Khabar Dabali Logo
  June 1, Mon

शेयरबजारमा थप दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै

काठमाडौ । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड) अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार ग्लोबल आइएमई बैङ्कले प्रवद्र्धन गर्न लागेको ‘ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ र लक्ष्मी बैङ्कले प्रवद्र्धन गर्ने ‘लक्ष्मी उन्नति कोष’ बिक्रीका लागि तयारी गरिएको हो ।

बोर्डमा छलफलका क्रममा रहेका ती योजनाअनुसार ‘ग्लोबल आइएमई म्युचुअल फण्ड’ अन्तर्गत रु एक अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्री गरिने छ । त्यस्तै ‘लक्ष्मी म्युचुअल फण्ड’अन्तर्गत रु ८० करोड बराबरको आठ करोड इकाइ बिक्री गरिनेछ ।

बोर्डले गत भदौ २३ गतेमात्रै सनराइज बैङ्कले प्रवद्र्धन गरेको ‘सनराइज फस्ट म्युचुअल फण्ड’ योजनाअन्तर्गत रु एक अर्ब बराबरको १० करोड इकाई बिक्री गर्नका लागि स्वीकृति दिएको छ ।

नेपाल स्टक एक्सचेन्जमा हाल १७ वटा सामूहिक लगानी कोष योजना सूचीकृत छन् । शेयर बजार निरन्तर ओरालो लागेका कारण अधिकांश योजनाको प्रतिइकाइ मूल्य आधारभूत मूल्यभन्दा कम रहेको छ ।

स्टकमा सूचीकृतमध्ये नवील ब्यालेन्स फण्ड–१ को प्रतिइकाइ मूल्य रु १६.६५, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिइकाइ रु १०.८५ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–१ को प्रतिइकाइ मूल्य २०.०९ रहेको छ ।

अशोज २ गते, २०७६ - १५:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु...   
रुकुम घटना : घाइते युवाले गरे उपचारको माग

रुकुम घटना : घाइते युवाले गरे उपचारको माग

जाजरकोट । यही जेठ १० गते रुकुम(पश्चिम) स्थित चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी किशोरीलाई बिहे...   

खर्च गर्ने क्षमतामा विस्तार गर्नुपर्नेमा सांसद पाण्डेकाे जोड

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सुरेन्द्रप्रसाद पाण्डेले सरकारले आगामी आर्थिक...   

औद्योगिक राष्ट्रहरुको समूह (जी ७) को बैठक स्थगित

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को...   

सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

सर्लाही । नेपाल–भारतबीचको सीमा छुट्याउने यस जिल्लाको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको...   

३५ वर्षीय युवाको कोरोनाले मृत्यु भएपछि चिकित्सक टोली दैलेख हिँड्यो

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आज बिहान...   

मौसम : अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौ । नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै आज वर्षा भइरहेको मौसम पूर्वानुमान...   

कर्णालीमा एक सय १३ जना कोरोना सङ्क्रमित

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १२३ पुगेको...   

पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प

लिमा । पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको...   

नेपालमा कोरोनाविरुद्धको खोप तयार भएको जिकिर : परीक्षण गर्न माग

हेटौँडा । हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top