Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

गधाको दूधबाट बनेको चीजको मूल्य प्रतिकिलो करिब सवालाख रुपैयाँ

सर्बियाका क्षेत्रीय संसद्‍का पूर्व सदस्य स्लोबोदान सिमिकले गधाको दूधबाट बनेको चीजको स्वादको वर्णन गर्दै भने।

गधाको दूधको चीज बनाउने उनी पहिलो कृषक हुन्। संसारमा यस्तो चीज निकै कम परिमाणमा उपलब्ध छ।

यसको उत्पादन असाध्यै थोरै हुन्छ। त्यसैले यसको प्रतिकिलो मूल्य १,००० युरो वा १,१०० अमेरिकी डलर पर्छ।

सिमिक भन्छन्, \"हामी ५० ग्रामको प्याकेट बनाउँछौँ। एक प्याकेटले दश जनालाई पुग्छ। यो चीज कसैले पनि आधा किलो एक किलो खाला भन्ने म सोच्नै सक्दिन।\"

गधाको चीज ५० ग्रामको सानो प्याकेट बनाएर बेच्ने गरिन्छ
आफ्नी प्रेमिकालाई प्रभावित पार्न चाहने युवकहरूले यो चीज उपहारका रूपमा किन्ने गर्छन्।

सर्बियाका सबभन्दा चर्चित व्यक्तिमध्ये एक टेनिस खेलाडी नोभाक जोकोभिचले आफ्ना रेष्टुरेन्टहरूका लागि यो चीज किन्छन्।

सिमिकले हरेक वर्ष जम्मा ५० किलो चीज बनाउने गरेको बताए। त्यसलाई निर्यात गर्न भने दुग्ध पदार्थमा लगाइएका नियमहरूका कारण समस्या रहेको उनी बताउँछन्।

तर संसारभरका धनी मानिसहरू यो विशेष उत्पादन किन्न जहाज चढेर आउने गरेको उनले बताए। उदाहरणका लागि मलेसियाबाट आएका एक धनी मानिसलाई १५ किलो चीज बेचेको उनी सम्झिन्छन्।

तर यो चीज किन यति महँगो भयो होला?

धेरै मुलुकहरूमा गधालाई भारी बोक्न र कृषि कार्यका लागि प्रयोग गरिन्छ।

कैयौँ ठाउँमा यसको दूध पिउने गरिन्छ। तर यसको दूधबाट चीज बनाउने कुरा सजिलो छैन।

स्लोबोदान सिमिक भन्छन् गधाको चीजको फरक स्वाद हुन्छ र स्वास्थ्यका लागि पनि राम्रो हुने बताइन्छ
त्यो किनभने गधाको दूधमा केसीन भन्ने प्रोटिन हुँदैन जसले दूधलाई फटाउन मद्दत गर्छ।

त्यसैले सिमिकले एकजना विशेषज्ञलाई दूध फटाउने प्रविधि पत्ता लगाउने काममा राखेका छन्- यसको सूत्र चाहिँ गोप्य राखिएको छ।

\"उनलाई मात्रै थाहा छ त्यो प्रविधि, मलाई पनि थाहा छैन,\" सिमिक भन्छन्।

गाईले भन्दा गधाले कम दूध दिन्छन् र हरेक एक किलो चीज बनाउन २५ लिटर दूध आवश्यक पर्छ।

सिमिकले यो व्यवसाय न पैसाका लागि सुरु गरेका हुन् न कुनै कुरा अन्वेषण गर्ने भन्ने नै उनको उद्देश्य थियो।

गधाको दूधमा फटाउन सहयोग गर्ने केसीन भन्ने प्रोटिन हुँदैन
उनलाई त स्काउट जस्ता संस्थामा काम गर्नु वा प्रकृति सम्बद्ध काम गर्ने सोख छ।

सर्बियाली राजधानी बेलग्रेडदेखि ८० किलोमिटर टाढा रहेको एउटा प्रकृति संरक्षण क्षेत्रमा काम गर्न पाएपछि त्यो नै उनको पूर्णकालीन पेशा बन्न पु्ग्यो। त्यहाँ धेरै किसिमका जनावरहरू थिए तर गधाहरू भने थिएनन्।

उनले सोचे, \"केही गधा पनि पाल्नुपर्‍यो।\"

लगत्तै उनले २० वटा खान राम्ररी नपाएका र प्रयोगमा नरहेका गधाहरू खरिद गरे।

\"सर्बियामा गधाहरू मुर्ख जनावर हुन् भन्ने पूर्वाग्रह छ। तर त्यसमा सत्यता छैन। यो असाध्यै राम्रो जनावर हो,\" सिमिक तर्क गर्छन्।

केही समयपछि ती गधाहरूले बच्चा जन्माउन थाले। उनले केही गधाहरूको दूध दुहुन थाले।
संसारभर गधाहरू सामान बोक्न र कृषिकर्मका लागि प्रयोग गरिन्छ
उनले दुहेको दूध बेच्नका लागि बजार असाध्यै सानो थियो त्यसैले उनले चीज बनाउने विचार गरे।

अहिले उनीसँग २५० गधा छन्। उनले गधा पाल्न सुरु गर्नु अघि पूरा देशमा गधाको सङ्ख्या ५०० मात्र थियो।

\"म हरेक दिन १०० ग्राम जति गधाको दूध पिउँछु। म करिब ६५ वर्षको भएँ। मलाई अहिलेसम्म कुनै स्वास्थ्य समस्या छैन।\"

सिमिक भन्छन् उनको सफलता देखेर अरू दशजनाले पनि गधा पाल्ने काम सुरु गरेका छन्। उनले आफूलाई गधा प्रचारक भन्छन्।

\"म जताततैका मानिसलाई गधाको दूध पिउन आग्रह गर्छु। गधालाई घरपालुवा जनावर बनाएपनि भयो।\"

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies