्छ वातावरण कायम गर्ने विश्वास व्यक्त गरे । नागरिक लगानी कोष, लक्ष्मी बैंक र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा ती बिरुवा रोपिएको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies