Khabar Dabali Logo
  February 22, Sat

काङ्ग्रेस सभापति देउवाद्वारा प्रदर्शनी अवलोकन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा जारी नेपाल यार्न एण्ड टेक्सटाइल एक्स्पो अवलोकन गरेका छन् । नेपाली उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल धागो उत्पादक सङ्घले आयोजना गरेको पाँचदिने प्रदर्शनी अवलोकन गरी उनले केही उत्पादनसमेत खरीद गरे । सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रियामा नेता देउवाले नेपाली उत्पादनलाई प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए ।

अवलोकनमा सांसदहरु पुष्पा भुसाल र दिव्यमणि राजभण्डारी पनि सहभागी थिए । धागो उत्पादक सङ्घका अध्यक्ष पवन गोल्यानले उहाँलाई नेपाली धागो र कपडा उद्योगका विषयमा जानकारी गराएका थिए ।

धागोमा नेपाल आत्मनिर्भर भए पनि कपडा अझै आयात गर्न बाध्य हुनु परेको उनले बताए । हाल मागको १५ प्रतिशत कपडा मात्र नेपालमा उत्पादनमा हुन्छ । पचासी प्रतिशत विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको धागो उत्पादक सङ्घले जनाएको छ ।

धागो भने वार्षिक रु ११ अर्बको निर्यात हुने गरेको छ । विद्युत् र बैंक ब्याजदरमा सहुलियत दिए कपडामा पनि आत्मनिर्भर बन्न सकिने व्यवसायीको भनाइ छ । चोरी पैठारी र न्यून बिजकीकरणको समस्याले पनि नेपाली कपडा उद्योगलाई असर गरेको छ । यसलाई रोक्न पनि व्यवसायीले सरकारसँग माग गरेका छन् ।

भोलि आइतबारसम्म चल्ने प्रदर्शनीमा दर्शकको उल्लेख्य उपस्थिति छ । नेपालीको महान् बडादशैँ तथा शुभ दीपावलीको पूर्वसन्ध्यामा प्रदर्शनी आयोजना गरिएको हो ।

अशोज ४ गते, २०७६ - १४:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओली आफ्नो जन्मदिन मनाउन पुख्र्यौली घर जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भोली आइतबार आफ्नो जन्मदिन मनाउन तेह्रथुम जाने भएका छन् । प्रधानमन्त्री...   

साताको शेयर बजार : आठ अर्ब ६९ करोडको कारोवार

काठमाडौं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको...   
डोलेश्वरबाट यसरी बिदाई भए साधुसन्त

डोलेश्वरबाट यसरी बिदाई भए साधुसन्त

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई आज शनिबार...   

सुन उत्पादनमा अब दोस्रो देश बन्दै भारत, हजारौं टन सुन उत्खननको तयारी

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश सरकारले सुन उत्खनन प्रक्रिया सुरु गर्नको लागि ई–टेन्डर सुरु गरेको...   

लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरिँदैछ : अध्यक्ष थापा

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको...   

नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज शनिबार अपरान्ह सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री...   

हामी गोकुल बाँस्कोटालाई छुट दिने पक्षमा छैनौ : अध्यक्ष प्रचण्ड

चीतवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार गर्ने जो सुकैलाई...   

सेक्समा कस्तो आसन मन पराउछन् भारतीय ?

एजेन्सी । भारतमा ६२ प्रतिशत पुरुष र ५८ प्रतिशत महिला आफ्नो यौन जीवनवाट सन्तुष्ट छन् । एक सर्वेक्षणमा...   

गोकुल बाँस्कोटा काण्डमा प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : कोइराला

नेपालगन्ज । नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा...   

यौन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन किशोर–किशोरीको माग

सुर्खेत । कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top