Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले गत भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

बैठकले प्राविधिक प्रमुख सेनानीद्वय बानिरा थापा र अमुल कार्की ढलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ । मेलम्ची खानेपानी आयोजनाका श्रमिकहरूको बाँकी ज्याला सम्बन्धित ठेकेदारबाट असुल गरी हिसाब मिलान गर्नेगरी राहत स्वरूप भुक्तानी गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेकाे छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय:-

१. दक्षिण एसियाली महिला विकास मञ्चको पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलनको लागि रु. दस लाख उपलब्ध गराउने निर्णय गरिएको छ ।

२. नेपाल–भारत व्यापार सन्धि २००९ को पुनरावलोकन सम्बन्धि तेस्रो बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री नवराज ढकालको नेतृत्वमा ९ सदस्सीय वार्ता टोली गठन गरिएको छ ।

३. नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम भीमबहादुर शेर्पा समेत २८२ जना कैदीहरुको कैद, दण्ड, जरिबाना, बिगो, सर्वस्व र बाँकी कैद र सजाय माफी दिने सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिश गर्ने निर्णय गरिएको छ ।

४. ९–१० अक्टोबर २०१९ मा नेदरल्यान्डको आइन्डहोबेन सहरमा MAP EXPO २०१९ र १४–१७ फेब्रुअरी २०२० मा जर्मनीको न्युरेम्बर्ग सहरमा आयोजना हुने BIOFACH–२०२० मेलाहरुमा सहभागिता जनाई नेपाली प्रशोधित जडिबुटी, मसला र कृषिजन्य वस्तुहरुलाई अन्ताष्ट्रिय बजारमा प्रचार प्रसार तथा प्रवद्र्धन गर्न वन तथा वातावरण मन्त्रालयको सिफारिसमा सहभागी हुने उद्योगी व्यवसायीहरुको स्टल व्यवस्थापनका लागि मात्र आवश्यक पर्ने युरो ६६८५५।– उपलब्ध गराउने निर्णय गरिएको छ ।

५. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्न आर्थिक वर्ष २०७६÷०७७ का लागि ४९ राजपत्राङ्कित अधिकृतहरुको अस्थायी दरबन्दी सृजना गर्ने निर्णय गरिएको छ ।

६. प्राविधिक प्रमुख सेनानीद्वय बानिरा थापा र अमुल कार्की ढलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।

७. २०७६ साल असोज ३ गते शुक्रबार संविधान दिवसका अवसरमा हनुमानढोका दरबार संग्रहालय, पाटन संग्रहालय र राष्ट्रिय कला संग्रहालय भक्तपुरमा सबैलाई निशुल्क प्रवेश गर्न दिने निर्णय गरिएको छ ।

८. स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।

९. तेह्रौँ दक्षिण एसियाली खेलकुद २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७६ स्वीकृत गरिएको छ ।

१०. नीति अनुसन्धान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ संघीय संसदमा पेस गर्न स्वीकृति दिइएको छ ।

११. योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७६ को मस्यौदा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिइएको छ ।

१२. पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिइएको छ ।

१३. रेल्वे ऐन, २०७६ को विधेयक मस्यौदालाई संघीय संसदको बैठकमा पेस गर्न स्वीकृति दिइएको छ ।

१४. राष्ट्रिय विज्ञान प्रविधि तथा नव प्रवर्तन नीति, २०७६ स्वीकृत गर्ने निर्णय गरिएको छ ।

१५. नेपाल प्रशासन सेवाको समूहीकरण (क्लस्टर) तर्पmको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा कायम मुकायम प्रमुख सचिव तोयम रायलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं. ३, हेटौंडाको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरिएको छ ।

१६. नेपाल इन्जिनियरिङ सेवाको समूहीकरण (क्लस्टर) तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत श्री शिवहरि शर्मालाई बढुवा गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरिएको छ ।

१७. नेपाल सरकारको निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका देहायका अधिकृतलाई देहायबमोजिम सरुवा गर्ने निर्णय गरिएको छ ।
क्र.सं. नाम, थर साविक पद र कार्यालय सरुवा भएको पद र कार्यालय
१ ऋषिराम शर्मा रा.प.विशिष्ट श्रेणी, अतिरिक्त समूह
प्रमुख अधिकृत, राष्ट्रिय सतर्कता केन्द्र
२ रविन्द्र श्रेष्ठ रा.प.विशिष्ट श्रेणी, अतिरिक्त समूह
सचिव,(सिंचाइ), ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

१८. राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा मध्यनेपाल नगरपालिका–१, लमजुङका प्रा.डा. श्रीकृष्ण गिरीलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

१९. नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सम्वत २०७६ साल असोज २ गते बिहिबार राती १२ बजेदेखि संघीय संसद्को दुबै सदनको चालु अधिवेशन अन्त्य गर्न सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।

२०. प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार डा. सन्दुक रूइतलाई रु ५ लाख र राष्ट्रिय प्रतिभा अनुदान सहयोग रदी मिया र विकल्प ढुंगानालाई जनही २ लाख ५० हजार प्रदान गर्ने निर्णय गरिएको छ ।

२१. खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडलाई १०÷१० हजार मेट्रिकटन गरी जम्मा २० हजार मेट्रिकटन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी आयात गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।

२२. मेलम्ची खानेपानी आयोजनाका श्रमिकहरूको बाँकी ज्याला सम्बन्धित ठेकेदारबाट असुल गरी हिसाब मिलान गर्नेगरी राहत स्वरूप भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।

२३. नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को अनुसूचीमा जेनेटिक इन्जिनियरिङ र लाजिस्टिक इन्जिनियरिङका विषयहरू थप गर्ने निर्णय गरिएको छ ।

२४. नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाले अधिग्रहण गरेको जग्गामध्ये साविक बलम्बु गा.वि.स. वडा नं. ६ (क) को अधिग्रहण भएको कित्ता नं. १०१२ को बाँकी रहेको एक आना २ पैसा २ दाम क्षेत्रफल जग्गा समेत अधिग्रहण गरी क्षतिपूर्ति प्रदान गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

२५. आ.व. २०७६÷०७७ का बाल सुधार गृहहरू रूपेन्देही, मकवानपुर, डोटी र पर्साका लागि रा.प.तृ ४ जना र राष्ट्रिय बाल अधिकार परिषद् तर्फ कार्यक्रम अधिकृत –१, बाल संरक्षण अधिकृत–१ गरी रा.प.तृ (प्रशासन) शाखा अधिकृत पद ६ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ ।

२६. नेपाल सरकारबाट सहायक रथी दर्जाको विशेष पद (४ वर्षका लागि) सिर्जना गरी महासेनानी यम बहादुर अधिकारीलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies