Khabar Dabali Logo
  October 21, Mon

एन आई सी एशिया बैंक र लोक सेवा आयोगबीच राजश्व संकलन गर्ने सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र लोक सेवा आयोगबीच लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर वापतको राजश्व एन आई सी एशिया बैंकमार्फत् संकलन गर्ने सम्झौता भएको छ । सो सम्झौता अनुसार लोकसेवा आयोगको परीक्षार्थीहरुले अबदेखि एन आई सी एशिया बैंकको देशभर रहेका २९८ कार्यालयहरु र ७० वटा एक्स्टेन्सन काउण्टरहरुबाट आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दस्तुर बुझाउन सक्नुहुनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपानेज्यू र लोक सेवा आयोगको तर्फबाट सहसचिव श्री जानकीराम शर्मा बरालज्यूले हस्ताक्षर गरे ।

उक्त सम्झौतासँगै देशभर अधिकतम शाखा सञ्जाल रहेको यस बैंकबाट लोकसेवा आयोगको परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुलाई दस्तुर भुक्तानी प्रक्रिया सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

अशोज ३ गते, २०७६ - ११:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीले गरे नेपालकै पहिलाे सुरुङमार्गकाे शिलान्यास, चार बर्षमै सम्पन्न हुने

प्रधानमन्त्रीले गरे नेपालकै पहिलाे सुरुङमार्गकाे शिलान्यास, चार बर्षमै सम्पन्न हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गर्नुभएको...   
मिडियामा आएको समाचारको खण्डन गर्दै परराष्ट्रमन्त्रीले भने – नेपाल विदेशीको दबाब र प्रभावमा छैन

मिडियामा आएको समाचारको खण्डन गर्दै परराष्ट्रमन्त्रीले भने – नेपाल विदेशीको दबाब र प्रभावमा छैन

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट...   

नेकपाले आगामी उपनिर्वाचिन बहिष्कार गर्ने

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचिन...   

बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच भेटवार्ता, के छलफल भयो ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबीच द्वन्द्वकालीन...   

अफगानिस्तानमा युद्धविरामका लागि इयुको आह्वान

अफगानिस्तान । युरोपेली संघ (इयु) का अधिकारीहरूले अफगानिस्तानमा युद्धविरामको लागि आह्वान गरेका छन्...   

राजमार्गमा गुडिरहेको बस अकस्मात दुर्घटनाग्रस्त, २४ जनाको मृत्यु

किन्सासा । कङ्गोको राजधानी शहर किन्सासामा आइतबार बिहान सबेरै भएको सडक दुर्घटनामा परी कम्तीमा पनि...   

राप्रपा उपनिर्वाचनको तयारीमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको...   

प्रधानमन्त्री ओली र उपमहासचिव कनेमबीच शिष्टाचार भेट

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा नतालिया कनेमलले शिष्टाचार...   
सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु

सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु

सान्टियागो । चिलीमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको...   
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई सुदृढ बनाउन सहयोग गर्छौं – कार्यकारी निर्देशक कनेम

सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई सुदृढ बनाउन सहयोग गर्छौं – कार्यकारी निर्देशक कनेम

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपीए०का कार्यकारी निर्देशक एवं संयुक्त राष्ट्र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top