Khabar Dabali Logo
  January 25, Sat

नियम निलम्बनको प्रस्ताव स्वीकृत

काठमाडौ । राष्ट्रियसभाको आजको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत गरेका थिए भने उक्त प्रस्तावलाई सांसदहरु प्रमिला कुमारी र कोमल ओलीले समर्थन गरेका थिए ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गरेका थिए । बैठकले औद्योगिक व्यवसाय विधेयकलाई स्वीकृत गरेको छ । बैठकमा उद्योगमन्त्री मातृका यादवका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त औद्योगिक व्यवसायी विधेयक, २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री डा खतिवडाले जवाफ दिएपछि बैठकको सर्वसम्मतिले उक्त प्रस्ताव स्वीकृत गरिएको थियो ।

राष्ट्रियसभाले ‘राहदानी विधेयक २०७५’ पुनः विचारका लागि विधायक व्यवस्थापन समितिमा पठाएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सो विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकार गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३१ गते मङ्गलबार अपराह्न ३ बजे बस्नेछ ।

भदौ ३० गते, २०७६ - १३:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई वर्षभित्र भन्सार प्रणालीलाई कागज विहीन बनाइँदै

दुई वर्षभित्र भन्सार प्रणालीलाई कागज विहीन बनाइँदै

काठमाडौ । आगामी दुई वर्षभित्र भन्सार प्रणालीलाई कागजविहीन बनाइने भएको छ । भन्सार विभागले ६८औँ अन्तर्राष्ट्रिय...   

घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ

भोजपुर । पुनःनिर्माण प्राधिकरणका कर्मचारी रु छ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । पुनःनिर्माण...   

कोरोना भाइरसको संक्रमण रोक्न सार्वजनिक लगायतका यातायात बन्द

बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणका कारण चीन सरकारले शुक्रबार यहाँका थप शहरहरुमा पनि यात्रा प्रतिबन्ध...   

यी दश विमानस्थलको सरसफाइ सम्परीक्षण गरिँदै

काठमाडौ । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा सरकारले मुलुकका प्रमुख १० विमानस्थलको सरसफाइको...   

आगलागी हुँदा, सुतिरहेकी चुनचुनकुमारीकाे जलेर मृत्यु

लहान । सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा आज बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने...   

सापकोटामाथि कुनै मुद्दा छैन : अध्यक्ष प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   

अधिकांश मन्त्रालय र निकाय विद्युतीय हाजिरी प्रणालीमा

काठमाडौ । सुशासन र समृद्धिका लागि सूचना तथा प्रविधिको प्रयोग बढाउँदै सङ्घीय मन्त्रालय, केन्द्रीय...   

अब नाकामा पर्यटक तानातान गर्नेलाई कारवाही गरिने

भद्रपुर । पूर्वीनाका काँकडभिट्टामा भित्रिएका पर्यटकलाई आफ्ना होटल, बस र आँखा अस्पतालमा लैजाने बहानामा...   

विश्व क्रिकेट लिग खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौ । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने...   

अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो

वासिङटन । संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top