Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

के हो तरुण दलको विवाद ? बस्नेत र महासचिवको वक्तव्यबाजीको चिरफार

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलभित्रको विवाद निकै चरमता तिर पुगेको छ । तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एकले अर्कोलाई संगठनबाट कारबाही गरिएको भन्दै व्यक्तव्यसमेत सार्वजनिक गरेका छन् । अध्यक्ष बस्नेत र महासचिव शाही दुवैले शनिबार एकाएक सँगसँगै व्यक्तव्य निकाल्दै एकले अर्कोलाई कारबाही गरि पदबाट निलम्बन गरिएको उद्घोष गरेका थिए ।

अध्यक्ष बस्नेतले संगठनको अनुशासन र विधिलाई उल्लंघन गरेको भन्दै महासचिवमाथि साधारण सदस्यसमेत नरहने गरि पदबाट हटाएको जनाएका छन् । अध्यक्ष बस्नेतले सार्वजनिक गरेको विज्ञप्तीमा माउ पार्टी नेपाली कांग्रेस र नेपाल तरुण दलको आर्दश र सिद्धान्त विपरित अनुशासनहिन कार्यहरु गरिएको भन्दै कारबाही गरि पदमुक्त गरिएको जनाइएको छ । उनले तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ अनुसार पदमुक्त गरिएको जनाएका छन् ।

यता महासचिव भुपेन्द्रजंग शाहीले संगठनको विधि र मर्यादालाई उल्लंघन गरेको भन्दै अध्यक्षमाथि एक वर्षको कारबाही गरि पदमुक्त गरिएको घोषणा गरेका छन् । महासचिवले विभिन्न ४ बुँदे गम्भिर कारण देखाउँदै अध्यक्षलाई पदमुक्त गरिएको जनाएका छन् । उनले ४ बुँदे कारणमा आन्तरिक संगठनात्मक संरचना विस्तारप्रति अध्यक्षले वेवास्ता गरि युवाहरुमाथि खेलबाड गरेको देखि संगठनको लाखौं रुपैयाँ भ्रष्टचार गरेकोसमेत आरोप लगाएका छन् ।

दुवैले कारबाही गरिएको बारे पार्टी कार्यालय र कांग्रेस सभापतिलाई पनि बोधार्थ पत्र पठाएका छन् ।

देउवा र पौडेलबीचको रडाको तरुण दलमा

तरुण दलको चौथो महाधिवेशन ३ वर्ष अगाडि अर्थात् भदौ ०७३ मा पोखरामा सम्पन्न भएको थियो । महाधिवेशनबाट निर्वाचन प्रक्रिया हुन नसकेपछि भागवण्डाकै आधारमा कार्यसमिति घोषणा भएको थियो । अध्यक्ष बस्नेत र कोषाध्यक्ष विद्वान् गुरुङ सभापति शेरबहादुर देउवाको कोटाबाट परेका थिए भने महासचिव शाही र उपाध्यक्ष उत्तम चापागाईं रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको कोटाबाट सिफारिसमा परेका थिए ।

गुटगट सिफारिसबाट नेतृत्व पंक्ती चयन भएपनि गुटगत विवादकै कारण कार्यसमिति भने विस्तार हुन सकेको छैन् । महाधिवेशन भएको ३ वर्ष पुरा हुँदै गर्दा र कार्यसमितिको कार्यकाल सकिनै लाग्दासमेत कार्यसमिति विस्तार भएको छैन् । तरुण दलको विधानमा ६१ सदस्यीय कार्यसमिति हुनुपर्ने व्यवस्था छ । तर, नेपाली कांग्रेसभित्रको गुटगत चरमताको कारण तरुण दल अहिले ४ जना पदाधिकारीको भरोसामा चलिरहेको छ ।

द्वन्दको अन्तर्य आर्थिक लेनदेन

अध्यक्ष र महासचिवबीच चरम विवादको अन्तर्य भने आर्थिक विषयसँग जोडिएको पाइएको छ । संगठनभित्र आर्थिक अनियमितताले चरम रुप लिएपछि लेनदेनमा कुरा नमिल्दा अध्यक्ष र महासचिवबीचको रडाको मच्चिएको कांग्रेस पार्टी स्रोतले बताउँछ । यसअघि पनि प्रवास जनसम्र्पक समितिबाट विभिन्न सहयोग स्वरुप पठाएको रकममा हिनामिना भएको भन्दै पदाधिकारीबीच विवाद भएको विषय सार्वजनिक भएको थियो । अध्यक्ष र कोषाध्यक्षको मिलेमतोमा बाढीपीडितका नाममा उठेको सहयोग रकममा हिनामिना गरेको आरोप महासचिव समुहले सार्वजनिक रुपमै पनि लगाउँदै आएको छ ।

कांग्रेस पार्टी स्रोतअनुसार बाढीपहिरो पीडितका नाममा विदेशमा रहेका कांग्रेस सम्र्पक समितिबाट पठाएको करिब ७५ लाख रुपैयाँ अध्यक्ष र कोषाध्यक्षबाट हिनामिना भएको थियो । यद्यपि अध्यक्ष बस्नेतले भने जम्मा १३ लाख ५४ हजार पैसा संकलन भएको बताउँदै आएका छन् । अध्यक्ष बस्नेतले सिधा–सिधा आर्थिक अनियमितता गरेको भन्दै सार्वजनिक रुपमै महासचिव शाहीले यसअघि पनि आरोप लगाउँदै आएका थिए ।

गैरराजनीतिक व्यवहार, अनुशासन समितिको गम्भीर ध्यानाकर्षण

अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीचको व्यक्तवाजीप्रति नेपाली कांग्रेस अनुशासन समितिले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अनुशासन विभागका सदस्य धनराज गुरुङ्गले खबर डबली अनलाईनसँग कुराकानी गर्दै तरुण दलभित्रको विवादबारे अनुशासन समितिले विशेष अध्ययन गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

उनले युवा नेताहरुको शैली गैरराजनीतिक र अव्यवहारिक भएको टिप्पणी गरे । पार्टी केन्द्रिय सदस्यसमेत रहेका गुरुङ्गले भने, ‘तरुण दल अध्यक्ष र महासचिवको व्यक्तव्यबाजी एकदमै गैरराजनीतिक खालको छ । पार्टी नेतृत्वसँग छलफल नगरी एकाएक यसरी व्यक्तवाजी गरिनु अत्यन्तै आलोकाँचो काम भएको देखिन्छ । सतहमा देखिएको आर्थिक विवादप्रति अनुशासन समितिको गम्भीर ध्यानाषर्ण भएको छ । हामी अध्ययन थाल्छौं । यसरी कांग्रेस बन्दैन् ।’

पार्टीभित्रको गुटगट विवाद भातृ संगठनहरुमा देखिएको भन्दै नेतृत्व गम्भीर नभए ठुलो नोक्सानीसमेत व्यहोर्नुपर्ने गुरुङ्गको टिप्पणी छ । उनले पार्टी नेतृत्वबाटै हस्तक्षेप गरेर तरुण दलभित्रको विवादलाई तुरुन्त हल गर्नुको विकल्प नभएको बताए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies