Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

त्यतिबेला थाहा पाउनुहोस् कि तपाईंकालागि प्रेमी/ श्रीमान् खतरनाक छन्

एजेन्सी। सन् २०१७ मा विश्वमा लगभग ३० हजार महिला आफ्ना पूर्व वा वर्तमान साथीको हातबाट मारिए ।

ब्रिटेनको एक अपराध विशेषज्ञका अनुसार ती पुरुष जो आफ्नो साथीको हत्या गर्छन्, उनीहरु हत्या गर्ने एक घटनाक्रम वा समय रेखामा हिँड्छन् जसमा पुलिसले निगरानी राखेर कसैलाई हत्या हुनबाट जोगाउन सक्छन् ।

डाक्टर जेन मोंकटनले ब्रिटेनमा भएका तीन सय ७२ हत्याको अनुसन्धान गरेर आठ चरणको ढाँचा पत्ता लगाएकी छिन् ।

ग्लोस्टशायर विश्वविद्यालयकी प्राध्यापक मोंकटनका अनुसार कुनै व्यक्तिले आफ्ना प्रेमिकामाथि अत्यन्त नियन्त्रण राख्ने कोसिस गर्छ भने यो हत्याको एउटा संकेत हुनसक्छ ।

हत्याको शिकार भएकी एक महिलाका पिताले अपराधको यो ढाँचाले जुन जानकारी दिएको छ त्यसले थुप्रैको ज्यान बचाउन सकिने बताएका छन् ।

डाक्टर मोंकटन स्मिथ भन्छिन्, ‘आफ्नो साथीको हातबाट मारिनेमध्ये ८० प्रतिशत महिला हुन्छन् ।’

डाक्टर जेन मोंकटन

आफ्नो अध्ययनका बेला उनले दर्ता भएका यस्ता सबै मामलामाथि अध्ययन गरिन् जसमा मारिएका महिलाको अपराधीसँग सम्बन्ध थियो ।

यसबाहेक उनले यस्ता थुप्रै मामलाको पनि अध्ययन गरिन् जसमा पुरुष आफ्नो पुरुष साथीको हातबाटै मारिएका थिए ।

हत्याको घटनाक्रममा जुन आठ चरण छ, त्यो लगभग सबै हत्यामा थिए, जुन यसप्रकार छन्ः

१. आफ्नो पूर्व सम्बन्धमा पनि साथीमाथि लुकिछिपी निगरानी राखेको हुनु वा विगतमा प्रेमिकामाथि उत्पीडन गरेको हुनु

२. जब रोमान्स निकै चाँडै गहिरो सम्बन्धमा परिवर्तन हुन्छ

३. सम्बन्धमा नियन्त्रणकारी व्यवहार हावी हुनु

४. आफ्नो आफैमाथि नियन्त्रण गुम्ने स्थितीको सिर्जना हुनु, उदाहरणका लागि सम्बन्ध टुट्नु वा अपराधी आर्थिक संकटमा आउनु

५. निकै छिटो स्थिती बिग्रनु, नियन्त्रण गर्ने तरिकामा अत्यधिक वृद्धि हुनु, उदाहरणको रुपमा लुकिछिपी निगरानी राख्नु वा पटकपटक आत्महत्याको कुरा गर्नु

६. अपराधीको सोचमा परिवर्तन आउनु – सम्बन्धलाई समाप्त गरेर अघि बढ्ने– प्रतिशोध वा हत्यामार्फत्

७. योजना – अपराधीले हतियार खरिद गर्छ । जसलाई ऊ मार्न चाहन्छ, ऊ एक्लै भएको मौका खोज्छ

८. हत्या – अपराधीले आफ्नो साथीको हत्या गर्छ । सम्भवतः अरु व्यक्तिलाई पनि चोट पुर्‍याउने कोसिस गर्छ । ती व्यक्तिमा मारिएका साथीको बच्चा पनि हुनसक्छन् ।

अपराधीले एउटै अवस्थामा मात्र यो ढाँचा अनुसरण गरेनन् जब ती पुरुषहरुले पहिलो चरणमा पुग्ने अवसर पाएनन् । पुरुषहरुको यसअघि कसैसँग गहिरो सम्बन्ध स्थापित नभएका कारण उनीहरु पहिलो चरणमा पुग्न सकेका थिएनन् ।

डाक्टर मोंकटन स्मिथले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘यी अपराधीलाई बुझ्नका लागि सधैं ‘उन्मादका कारण भएको अपराध’ वा ‘आवेगमा अन्धो भएर गरिएको हत्या’ को थ्योरीमा निर्भर रह्यो, तर यो वास्तविकता होइन ।’

‘यदि तपाईं यी मामलामा ध्यान दिनुहुन्छ भने यी अपराध योजना बनाएर त्यसलाई निष्कर्ष दिने प्रणसहित गरिएका थिए । तपाईंले यी मामलामा जबर्जस्ती नियन्त्रण राख्ने बानी सधैं पाउनुहुन्छ ।’

२४ वर्षीया एलिस रगल्सको हत्या उनका पूर्व प्रेमी, सैनिक ट्रिम्मान ढिल्लनले गरेका थिए । एलिसका पिता क्लाइव रगल्स यो अध्ययनबारे भन्छन्, ‘यदि पुलिसलाई डाक्टर मोंकटन स्मिथको आठ चरणको मोडलबारे पहिले नै जानकारी भएको भए स्थिती अर्कै हुन्थ्यो ।’

\"\"

एलिस रगल्स

एलिस रगल्सका पूर्व प्रेमी सम्बन्ध टुटेपछि पनि उनीमाथि निगरानी राखिरहन्थे । उनी एलिसको पिछा पनि गर्दथे र अक्टोबर सन् २०१६ मा एलिस बस्ने फ्ल्याटमा जबर्जस्ती छिरेर एलिसको हत्या गरे ।

क्लाइव रगल्स भन्छन्, ‘यदि पुलिसलाई आठ चरणको मोडलबारे थाहा भएको भए एलिसले लगतार पाउने मेसेज, भावनात्मक ब्ल्याकमेलबाट स्पष्ट थियो कि उनी पाँचौ चरणमा पुगिसेकको भन्ने बारे राम्रोसँग थाहा हुन्थ्यो ।’

‘यो मोडलबारे धेरैभन्दा धेरै मानिसलाई थाहा होस् र यो कुराको अनुसरण पनि गरुन् । यसो गरे धेरैको जीवन सहज हुन्थ्यो र सम्भवतः थुप्रैको जीवन पनि बाँच्नेछ ।’

डाक्टर मोंकटन स्मिथले आफ्नो मोडलबारे ब्रिटेनका वकिल, मनोवैज्ञानिक, पुलिस कर्मचारी र प्रोबेशन अधिकारीलाई जानकारी दिएकी छिन् ।

उनको यो शोध ‘भोयलेन्स अगेन्स्ट वुमन’ जरनलमा प्रकाशति पनि भएको छ । उनलाई यो व्यापक स्तरमा मानिससम्म पुग्ने आशा छ ।

डाक्टर मोंकटन स्मिथ भन्छिन्, ‘यो पढेपछि उत्पीडनका शिकारीले मेरो सम्बन्ध पाँचौ चरणमा छ वा कुनै व्यवसायीले मसँग जुन केस छ त्यो तेस्रो चरणसम्म पुगिसकेको छ भन्न सक्छन् ।’

‘पुलिसले यसलाई निकै सहज रुपमा स्विकारेको छ जुन मामलाको उनीहरु अनुसन्धान गर्छन् त्यसमा उनीहरुले के भइरहेको त्यो बुझ्छन् । यो उनीहरुको अनुभवसँग मेल खान्छ । घरेलु हिंसा, जबर्जस्ती नियन्त्रण जस्ता स्थितीलाई राम्रो तरिकाले सोच्न उनीहरुलाई मद्दत मिल्छ ।’

डाक्टर मोंकटन स्मिथ भन्छिन्, ‘पुलिसले यी आठ चरण बुझे सम्भावित अपराधीमाथि निगरानी राख्न सक्छन् । यस्तै यस्ता घरेलु हिंसाका शिकार महिला मनोवैज्ञानिक वा अन्य व्यवसायिकलाई आफ्नो समस्या वा स्थितीबारे प्रभावकारी तरिकाले बताउन सक्छन् ।’

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies