Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जनप्रतिनिधिमा विदेश भ्रमणकाे मोह , १४ महिनामा ३ सयजनाले गरे विदेश भ्रमण

काठमाडौं । जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्मको अवधिमा ९९ पटक विदेश भ्रमण भएको छ । यसक्रममा २ सय ९९ जना भ्रमणमा गएका छन् । यीबाहेक भ्रमण स्वीकृत नै नगरी गएकाको तथ्यांक भने मन्त्रालयसँग छैन ।

मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय कानुन उल्लंघन गर्दै सरकारलाई जानकारी नै नदिई जानेको संख्या बढ्दो छ ।

जनप्रतिनिधिहरूको भ्रमणको रोजाइमा चीन, अमेरिका, जापान, दक्षिण कोरिया, भारत, इन्डिोनेसियालगायतका मुलुक पर्ने गरेका छन् । मन्त्रालयको तथ्यांकअनुसार बढी भ्रमण गर्ने पहिलो मुलुक चीन बनेको छ ।

मन्त्रालयको तथ्यांक चीनमा २१ पटक, अमेरिकामा १७ पटक, जापानमा नौपटक, दक्षिण कोरिया आठ र भारतको सातपटक भ्रमण गरिएको छ ।

त्यसका साथै डेनमार्क, स्विजरल्यान्ड, मंगोलिया, फिलिपिन्स, बेलायत, बंगलादेश, अस्टे«लिया, थाइल्यान्ड, स्पेन, रसिया, फिनल्यान्ड, जर्मनी, सिंगापुर, ट्युनिसिया, भियतनाम, बंगलादेशलगायतका मुलुक रहेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies