Khabar Dabali Logo
  October 14, Mon

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने तय

काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ । नेपाल र चीनबीच कूटनीतिक च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने भएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २४ असोजमा भारत जान लागेका सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपाल आउनेछन् । उनी एक रात काठमाडौं बसेर बेइजिङ फर्किने कार्यतालिका तयार भएको छ । तर, दुवै पक्षले अहिलेसम्म मिति भने खुलाएका छैनन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले नयाँ पत्रिकासँग भने, ‘चिनियाँ राष्ट्रपति आउने पक्का हो, मिति तय हुन बाँकी छ । तय भएपछि औपचारिक तयारी थाल्छौँ ।’

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सीको भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल निर्माणसम्बन्धी घोषणा गर्न नेपालले चीनसँग प्रस्ताव गरिसकेको छ । उच्च स्रोतका अनुसार यसबारे दुई मोडलमा छलफल भइरहेको छ । पहिलो, चीनले रेलमार्ग निर्माणको घोषणा गरिदिनुपर्ने र दोस्रो, नेपालले सांकेतिक रूपमा १० प्रतिशत सफ्ट लोन लिने तथा ९० प्रतिशत रकम चीनले अनुदानमा दिनुपर्ने प्रस्ताव छ । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि नेपाल र चीनका रेलवे अधिकारीबीच वार्ता भइरहेको छ । सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्न आवश्यक लगानी चीनले नै गरिदेओस् भन्ने नेपालको चाहना व्यक्त भइसकेको छ । यसमा चीनसँग सहमति भइसकेको छैन । चीनले बराबरी रकममा अध्ययन गर्न प्रस्ताव गरेको छ । ‘डिपिआरको फाइनान्सिङ मोडालिटी (लगानी ढाँचा) टुंग्याउने र चिनियाँ सहयोगमा रेलमार्ग निर्माणको घोषणा यसपटक हुन सक्छ, कुराकानी भइरहेको छ,’ जानकार नेपाली अधिकारीले भने ।

परराष्ट्र मामिलाविद् डा। दिनेश भट्टराईले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनका राष्ट्रपतिको भ्रमणलाई देशको उच्चतम हितमा सदुपयोग गर्नुपर्ने बताए । ‘झन्डै एक पुस्तापछिको यो भ्रमण हाम्रा लागि महत्वपूर्ण छ,’ भट्टराईले भने, ‘यो ठूलो अवसरलाई हामीले आफूलाई बचाएर, सम्मान कायम गरेर दीर्घकालीन हितमा फाइदा लिन सक्नुपर्छ ।’ भ्रमणले नेपाल र चीनबीच उच्चस्तरीय राजनीतिक सम्पर्क बढ्ने, नेपालको महत्व स्थापित हुने र नेपाललाई पनि फाइदा तुल्याउने उनले बताए ।

चीनबाट राष्ट्रपतिस्तरको नेपाल भ्रमण २३ वर्षपछि हुन लागेको हो । सी नेपाल आउने तेस्रो चिनियाँ राष्ट्रपति हुनेछन् । चीनका तत्कालीन राष्ट्रपति जियाङ जमिनले १९ र २० मंसिर ०५३ मा नेपालको राजकीय भ्रमण गरेका थिए । उनीपछिका राष्ट्रपति हु जिन्ताओले नेपाल भ्रमण गरेनन् । ६–१० चैत ०४० मा राष्ट्रपति ली सियान्नियानले नेपाल भ्रमण गरेका थिए । उनीपछि ०५३ मा जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए ।

अर्का चिनियाँ नेता आउँदै
सी भ्रमणको तयारीकै सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख सोङ ताओलगायतको टोली शनिबार काठमाडौं आउँदै छ । चिनियाँ टोली र नेकपाका नेताबीच आइतबार र सोमबार अन्तरक्रिया हुनेछ । चीनको विकास, चिनियाँ कम्युनिस्ट पार्टीको वर्तमान अवस्था, महासचिव सी जिनपिङको अवधारणाबारे चिनियाँ नेताले अनुभव सुनाउने कार्यक्रम रहेको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए । कार्यक्रममा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सम्बोधन गर्नेछन् । चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग वेग्लै भेटवार्ता पनि गर्नेछ ।

चिनियाँ परराष्ट्रमन्त्री आउँदा भ्रमण तय
कूटनीतिक स्रोतका अनुसार चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको पछिल्लो नेपाल भ्रमणमा राष्ट्रपति सीको भ्रमण सुनिश्चित भएको हो । वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग राष्ट्रपति सीको भ्रमणबारे छलफल गरेका थिए । उनको भ्रमणलाई राष्ट्रपतिको भ्रमण तयारीका रूपमा लिइएको छ । ‘राष्ट्रपतिको सम्भावित नेपाल भ्रमण हाम्रो कूटनीतिक एजेन्डामा छ र उहाँले नेपाल भ्रमण गर्न यो वर्ष उपयुक्त हो भन्ने लागेको पनि छ,’ वाङ यीको भनाइ थियो । चीनको दलियानमा १३औँ वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठक सकेर बेइजिङ पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वाङबीच आधा घन्टाको छलफलको मुख्य विषय नै सीको सम्भावित नेपाल भ्रमण थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले बेइजिङमा भएका भेटमा तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको गोआ र बेइजिङमा भएको भेटमा नेपाल भ्रमण गर्न सीलाई आग्रह गर्दै निमन्त्रणा गरेका थिए । पछिल्लोपटक प्रधानमन्त्री ओलीलाई सीले भनेका थिए, ‘तपाईंको सुन्दर देश भ्रमण गर्न म आतुर छु ।’

अघिल्लो साता पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाल आतुर रहेको प्रतिक्रिया दिएका थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेलले २९ भदौमा राष्ट्रपति सीको भ्रमण हुने निश्चित भएको खुलासा गरिसकेका छन् ।

अशोज ४ गते, २०७६ - ०६:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाइजोको कारण भारतमा नेपाली मुलुककी चेलीको हत्या, अनुसन्धान जारी

विराटनगर । विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण...   
सभामुख महरा र कांग्रेस सांसद् आलम सांसदबाटै निलम्बित हुने

सभामुख महरा र कांग्रेस सांसद् आलम सांसदबाटै निलम्बित हुने

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको...   

सिन्धुपान्चोक,बडहरे बस दुर्घटना : गम्भीर घाइते महिला पेटको मृत शिशु निकालेपछि बाँचिन्

काठमाडौं । पेटमा मृत अवस्थामा रहेको शिशु निकालेर बस दुर्घटनामा परी घाइते भएकी महिलाको ज्यान बचाइएको...   

राष्ट्रपति सीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले दैनिक ३ सय भत्ता पाउने

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी...   

दशैँ सकिएलगत्तै घट्न थाल्याे इन्धनकाे माग

काठमाडौं । दशैँ सकिएलगत्तै इन्धनको माग क्रमशः घट्न थालेको छ । दशैँको सप्तमी अष्टमीमा पेट्रोल डिजेलको...   

दक्षिण एसियामै नेपाल उच्च आर्थिक वृद्धिदर हुने देशकाे दोस्रो स्थानमा , ७.१% सम्म पुग्ने विश्व बैङ्कको प्रक्षेपण

काठमाडौं । सन् २०१९ मा विश्व बैङ्कले नेपालको यस वर्षको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण...   

चिनियाँ राष्ट्रपति सी : नेपाललाई भूजडित बनाउन काठमाडौँ-केरुङ रेल मार्ग निर्माण गर्ने

काठमाडौं । नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउन चिनियाँ राष्ट्रपति सी चिनफिङले मुख्य...   

कपनमा उन्नाइस लाख नगदसहित २१ जना जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त...   
चिनियाँ राष्ट्रपति सी र सभापति देउवाकाे  भेटवार्ता, ‘सी नेपाली काँग्रेससँग पनि सहकार्य गर्न इच्छुक ‘

चिनियाँ राष्ट्रपति सी र सभापति देउवाकाे भेटवार्ता, ‘सी नेपाली काँग्रेससँग पनि सहकार्य गर्न इच्छुक ‘

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता...   

बुटवल मिनी मेलम्चीः २४ वर्ष बितिसक्याे झुम्सा खानेपानी आयोजना अझै अलपत्रमा

काठमाडौं । एउटा खानेपानी आयोजना सम्पन्न हुन कति वर्ष लाग्ला ? सामान्यतयाः ५, १० या १५ रु तर बुटवलमा २४...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top