Khabar Dabali Logo
  October 14, Mon

खाडी क्षेत्रमा अमेरिकी सैनिक संख्या बढाउने ट्रम्पको घोषणा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने शुक्रबार घोषणा गरेको छ । साउदी अरेबियाका महत्वपूर्ण तेल प्रशोधन केन्द्रहरुमा आक्रमण भएपछि अमेरिकाले उक्त कदम चाल्न लागेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको केही घण्टा नबित्दै सैनिक संख्या बढाउने निर्णय सार्वजनिक भएको हो । अमेरिकाले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रहरुमा इरानले ड्रोन मार्फत आक्रमण गरेको आरोप लगाउँदै आएको छ ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको केन्द्रीय बैंकमाथि नै प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको छ । इरानमाथि तत्कालै सैन्य कारबाही गर्ने योजना नभए पनि अर्को मुलुक विरुद्ध यो सबैभन्दा ठूलो कारबाही हो ।

अमेरिकी अर्थ विभागले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रमा गरिएको आक्रमणमा संलग्न रहेको भन्दै इरानी केन्द्रीय बैंकमाथि नै प्रतिबन्धको घोषणा गरिएको जनाएको छ । साउदी तेल उद्योगमा आक्रमण भएलगत्तै विश्व बजारमा एकाएक तेलको मूल्य वृद्धि भएको थियो ।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले गत जुनमा इरानले अमेरिकी गुप्तचर ड्रोन खसालेयताका हरेक कार्यहरु अमेरिका र यसका गठबन्धन विरुद्ध केन्द्रित भएको बताए । उनले साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सको आग्रहमा खाडी क्षेत्रमा थप अमेरिकी फौज पठाउन लागेको जानकारी दिए ।

रक्षामन्त्री एस्परले अमेरिकी सेना आक्रामक कारबाहीका लागि खाडी क्षेत्रमा पठाउन लागिएको भए पनि उनीहरु हाल मुख्य रुपमा हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा केन्द्रित हुने बताए ।

तर अमेरिकी संयुक्त सैन्य प्रमुख जो डन्फोर्डले खाडी क्षेत्रमा पठाइने सैनिक संख्या एक हजारको हाराहारीमा मात्र रहने स्पष्ट गरे । कतिपयले राष्ट्रपति ट्रम्पले इरान विरुद्ध युद्ध नै शुरु गर्ने अनुमान गरेपनि अमेरिकी नीति एकाएक फेरिएको थियो ।

गत जुनमा इरानले अमेरिकी जासुसी ड्रोन खसालेपछि तत्काल इरान विरुद्ध कारबाही गर्न राष्ट्रपति ट्रम्पले आदेश दिए पनि अन्तिम क्षणमा उक्त आदेश फिर्ता लिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट एकपक्षीय रुपमा अलग हुँदै इरान विरुद्ध कडा प्रतिबन्धहरु घोषणा गरेका थिए ।

अशोज ४ गते, २०७६ - १३:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाज ‘डिले’ भएपछि सांसदले गरे एयरपोर्टमै तोडफोड

जहाज ‘डिले’ भएपछि सांसदले गरे एयरपोर्टमै तोडफोड

जनकपुर। राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड...   

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका...   

हवाई कारबाहीमा नौ लडाकूको मृत्यु

अफगानिस्तान । अफगानिस्तानमा शृखलाबद्ध रुपमा भएको हवाई कारबाहीमा परी तालिबान र इस्लामिक स्टेट्स (आइएस)...   

केरुङ–काठमाडौँ रेलमार्गः सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको समझदारीले लामो समयदेखि चर्चामा...   
तरकारीवाली अभिनित म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

तरकारीवाली अभिनित म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । तरकारीवालीको रुपमा भाइरल गर्ल कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’...   

उपत्यकामा आजदेखि पोस्टपेड मोबाइल खुल्यो

श्रीनगर । जम्मु काश्मिरमा सोमबार दिउँसोदेखि पोस्टपेड मोबाइल सेवा शुरु गरिएको छ । जम्मु काश्मिरका...   

नेपाल र चीनबीचका २० बुँदे सम्झौता पत्रमा को कसले गरे हस्ताक्षर ?

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता...   

काङ्ग्रेसको चियापान समारोहमा सत्ता पक्षको उपस्थितिले एकताको सन्देश दियो – उपसभापति गच्छदार

काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान राजनीतिक व्यवस्था सबैको साझा...   

उपलब्धि संस्थागत गर्न एकजुट हुुनुपर्छ – मन्त्री विश्वकर्मा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले दलित समुदायको विषयमा प्राप्त उपलब्धिलाई...   
गृहमन्त्री बादलले दिए सुरक्षाकर्मीहरुलाई धन्यवाद

गृहमन्त्री बादलले दिए सुरक्षाकर्मीहरुलाई धन्यवाद

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले चिनिया राष्ट्रपति सि चिन फिङको भमणको क्रममा प्रभावकारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top