Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

गुप्तचर सेवा भवन लक्षित गरि बम बिस्पाेट, दश जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीबार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ ।
यस घटनामा परी अन्य ८५ जना घाइते भएका जाबुल प्रान्तका गभर्नरले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्।

अफगानिस्तानको जाबुल प्रान्तमा तालिबानी लडाकू समूहले गरेको यो पछिल्लो हिंसात्मक घटना हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक अमेरिकी सेनाबाट फिर्ता लिने सम्बन्धमा तालिबानसँगको वार्ता समाप्त गरेपछि हिंसा बढेको पाइएको छ ।

आज बिहान जाबुलको कलाट शहरमा भएको कारबम राष्ट्रिय सुरक्षा निर्देशालयलाई लक्षित भएको बताइएको छ । उक्त हमलामा सोही स्थानमा अवस्थित रहेको जाबुलको क्षेत्रीय अस्पताल नष्ट भएको बताइएको छ ।

जाबुल प्रान्तका प्रान्तीय परिषदका प्रमुख अता जान हकबायानले भने उक्त घटनामा २० व्यक्तिको मृत्यु हुनको साथै अन्य ९० जना घाइते भएको बताएका छन् ।

बम विष्फोटको तालिबान लडाकू समूहका प्रवक्ता, कारी यसुफ अहमदीले दाबी गरेका छन् । उनका अनुसार यस आक्रमण राष्ट्रिय निर्देशनालयबिरुद्ध भएको हो ।

यसै हप्ताको शुरुमा राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका दुई ओटा विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रपति घानीको चुनावी अभियानलाई विथोल्ने उद्देश्यबाट गराइएको यस विस्फोटमा परी मारिने र घाइते हुनेमा महिला तथा बालबालिकासमेत रहेका थिए ।एएफपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies