Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

बैतडी । बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणवाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । चितुवाको आक्रमणवाट भदौ २० गते ज्यान गुमाएका शिवनाथ गाउँपालिका–२ टाडीखर्कका ७ वर्षीय सुदीप मडैको परिवारलाई प्रजिअ आनन्द पौडेलसहित डिभिजन वन कार्यालय, सबै सुरक्षा निकाय, स्थानीय सरकार तथा जनप्रतिनिधिसहितको टोलीले राहत वितरण गरेको हो । उक्त कार्यालय, शिवनाथ गाउँपालिका र अमरगढी सामुदायिक वनले रू ५० हजारका दरले रु एक लाख ५० हजार राहत उपलब्ध गराएको प्रजिअ आनन्द पौडेलले जानकारी दिए ।

वन कार्यालयका तर्फबाट पीडित परिवारलाई तत्कालका लागि रु ५० हजार राहत दिने र पछि रू १० लाखसम्म क्षतिपूर्ति दिने व्यवस्था रहेको डिभिजनल वन अधिकृत केशव पराजुलीले बताए।

यस्तै राहत वितरणका साथै प्रभावित क्षेत्रका स्थानीय सरकार, पीडित पक्ष र स्थानीय बासिन्दासँग अन्तरक्रियासमेत गरिएको थियो । अन्तरक्रियामा स्थानीय नागरिकले चितुवा नियन्त्रण गर्नुपर्ने वा मार्नका लागि अख्तियारी दिनुपर्ने माग गरेका थिए । प्रभावित क्षेत्रमा बिजुलीबत्ती पुर्याउन तथा तत्काल सोलारको व्यवस्था गर्न पनि माग गरिएको स्थानीयवासी वीरेन्द्र महताले जानकारी दिए ।

स्थानीयवासीको मागको सम्बोधन गर्दै प्रजिअ पौडेलले गृह मन्त्रालय, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण विभागका विज्ञ टोली पठाउनका लागि आग्रह गरिएको बताए । तल्लोस्वराड क्षेत्रमा चितुवाले फैलाएको आतङ्कका सम्बन्धमा पनि जिल्ला प्रशासनले चासो लिएकोसमेत उनले बताए ।

यसैबीच डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सामुदायिक वन मिलेर आइतबारदेखि प्रभावित क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणवाट २०६८ सालदेखि हालसम्म २४ जनाले ज्यान गुमाइसकेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies