Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

नेकपाका नेताहरुले अरिङ्गाल परिचालन भन्नुहुन्थाे, प्रभाव बाँकेमा देखियाे : कांग्रेस नेता बालकृष्ण खाँड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल नेकपाको अरिङ्गाल परिचालनको प्रभाव बाँकेमा देखिएको टिप्पणी गरेका छन् । उनले कांग्रेसको कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले अरिङ्गालले जसरी आक्रमण गरेको बताए ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता खाँडले नेकपाका कार्यकर्ताले अरिङ्गालले जसरी कार्यक्रममाथि आक्रमण गरि कार्यक्रम विथोल्ने र कांग्रेसका नेता तथा कार्यकर्तालाई घाईते बनाउने काम भएको बताए ।

‘पार्टी कार्यक्रम भईरहेको बेला अंरिङ्गाल जसरी सत्तारुढ दलका कार्यकर्ताहरु प्रवेश गर्नुभयो । अरिङ्गाल सरह नै आउनुभयो ।’ खाँडले भने, ‘अरिङ्गाल परिचालनको लागि पार्टीका शिर्ष नेताहरुले नै बारम्बार आह्वान गरिरहनु भएको थियो । अरिङ्गालको परिचालन कसरी हुन्छ ? यसको प्रभाव कस्तो हुन्छ भन्ने कुरा बाँकेको खजुरामा गएर देखियो ।’

उनले नेकपाका कार्यकर्ताले कार्यक्रम विथोल्दै पार्टी सभापति किरण कोइरालाको हात भाँचिएको र अन्यलाई घाईते बनाइएको बताए । नेता खाँडले सत्तारुढ दलका कार्यकर्ताले गरेको व्यवहार अत्यन्तै निन्दनीय र गम्भीर खालको भएको भन्दै घटनाले विधिको शासनलाई उपहास गरेको बताए ।

कांग्रेस सचेतक खाँडले बाँके घटनाका दोषीलाई अबिलम्ब कारबाही गर्न माग गरेका छन् । खाँडले घटनामा प्रशासन मौन हुनुले घटना सुनियोजित भएको संकेत गरेका बताए ।

स्मरणरहोस्, गत भदौ २६ मा बाँकेको खजुरामा नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय जागरण अभियानको कार्यक्रममा केहि व्यक्तिहरु पसि आक्रमण गरेका थिए । आक्रमण परि नेपाली कांग्रसकी जिल्ला सभापति किरण कोइरालाको हात भाँचिएको छ भने अन्य केहि घाईते भएका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies