Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

‘बिग बोस’का विजेताभन्दा प्रतियोगीको कमाइ धेरै, कसको कमाई कति ?

एजेन्सी । ‘बिग बोस’ एक भारतीय टेलिभिजनबाट आउने कार्यक्रम हो । यस कार्यक्रममा विवाददेखि लडाइँ–झगडा तथा अचानक शुरु भएको प्रेम कहानी पनि देख्न सकिन्छ ।

बिग बोसमा प्रतियोगी एक अवतारका रूपमा आउँछन् अनि उनीहरूले अलग–अलग रूप, रङ देखाउन थाल्छन् । विवाद र अचानक आश्चर्यचकित पार्ने घटनाहरू बिग बोसको कार्यक्रममा देखिन्छ ।

यस्तै अचम्मित पार्ने कुरामध्ये एक कुरा हो– प्रतियोगीलाई दिइने पारिश्रमिकमा भिन्नता । कुनै प्रतियोगीले सामान्य पारिश्रमिक पाउँछन् भने कुनै प्रतियोगीले कार्यक्रममा ठूलो धनराशि पाउँछन् । यहाँ यस्ता प्रतियोगी पनि हुन्छन् जसले विग बोसको विजेताभन्दा बढी धनराशि पनि पाउँछन् ।

कसको कमाई कति ?

बिग बोस ११ मा हिना खानलाई शुरुवाती १० हप्ताका लागि रु १.२५ करोड भारतीय रुपैयाँ दिइएको थियो । जबकि शिल्पा सिन्देलाई हरहप्ता रु ६ लाख दिइएको थियो । जब शिल्पाले शो जितिन् त्यसबेला उनले हिनाको भन्दा कम पैसा पाइन् । शो जित्दा शिल्पाले रु २.२९ करोड पाइन् भने हिनाको कमाइ रु १.७५ करोड थियो ।

बिग बोस ९ मा पनि रिमी सेनलाई २ करोड दिइएको थियो । यो रकम अन्य प्रतियोगी भन्दा धेरै थियो । बिग बोस ४ मा पनि श्वेता तिवारीलाई बढी नै रकम दिइएको भए पनि खली अन्तर्राष्ट्रिय खेलाडी भएका कारण उनलाई हरहप्तामा रु ५० लाख दिइएको थियो ।

बिग बोस ८ मा करिस्मा तन्ना फाइनलिस्ट भइन् । तर उनले शो जित्न पाइनन् । तरपनि उनले शोका विजेता गौतम गुलाटीभन्दा बढी कमाइ गरेकी थिइन् । उनलाई हरहप्ता रु १० लाख राशि प्राप्त हने गर्थ्यो।

बिग बोस ७ मा पनि तनीषा मुखर्जीको रु ७.५ लाख हरहप्ता कमाइ थियो । जो शो विजेता गौहर खानभन्दा धेरै हो । तर पनि उनी धेरै समय रहन सकिनन् ।

बिग बोस १० मा राहुल देवलाई बिग बोसको घरमा रहनका लागि रु २ करोड दिइएको थियो । जबकि शो विजेता मनवीर गुर्जरको कमाइ केवल रु ४० लाख थियो ।

बिग बोस १० मै फाइनलिस्ट बानी जेलाई पनि मनवीर गुर्जरभन्दा बढी पैसा दिइएको थियो । जेलाई रु १.५५ करोड धनराशि दिइएको थियो ।

यसैगरी बिग बोस ४ मा पाहुना बनेर आएकी पामेला एन्डर्सनलाई केवल तीन दिनको बसाइँमा पनि रु २.५० करोड दिइएको थियो । यो राशि थोरै समयका लागि पनि सबैभन्दा धेरै थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies