Khabar Dabali Logo
  October 14, Mon

मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेल

काठमाडाैं ।सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका अध्ययन अध्यापन तथा सेवामा विशेष ध्यान दिन सरोकारवालाले ध्यानकर्षण गराएका छन् । पछिल्लो समयमा सडक दुर्घटनालगायत अन्य दुर्घटनाबाट मेरुदण्ड, नशा र मांशपेशीका बिरामीको चाप तथा मृत्यु बढ्दै गएको भन्दै विज्ञले यसका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष कार्यक्रम ल्याउन जोड दिए ।

नेपालमा मेरुदण्ड, नशा र मांशपेशीबाट उत्पन्न रोगका कारण वर्षेनी १५ हजारभन्दा बढीको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । आज यहाँ शुरु भएको मेरुदण्ड, नशा र मांशपेशी ९स्पाइन कन्फ्ररेन्स० सम्मेलनका सहभागी चिकित्सकले सो कुरामा जोड दिँदै यस विधामा सरकारको लगानी बढाउन आवश्यक रहेको औँल्याउनुभयो ।

मन्त्रालयले सातवटै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको कार्य अगाडि बढाएको छ । हाल मुलुकभर ८० जना मात्र मेरुदण्ड, नशा र मांशपेशीका विज्ञ चिकित्सक रहेको बताइएको छ ।

न्यूरो शल्यचिकित्सक समाज नेपाल ९नेसोन० अन्तर्गत न्यूरो स्पाइन च्याप्टरद्वारा आयोजित सो दुईदिने सम्मेलनमा नेपालसहित भारत, अमेरिकाका न्युरो सर्जन, अर्थोपेडिक्स, फिजियोथेरापिष्ट, न्युरो ट्रमा विशेषज्ञ, बालनशा रोग विशेषज्ञलगायत १२५ भन्दाबढी स्वास्थ्यकर्मीको सभागिता रहेको छ । सम्मेलनमा ती क्षेत्रका २० वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।

सम्मेलनको शुभारम्भका अवसरमा नेसोनका अध्यक्ष चिकित्सक निलमकुमार खड्काले मेरुदण्ड, नशा र मांशपेशीका जनशक्ति उत्पादनमा सरकारले विशेष ध्यान दिन, तल्लो तहका अस्पतालमा नशा रोग चिकित्सकको व्यवस्था गर्न आग्रह गर्दै मेरुदण्ड, नशा र मांशपेशीका बिरामीका लागि पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्ने बताए।

अन्नपूर्ण न्युरो अस्पतालका मेडिकल डाइरेक्टर डा समीर आचार्यले पछिल्लो समयमा हड्डी खिइने, नशा च्यापिने, हड्डीमा मासु पलाउने रोगीका सङ्ख्या तथा सडक दुर्घटनाका कारण मेरुदण्ड भाँचिने क्रम वृद्धि भइराखेको जानकारी दिए ।

अशोज ३ गते, २०७६ - १५:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषधसहित तीन युवक पक्राउ

सिराहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई...   

दुर्घटनामा दुईको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पोखरा–२६ सुन्दरी बजारमा...   

तीन करोडको विप्रेषण भित्रियो

म्याग्दी । रोजगारका सिलसिलामा विभिन्न देशमा गएका म्याग्देलीले दशैँ तिहारलाई लक्षित गरी जिल्लामा...   
सीमा नाका बन्द हुँदा समस्या

सीमा नाका बन्द हुँदा समस्या

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका दशैँको मुखमा बन्द हुँदा नेपाली नागरिकलाई समस्या...   
सडक परियोजनाका लागि २३ करोड डलर दिन अफ्रिकी बैंकको स्वीकृति

सडक परियोजनाका लागि २३ करोड डलर दिन अफ्रिकी बैंकको स्वीकृति

नैरोबी । अफ्रिकी विकास बैंकले केन्याको मुख्य राष्ट्रिय राजमार्ग निर्माणका लागि २३ अर्ब सिलिङ ९करिब...   

म्याग्दीबाट पच्चीस हजार भेडाच्याङ्ग्रा निकासी

म्याग्दी । दशैँलाई लक्षित गरी मुस्ताङबाट २५ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु,...   

सुर्खेतमा पाँच हजार भन्दामाथि अवैध घरेलु मदिरा नष्ट

सुर्खेत । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय...   

प्रहरी निरीक्षकमाथि चोरीको आरोप

धनुषा । धनुषामा एक प्रहरी निरीक्षकमाथि चोरी गरेको आरोप लागेको छ । धनुषाको मिथिला नगरपालिकास्थित इलाका...   

ग्लोबल आइएमईले लाभांश दिने

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई २५।५ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको...   

कालीकाेटमा डोजर पल्टिँदा एकको मृत्यु

मान्म । जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top