Khabar Dabali Logo
  January 25, Sat

कांग्रेसतर्फ लक्षित गर्दै सञ्चारमन्त्रीले भने-सरकार कसैले दाइजो दिएको होइन

विराटनगर । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपालाई सरकार चलाउन कसैले दाइजोमा नदिएको बताएका छन्। विराटनगरका पत्रकारसँग बोल्दै बाँस्कोटाले कांग्रेसले सरकार नै व्यवस्था विरोधी भएको आरोप लगाएकोप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन्। ‘नेकपाको सरकार निर्वाचित हो’, उनले कांग्रेसतर्फ लक्षित गर्दै भने, ‘कसैले दाइजो दिएको होइन।’

उनले नेकपालाई जनताले देश चलाउने म्यान्डेट दिएको बताए। ‘जनताले नेकपालाई देश चलाउने म्याण्डेट दिएका छन्’, उनले भने, ‘निर्वाचनका प्रतिबद्धता पूरा गर्न नेकपाले आफ्नै योजनामा सरकार चलाउँछ। कांग्रेसको एजेण्डा बोकेर हिँड्छ र ?’

उनले जनताले पत्याएको पार्टी भएकोले चुनावमा गरेको बाचा नेकपाको सरकारले पूरा गर्ने दाबी गरे। पेट्रोलियम पाइपलाइन विस्तारदेखि रेलमार्गबारे छिमेकी मुलुकसँग गरिएका द्धिपक्षीय सहमतिले देशमा विकासको ढोका खुलेको जिकिर गरे।

मन्त्री बाँस्कोटाले कुनै पनि शक्तिले व्यवस्था ढाल्न नसक्ने दाबी गरे। ‘जनताले लडेर ल्याएको व्यवस्था जनता स्वयम्ले रक्षा गर्छन्, कुनै पनि व्यक्ति र परिवारले राज्य चलाउने कुरा धेरै पुरानो भइसक्यो’, उनले भने।

बाँस्कोटाले सरकारले विदेशी शक्तिसँगको सम्बन्ध सन्तुलित बनाएर अघि जाने नीति अख्तियारी गरेको बताए।

अशोज १ गते, २०७६ - २०:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली लाइसेन्सधारीको अन्त्य नभएसम्म सडक दुर्घना न्यूनिकरण हुन सक्दैन : नेता शर्मा

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले नक्कली लाइसेन्सका...   

केही बर्षमा माडि दुर्गमबाट सुगममा परिणत हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही बर्षभित्रै माडी...   

विधान नमिच्न सभापति देउवालाई जिल्ला सभापतिको चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका असन्तुष्ट पौडेल पक्षका जिल्ला सभापतिहरुले नेतृत्वको कार्यशैली प्रति...   

ईरानको ५२ ठाउँबाट आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई ५२ ठाउँबाट आक्रमण गर्ने चेतावनी दिएका छन्...   

सभामुखबारे नेकपा दुई अध्यक्षबीच जुटेन सहमति, संसद बैठक स्थगित गर्ने तयारी

काठमाडौं । सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाका दुई अध्यक्षबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको...   

राष्ट्रपतिलाई राजनीतिबाट टाढा रहन नेकपा नेता रघुजी पन्तको सूझाव

काठमाडौ । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई...   

प्रदेश सरकारको मुख्य प्राथमिकता कृषि : मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले कृषिलाई सबैभन्दा धेरै महत्व दिएको बताएका...   

प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी काँग्रेसको प्रश्न : नेपाल ट्रष्टको जग्गा हिनामिनामा किन मौन ?

काठमाडौं । विपक्षी दल नेपाली काँग्रेसका सांसदले नेपाल ट्रष्टको सम्पत्ति हिनामिना गर्ने प्रकरणमा...   

नरिवलको रक्सीले लियो आठ जनाको ज्यान, सयौं अस्पताल भर्ना

एजेन्सी । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी...   

चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता

एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top