Khabar Dabali Logo
  February 25, Tue

गाँजा र चरेससहित पाँच पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागुऔषध चरेस पाँच किलोसहित तीन जना भारतीय नागरिक तथा साढे १२ किलो गाँजासहित दुई जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । प्रहरीले शनिबार दिउँसो हेटौँडा, रातोमाटे चेकपोष्टबाट बी.आर.०१पीएफ ७९९८ नंको भारतीय कारमा अगाडिपट्टिको एसीमा फल्स बटम बनाई चार किलो ९०० ग्राम चरेस लुकाई हेटौँडातर्फ ल्याउँदै गर्दा उक्त परिमाणको चरेससहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय शिवराज सिंह, सोही ठाउँका २४ वर्षीय ज्ञानीकुमार पासवान र अर्का सोही ठाउँका २४ वर्षीय राजु महतो रहेका छन् ।

त्यस्तै प्रहरीले अवैध लागुऔषध गाँजासहित पक्राउ परेका दुई जनालाई पनि आजै सार्वजनिक गरेको छ । प्रहरीले कैलाश गाउँपालिका–८ का २६ वर्षीय राजकुमार थिङ र सोही ठाउँका २१ वर्षीय दीपेश थिङलाई १२ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरेका जनाएको छ । राक्सिराङ गाउँपालिकाको कालिका दोभानस्थित बाटोमा हिँडिरहेका उनीहरुले बोकेको झोला प्रहरीलाई शङ्का लागी खानतलासी गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनालाई लागुऔषध कारोवार तथा ओसारपसारमा संलग्न रहेको आधारमा कानूनी कार्वाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख र प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

भदौ २९ गते, २०७६ - १३:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अब जनप्रतिनिधिले तलबको सट्टा भत्ता पाउने

हेटौँडा । वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी...   

हुलाकी राजमार्गको तिन सय ८५ किमी कालोपत्र

काठमाडौ । हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना अन्तर्गत...   
शुरु भो सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मत कार्य

शुरु भो सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मत कार्य

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ३ स्थित ऐतिहासिक दुगुनागढीको मर्मत कार्य शुरु भएको...   

बजारमा छ्याप्छ्याप्ती ग्यासका अवैध सिलिन्डर

धम्बोझी । नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री...   

बङ्गुरपालनमा क्रियाशील वडाध्यक्ष लालबहादुर

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले व्यावसायिकरुपमा बङ्गुरपालन...   

रवीन्द्र अधिकारीको योगदानलाई स्मरण गरिने

चिप्लेढुङ्गा । यही फागुन १५ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको देहावसान भएको एक वर्ष पुग्दैछ...   
होमस्टेमा आउने पर्यटक सिस्नुको परिकारमा रमाउँदै

होमस्टेमा आउने पर्यटक सिस्नुको परिकारमा रमाउँदै

मान्म । जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीमा सञ्चालित कर्णाली सामुदायिक घरवास ‘होमस्टे’मा आउने...   

क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्छ : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका...   
राष्ट्रिय परिचयपत्र बनाउने क्रम बढ्दो

राष्ट्रिय परिचयपत्र बनाउने क्रम बढ्दो

अछाम । अछाममा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या साढे चार हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका...   

शिक्षामन्त्री पोखरेलकाे प्रश्न – के सिटीइभिटी जागिर खाने थलो मात्रै हो ?

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top