Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यी हुन् नेकपामा जिम्मेवारी नपाउने १९ नेता

काठमाडौं । पार्टी प्रवेश गरेका नेता केन्द्रीय सदस्यमा मनोनित भएसँगै सत्तारुढ नेकपाको संगठन संरचना विस्तारित भएको छ । नेकपाले चार सय ४१ सदस्यी केन्द्रीय समितिलाई चार सय ४५ पुर्‍याएको छ । केही महिनाअघि विप्लव नेतृत्वको नेकपाबाट प्रवेश गर्ने पदम राई, किरण राई र नयाँ शक्तिबाट प्रवेश गर्ने देवेन्द्र पराजुली र कल्पना धमलालाई नेकपाले केन्द्रीय समितिमा नियुक्त गरेको हो ।

आजको नयाँ पत्रिकामा खबर छ - अन्तरिम विधानमा वाम समूहबाट एकीकरण प्रक्रियामा सामेल हुनेलाई १० प्रतिशत नबढ्ने गरी केन्द्रीय कमिटीमा मनोनित गर्न सकिने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार उनीहरूलाई जिम्मेवारी दिइएको महासचिव विष्णु पौडेलले बताए । उता, सात केन्द्रीय सदस्यको रिक्त स्थानमा पनि पदपूर्ति बाँकी छ ।

यी हुन् जिम्मेवारी नपाउने नेता
नेकपाका केन्द्रीय सदस्यमध्ये चार सय १६ नेताले भूगोल, विभाग, मोर्चा फाँट र जनवर्गीय संगठन तथा सम्पर्क कमिटीमा जिम्मेवारी पाएका छन् । तर, चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा अझै १९ नेताको जिम्मेवारी तोकिएको छैन । अहिलेसम्म ६० प्रतिशत नेतालाई भूगोलमा र बाँकी नेतालाई अन्त जिम्मेवारी तोकिएको नेकपाले जनाएको छ । कामको बाँडफाँडपछि पनि जिम्मेवारी नपाउनेमा प्रदीप नेपाल, युवराज कार्की, बिन्दा पाण्डे, युवराज चौँलागार्इं, गंगा कार्की, अशोककुमार मण्डल, खगेन्द्र चुडाल, जोखबहादुर महरा, टंक आङबोहाङ ९लिम्बु०, दावा तामाङ, दिननाथ शर्मा, दीपबहादुर योञ्जन, धर्मनाथ यादव, पुष्पविक्रम मल्ल, मानबहादुर बुढा, लिलबहादुर थापामगर, सुकबहादुर रोका, शशी श्रेष्ठ र हिमाल शर्मा छन् ।

उनीहरूमध्ये युवराज,। कार्की र युवराज चौलागाईं तथा बिन्दा पाण्डेलाई प्रवास फाँटको जिम्मेवारी तोक्ने तयारी छ । पूर्वएमाले समूहका सिनियर नेता प्रदीप नेपालले पनि जिम्मेवारी पाएका छैनन् । पार्टीमा सक्रिय हुने रुचि नराखेका कारण उनलाई परिभाषित जिम्मेवारी नतोकिएको सचिवालयका एक नेताले बताए । ०६० सालअघि नै साविक माओवादीको केन्द्रीय कमिटीमा रहेका नेता गंगा कार्कीले कतै जिम्मेवारी पाएका छैनन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies