Khabar Dabali Logo
  October 21, Mon

परिवार योजनामा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको जानकारी

काठमाडौ । परिवार नियोजनका सेवा, यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा क्रियाशील नेपाल परिवार नियोजन सङ्घले आगामी दिनमा आफ्ना सेवालाई थप विस्तार गर्ने जनाएको छ ।

हाल सङ्घले देशका ३३ जिल्लाका ३०१ गाउँपालिकाका एक हजार २३२ सेवा केन्द्र, २२ चिकित्सकसहितको क्लिनिक, ५६ सामुदायिक क्लिनिक, पाँच प्रसूति सेवा केन्द्र, ८८ युवा सूचना केन्द्र र ५३ विद्यालय सूचना केन्द्रमार्फत करीब एक करोड जनसङ्ख्यामा आफ्नो पहुँच पुर्याएको छ ।

आगामी दिनमा सङ्घले आफ्ना सेवालाई विस्तार गर्दै हरेक पालिकामा पु¥याउने महत्वाकाङ्क्षी लक्ष्य लिएको छ । सङ्घको ६१औँ वार्षिकोत्सव र छैठौँ परिवार व्यवस्थापन दिवसका अवसरमा आज पुल्चोकमा आयोजित कार्यक्रमका सङ्घका कार्यकारी निर्देशक केपी विष्टले सो जानकारी दिँदै सेवा विस्तार गर्न सहयोग पुर्याउन आह्वानसमेत गरे ।

सुरक्षित गर्भपतन सेवालाई कानूनी मान्यता, बृहत् यौनिकता शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश, युवामैत्री यौन तथा प्रजनन स्वास्थ्य, युवा सूचना केन्द्र, परिवार नियोजनमा बजेट वृद्धि गर्न, प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक तयार गर्न तथा यौनकर्मीका यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका लागि सङ्घले मुख्यरुपमा पैरवी गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय परिवार योजना कार्यक्रममा सङ्घको योगदान सबैभन्दा बढी १९, सुरक्षित गर्भपतन सेवाका १७ र परिवार नियोजन क्षमता अभिवृद्धिमा २८ प्रतिशत योगदान रहेको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाले आगामी दिनमा परिवार योजना कार्यक्रममा लगानी वृद्धि गर्ने जानकारी दिँदै महानगरवासी स्वास्थ्य बनाउने नीति र कार्यक्रम रहेको जानकारी दिए ।

उनले भने, “महानगरपालिकाका हरेक विकास निर्माण संरचना अपाङ्गमैत्री बनाइनेछ । कोरियाली सरकारको सहयोगमा तीन वटा अपाङ्गमैत्री ट्याक्सी भित्र्याउने तयारीमा महानगरपालिका रहेको छ ।”

उनका अनुसार यस्ता ट्याक्सी दशैँ तिहार अगाडि नै महानगरपालिकामा गुड्नेछ । महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुखसमेत रहेका प्रमुख महर्जनले महानगरपालिकाको भवनलाई अपाङ्गमैत्री बनाउन भवनभित्र लिफ्ट जडान कार्य भइरहेको जानकारी दिए ।

अपाङ्ग महासङ्घका पूर्वअध्यक्ष डा वीरेन्द्र पोखरेलले हरेक अपाङ्गता भएका किशोरी आमा बन्न चाहन्छन् तर तिनका अभिभावकले उनीहरुको गर्भाशय नष्ट गरिदिने चलन हटाउन निरन्तर पैरवीको आवश्यकता रहेको बताए ।

कार्यक्रममा उनले हालसम्म कति अभिभावकले आफ्ना अपाङ्ग किशोरीका गर्भाशय नष्ट गरिदिएका हुन् भन्ने जानकारी दिएनन् । प्रजनन क्षमता भएका किशोरीलाई घरबाट बाहिर निस्कँदा जबर्जस्ती करणी गरी गर्भवती बनाइदिने डरले अभिभावकले त्यस्तो कार्य गर्ने गरेको उनले कार्यक्रममा बताए ।

सङ्घका राष्ट्रिय कार्यक्रम संयोजक सुवास श्रेष्ठ, कार्यक्रम अधिकृत अनिल बस्नेत र सङ्घका उपत्यका शाखा संयोजक शरद अर्यालले अपाङ्ग किशोर किशोरीका यौन तथा प्रजनन अधिकार सुरक्षित गर्न सङ्घले कार्यक्रम शुरुआत गरेको जानकारी दिए।

विसं २०१६ मा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको निर्देशनमा तत्कालीन स्वास्थ्यमन्त्री द्वारिकादेवी ठकुरानीले आजको दिन १० जना स्वयंसेवी संस्थापक रहने गरी सङ्घको गठन गरेका थिए ।

पुतलीसडकमा कार्यालय रहेको सो कार्यालयको बाटोबाट आवतजावत गर्दासमेत ‘बिग्रयो ’भनेर समाजले हेर्ने चलन रहेको कार्यक्रम अधिकृत अर्यालले सुनाए । कार्यक्रममा राष्ट्रिय एचआइभी÷एड्स महासङ्घका कोषाध्यक्ष कविन्द्र खड्काले एचआइभी एड्सबाट पीडित ३० हजार २२८ मध्ये १६ हजार ५०० ले मात्र औषधि सेवन गरिरहेको जानकारी दिँदै बाँकीलाई खोजेर औषधिको पहुँचमा ल्याउन चुनौती रहेको बताए ।

अशोज २ गते, २०७६ - १५:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसकारण दिँदैन विवाहले स्थायी खुसी

यसकारण दिँदैन विवाहले स्थायी खुसी

के तपाईं आफ्नो जीवनमा कसैलाई समावेश गर्ने तयारीमा हुनुहुन्छ रु यदि प्रश्न ‘हो’ मा आउँछ भने तल दिइएका...   

नरभक्षी चितुवा नियन्त्रणमा गम्भीर बन्न ध्यानाकर्षण

दमौली । तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका...   

नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न

काठमाडौ । दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून...   

प्रसारण लाइन निर्माण गर्न पुनः बोलपत्र

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले कूल २२० केभी क्षमताको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन...   

पर्यटकको रोजाइमा तालपोखरा

बेझाड । रामपुर घुम्न आउने धेरैजसो व्यक्ति तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने...   

सत्तारुढ नेकपाले भोली चियापन गर्दै

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका...   

विद्यालयमा तालाबन्दी

लहान । विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी...   

आन्तरिक पर्यटकले भरियो पोखरा

पोखरा । उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका...   

गैँडाको आक्रमणमा परी एकको मृत्यु, एक घाइते

कावासोती । गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त...   

लागुऔषधसहित तीन युवक पक्राउ

सिराहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top