Khabar Dabali Logo
  June 4, Thu

पूर्वसांसद दाहालको निधन

काठमाडौं। पूर्वसांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा आज निधन भएको छ । विसं २०५१ को मध्यावधि निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को प्रतिनिधित्व गर्दै उनी सांसद निर्वाचित भएका थिए ।

राजनीतिका अलावा साना जलविद्युत् विकासको अभियानकर्मीका रुपमा स्थापित दाहाल ‘कोल्ड स्ट्रोल’ रोगबाट पीडित हुनुभएको पारिवारिक सदस्य योगेन्द्रविजय दाहालले जानकारी दिए । पूर्वसांसद दाहालको उपचारका क्रममा मनमोहन कार्डियोलोजी अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको हो । विसं २०१४ कात्तिक २८ गते मादी गाउँपालिका–५ सङ्खुवासभामा माता फाल्गुकुमारी र पिता यज्ञरत्न दाहालको कोखबाट उनको जन्म भएको थियो । उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

दाहालको पार्थिव शरीरलाई अहिले धुम्बाराहीस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको छ । पार्टी महासचिव विष्णु पौडेलले पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरे । दिउँसो १ः०० बजेपछि पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

अशोज ३ गते, २०७६ - १३:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना भाइरसबाट विश्वमा ३ लाख ८८ हजार भन्दा बढीको मृत्यु, ६५ लाख बढी संक्रमित

कोरोना भाइरसबाट विश्वमा ३ लाख ८८ हजार भन्दा बढीको मृत्यु, ६५ लाख बढी संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ...   

बाँझो बगर धमाधम कोतर्दै तन्नेरी

प्युठान । प्युठान नगरपालिका–१ खैराका माधव आचार्य बुटवल पावर कम्पनीको बाँझो जग्गामा रोपाइँ गर्दै...   

क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

सुर्खेत । पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ...   

नेपालमा चक्रवात ‘निसर्ग’ को प्रभाव : हिमपातसँगै भारी वर्षाको सम्भावना

काठमाडौं । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ ।...   
अमेरिकामा हिंसात्मक हुदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण भयो !

अमेरिकामा हिंसात्मक हुदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण भयो !

एजेन्सी । हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ । प्रहरी...   

काठमाडौंकि छ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ...   

शे–फोक्सुण्डो निकुञ्जद्वारा १७ थान भरुवा बन्दुक बरामद

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सेना र कर्मचारीसहितको गस्ती टोलीले १७ थान भरुवा...   

कोरोना भाइरसबाट विश्वमा ३ लाख ८३ हजार भन्दा बढीको मृत्यु, ६५ लाख संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८३ हजार ७२ पुगेको छ भने,...   

प्रदेश २ मा ८ सय ५९ जनामा कोरोना सङ्क्रमण

जनकपुर । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित...   

रुकुमपश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top