Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यी युवतीको आँट : जसले अन्तरराष्ट्रिय मानव तस्करको जालो तोडिन

गलेश्वर । म्याग्दीकी एक युवतीको आँट र सुझबुझपूर्ण तरिकाका कारण मानव तस्करको अन्तरराष्ट्रिय जालो तोडिनुका साथै इन्डोनेसियामा अलपत्र छ जना नेपालीको उद्धार भएको छ भने मानव तस्कर पक्राउ परेका छन् ।

थोरै पैसा लगानीमा सुरक्षित र छोटो बाटो समुद्री तथा स्थलमार्ग हुँदै अष्टे«लिया पुगिने सपना बोकेर आठ महीना अगाडि इन्डोनेसिया पुगेकी बेनी नगरपालिका–९ तोरीपानीकी मुना खत्रीले नारकीय जीवन बिताइन् । घरमा भएको केही आर्थिकसँगै ऋण खोजेर गत वर्षको कात्तिकमा नेपालबाट भारत हुँदै इन्डोनेसिया पुगेकी खत्रीको सपना चकनाचुर भयो । खत्रीसँगै नेपालबाट गएका छ जनालाई अपार्टमेन्टमा बन्धक बनाई कुटपिट गर्ने र आर्थिक, शारीरिक तथा मानसिक शोषण गरियो । अष्टे«लियामा पुगेर परिवारलाई सन्देश पठाउने योजना बुनेकी खत्रीलगायतका नेपालीले मानव तस्करीको जालोमा फसे ।

चर्को यातना दिँदै दलालले अष्टे«लियाको बोर्डरमा पुगेको भन्दै थप पैसा माग्दा रु १५ लाखभन्दा बढी दलाललाई बुझाएपछि थप पैसा जुटाउन नसक्दा दलालकै मिलेमतोमा इन्डोनेसियन इम्रिगेसनमा जिम्मा लगाएपछि घटना सार्वजनिक भएको थियो ।

दलालको बन्धकमा रहनुभन्दा इन्डोनेसियन इम्रिगेसनमा रहँदा केही सहज भए पनि दलालसँगै मिलेका प्रहरीले यातना दिन छोडेनन् । इमिग्रेसनभित्रबाट समेत पैसा मगाउने प्रयास गरेपछि खत्रीले लुकाएको एउटा मोबाइलबाट आफन्त र म्याग्दीका परोपकारी र सहयोगी चन्द्रकुमार केसी आफू अलपत्र परेको कुरा म्यासेजमा लेखिन् ।

सात महीनापछि कानूनी प्रक्रिया पूरा गरी खत्रीसँगै अलपत्र सबै नेपाली स्वदेश फर्किएका छन् । “अष्ट्रेलिया लैजोन नयाँ रुट इन्डोनेसिया बनेको छ”, “धेरै नेपालीहरू मानव तस्करको जालमा फसेका छन्”, उद्धार गरेपछि बेनी आएकी खत्रीले भने । खत्रीले इन्डोनेसियाबाट अष्टे«लिया र क्यानडा लैजाने भन्दै दलालले लाखौँ रकम असुलेर इन्डोनेसियामा बन्धक बनाउने गरेको जानकारी दिए । “टिकट दिएर लैजाने, बन्धक बनाएर पैसा असुल्ने गिरोह छ”, खत्रीले भने, “अन्तिम समयमा एउटा मोबाइलका प्रयोगबाट हामीले नयाँ जीवन पायौँ ।” उनले दलालको दबाबमा अष्टे«लियाको तस्वीर राखेर घरमा पैसा मगाउने गरिएको बताउँदै सयौँ नेपालीलाई अलपत्र पार्ने योजना दलालको रहेको जानकारी दिए । नेपालीलाई तीन दिनमा एकछाक खान दिएर राहदानी जफत गर्ने गरिएको थप घटना पनि सुनेको खत्रीको भनाइ छ ।

इन्डोनेसियामा रहेका नेपाली दलाल शिव शर्मा र अस्मिरा चौलागाईले भारत पञ्जाबको पठानकोट गुर्दासपुर घर भई हाल इन्डोनिसिया बस्दै आएका परषोत्तमलालको सहयोगमा नेपालबाट ल्याएर यातना दिने गरेको खत्रीको भनाइ छ । १० लाखमा अष्टे«लिया पुगिने बताए पनि बन्धक बनाएर कुटपिट गर्दै ३० लाखसम्म असुलेर अलपत्र पारेको भेटिएको उनले जानकारी दिए । “नेपाली दलालको सहयोगमा भारतीयले पैसा माग्ने गर्दथे”, मुनासँगै उद्धार गरिएका विक्रम बरालले भने, “मार्ने योजना सुनाउन थालेपछि नेपालबाट पैसा ल्याउन बाध्य हुन्थ्यौँ ।”

बरालसँगै विजय लामा र गणेशप्रसाद रिजालसमेत नेपाल फर्किएका छन् । सोही समूहले नेपाली दलाल चौलागाईं र शर्मालाई समेतसँगै ल्याएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयबाट प्रहरीको जिम्मा लगाइएको थियो । त्यस्तै ‘जर्नी टु अष्ट्रेलिया’ नामको फेसबुक पेजबाट सम्पर्कमा आएका थप नेपालीलाई ल्याउन नेपाल आएका मुख्य दलाल पुरषोत्तमलाललाई समेत केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ब्यूरोले पक्राउ गरेको अलपत्र नेपालीको उद्धारमा सक्रिय चन्द्रकुमार केसीले जानकारी दिए ।

“म्याग्देली चेलीको प्रयासमा एउटा अन्तरराष्ट्रिय मानव तस्करको जालो तोड्न सफल भएका छौँ”, सामाजिक अभियान्तासमेत रहेका केसीले भने, “सयौँ नेपाली युवालाई इन्डोनेसिया लैजाने प्रयास असफल भएको छ ।” खत्रीले ज्यान जोखिममा मोलेर लुकाएको एउटा मोबाइलको आधारमा सम्पर्क गरी इन्डोनेसिया हुँदै अष्टे«लिया र क्यानडा पठाउने भन्दै नेपाललगायतका धेरै देशबाट लगेर पैसा असुल्ने र अलपत्र पार्ने अन्तरराष्ट्रिय मानव तस्करको जालो सहजै तोड्न सफल भएको बताउँदै थप मानव तस्करको खोजीकार्यका लागि नेपाल सरकारलाई सहज भएको केसीको भनाइ छ ।

फेसबुक र म्यासेजमार्फत नेपाली दलालको सहयोगमा बेलायत र युरोपका विभिन्न देशको नक्कली पासर्पोट बनाएर फसाउने गरेको अनुसन्धानमा भेटिएको मानव बेचबिखन तथा नियन्त्रण ब्यूरोले जनाएको छ । बन्धक अवस्थामा रहेका नेपालीको प्रयासमा मुख्य दलालसहित नेपालका सम्पूर्ण सहयोगीलाई पक्राउ गरिएको मानव बेचबिखन तथा नियन्त्रण व्युरो काठमाडौँका प्रहरी उपरीक्षक अनुपम शम्शेर राणाले जानकारी दिए ।

प्रवेशाज्ञा लगाउन भनी प्रतिव्यक्ति रु १५ लाखदेखि २० लाखसम्म रकम असुल गरी काठमाडौँबाट मलेसिया हुँदै इन्डोनेसियामा पु¥याउने गरेको र पीडितको राहदानी, नगद तथा भिसासमेतका कागजात नियन्त्रणमा लिई अलपत्र पार्ने गरेको खुलेको छ ।

मुख्य नाइकेसहित पक्राउ

नेपालबाट अवैध बाटो प्रयोग गरी विभिन्न प्रलोभनमा फसाउने गरेका मानव तस्करलाई प्रहरीले पक्राउ गरिएको छ । रोजगारीका लागि अष्ट्रेलिया लैजाने भन्दै इन्डोनेसियामा नेपाली अलपत्र पार्ने एक भारतीयसहित छ जना पक्राउ परेको मानव बेचविखन तथा नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक राणाले जानकारी दिए ।

उनका अनुसार उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत पञ्जाबको पठानकोट गुर्दासपुर घर भई हाल इन्डोनिसिया बस्दै आएका ३० वर्षीय परषोत्तमलाल छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयबाट पक्राउ गरिएको हो । यस्तै दोलखाको गैरीमुदी गाउँपालिका–१ का ३० वर्षीय शशी लामा भन्ने शशीकुमार तामाङलाई ठमेलस्थित सोफिया क्याफेबाट र म्याग्दीको बेनी नगरपालिकाका ३० वर्षीय डोलेन्द्र कार्कीलाई माइतीघरबाट पक्राउ गरिएको छ ।

पर्वतको कुस्मा नगरपालिका–३ का २७ वर्षीय शिव शर्मा र काभ्रेको चौरीदेउराली ९ की २२ वर्षीय अस्मिरा चौलागाईं त्रिभुवन अन्तरराष्टिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ परेका छन् । काभ्रेको पनौती नगरपालिका ४ का २८ वर्षीय अर्जुन कार्की पनि आइतबार बबरमहलबाट पक्राउ परेको ब्यूरोले जनाएको छ ।

उनीहरूले सङ्गठितरुपमा अष्ट्रेलियामा आकर्षक रोजगारी तथा अध्ययनको प्रलोभनमा पारी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले यस्तै प्रलोभनमा पारेर विभिन्न स्थानबाट काठमाडौँ ल्याउने तथा ‘जर्नी टु अष्ट्रेलिया’ नामको फेसबुक पेजको प्रयोग र मेसेजसमेत गरी मानिस भेला पार्ने गरेका थिए । गिरोहसँग संलग्न अन्यको खोजतलास भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । स्रोतका अनुसार यो गिरोहले युरोपियन मुलुकमा मानव तस्कर गर्ने गरेको अवस्थामा ठूलो सफलता मिलेको बताइएको छ ।

खत्रीलाई लायन्सको साहसिक सम्मान

सामाजिक तथा मानवीय सेवामा समर्पित लायन्स क्लब अफ ३२५ ‘बी’ १ अन्तर्गत म्याग्दी र पर्वत बेनीमा स्थापना भएको लायन्स क्लबले इन्डोनेसियामा बन्धक बनाउने मानव तस्करको जालो तोड्न सफल भई नेपालमै आएको इन्डोनेसियाली नागरिकलाई पक्राउ गर्न सफल भएकोमा खत्रीलाई दोसल्ला र कदरपत्रले सम्मान गरेको छ । खत्रीले मोलेको जोखिमले अलपत्र परेका नेपालीसँगै थप नेपालबाट लैजाने तयारीमा रहेका ६० भन्दा बढी व्यक्तिलाई रोक्न सफल भएको भन्दै लायन्स क्लबका डिष्ट्रिक ३२५ बी’ १ अन्तरराष्ट्रिय एरिया लिडर बालकृष्ण बुर्लाकोटी, डिष्ट्रिक गर्भनर इन्दु लम्साल, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, लान्यसका पिएमसिसी राजन लम्सालले सम्मान गरेका थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies