Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

यसकारण राजधानीमै पाइँदैन सूचना

काठमाडौं। गाउँ ठाउँमै सिंहदरबार पुगेपछि सहजै सेवा सुविधा पाउने आशामा बसेका नागरिकले सामान्य कामका लागि पनि हैरानी व्यहोर्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर नगरपालिकामा चार महीनादेखि सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार सूचना माग गर्दासमेत पाउन नसकिएको पीडित लालकृष्ण मिश्रले बताए । गत जेठ २१ गते वडा नं १ मा रहेको आफ्नो घरअघिको सडक स्तरोन्नतिका नाममा नगरपालिकाले जानकारीसमेत नदिई एकतर्फीरुपमा घरको टपमुनि पर्खाल लगाएर बास उठाउन खोजेपछि आफूले त्यससम्बन्धी सूचना जेठ २७ गते नै माग गरे पनि अझै पूरा सूचना पाउन नसकेको उनले सुनाए ।

नगरपालिकामा सूचना अधिकारी तोकिए/नतोकिएको स्पष्ट छैन । कार्यालयमा सूचना अधिकारी को हो भन्ने जानकारी दिन राख्नुपर्ने सूचनापाटी छैन । नगरपालिकाको बेवसाइटमा प्रवक्ता उल्लेख गरिए पनि सूचना अधिकारी राखिएको छैन । सूचना अधिकारी नतोकेकाले सूचना माग गर्नेलाई सकेसम्म झुलाएर नदिने नीति नगरपालिकाले लिएको पीडितको गुनासो छ । नगरपालिकाका प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी माग गरेको सूचना दिईरहेको बताउछन् । “कतिपय सूचना पूरा नभएको हुन सक्छन, फेरि माग्दा त्यस्ता सूचना दिइन्छ, मकहाँ आउनु भयो भने सूचना नपाउने भन्ने हुँदैन”, प्रशासकीय अधिकृत अधिकारीले स्पष्ट गरे।

नगरपालिकाका कर्मचारी फरकफरक व्यक्ति सूचना अधिकारी भएको दाबी गर्छन् । एकथरीले अधिकृत भीमबहादुर शाहीलाई सूचना अधिकारी बताउँछन् भने अर्काथरीले सहायकस्तरका कर्मचारी भूपेन्द्र शाही हो भन्छन् । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना बोहरा नै सूचना अधिकारी भएको दाबी गर्छन् ।

नगरपालिकाबाट कुनै पनि घटनाको वास्तविक सूचना एवं न्याय पाउन नसकिने अवस्था रहेको पीडित केशव श्रेष्ठको गुनासो छ । कर्मचारी वास्तविकता लुकाउन खोज्छन् । जनप्रतिनिधि चुनावमा बढी मतका लागि के गर्दा उपयुक्त हुन्छ, त्यही गर्न तम्सिएपछि सूचना र न्याय पाउन नसकिने उनको भनाइ छ । यसका कारण सेवाग्राही एउटै समस्या लिएर पटकपटक नगरपालिका धाउँछन् तर कार्यालयमा कर्मचारी नभेट्दा निराश भएर फर्कन्छन् ।

पहिलोपटक माग गरेको सूचना राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्दा पनि पूरा पाउन नसकेका मिश्रले भदौ १९ गते दोस्रोपटक आफ्नो घर जग्गाको सीमा सम्बन्धमा सूचना माग गरेको जानकारी दिए । यसपटक सूचना अधिकारीले गलत सूचना दिएपछि बिहीबार कार्यालय प्रमुखलाई सम्बोधन गरेर निवेदन दर्ता गराउन जाँदा दर्ता नै नभएको दुःखेसो उनले पोखे ।

“कार्यालय प्रमुख अग्निप्रसाद अधिकारी, उहाँपछिका अधिकृत भीमबहादुर शाही कार्यालयमा नभेटिएपछि निवेदनमा तोक लगाउने अधिकारी नभएका कारण दिनभर कुर्दा पनि निवेदन दर्ता हुन सकेन, उहाँहरुपछिका अधिकृत मीनराज कोइराला, पुण्यप्रसाद दाहाल र शङ्कर ढकालले पनि आफ्नो अधिकार क्षेत्रभित्रको विषय परेन भनी तोक लगाउनुभएन, दिनभर कुरेर निराश भई फर्कनुप¥यो”, मीश्रले भने । प्रशासकीय अधिकृत अधिकारीले भने त्यस्तो निवेदन लिएको भने हुने बताए ।

आयोगले प्रकाशन गरेको ‘सूचनाको हक ९पाठ्य सामग्री०’ पुस्तकको पृष्ठ ३२ मा “सूचनाको हकसम्बन्धी ऐन अनुसार सूचना माग गर्न प्रस्तुत गरिने निवेदनमा टिकट टाँस गर्नु र कार्यालय प्रमुखको तोक लगाइनु जरुरी छैन” भन्ने वाक्यांश उल्लेख छ तर यो व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहले चासो देखाएका छैनन् ।

संस्थागत विद्यालयले विपन्न, जेहेन्दार, दलित, महिला, जनजातिलगायतलाई दिनुपर्ने १० प्रतिशत छात्रवृत्तिसम्बन्धी सूचनासमेत नगरपालिकाबाट पाउन नसकिएको नगरवासी सन्दीप तामाङले बताए । नगरपालिकाका अधिकारी संस्थागत विद्यालयका मालिकसँग मिली कानूनअनुसार तोकिएको छात्रवृत्ति नदिइएको उहाँको गुनासो छ । प्रवक्ता ढुङ्गानाले भने आइतबार कार्यालय खुलेपछि नै तोक लगाउनुपर्ने र नपर्ने निवेदनको वर्गीकरण गरी दर्ता शाखाका कर्मचारीलाई निर्देशन दिने प्रतिबद्धता जनाएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies