Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

जहाँ घरजग्गा किन्दा पैसा तिर्नु पर्दैन !

एजेन्सी। संसारमा विचित्रका समाचारहरु सार्वजनिक भइरहेका हुन्छन्। हालै एउटा यस्तै पत्याउन मुस्किल लाग्ने समाचार सार्वजनिक भएको छ।

जहाँ जग्गा जमिन खरिद गर्दा पैसा लाग्दैन उल्टै सरकारबाट पुरस्कार पाइन्छ। त्यसो त मानिसहरु घरजग्गा किन्न कराडौं रुपैयाँ खर्च गर्छन्। तर, इटालीको एउटा सहर छ जहाँ घरजग्गा किन्दा पैसा तिर्नु पर्दैन। उल्टै सरकारले नै पुरस्कार स्वरुप पैसा दिन्छ।

इटालीको केन्डेला सहरका मेयरले घरजग्गा किन्दा ग्राहकले पैसा तिर्नुको साटो उल्टै सरकारले नै पुरस्कार स्वरुप पैसा दिने घोषणा गरेका हुन्। यो सहरमा बस्नका लागि घर खरिद गर्ने जो कोहीलाई सरकारले सित्तैमा घर उपलब्ध गराउने मात्र होइन, उल्टै २ हजार युरो पुरस्कार समेत दिन्छ।

यस्तो अफर केवल इटालियनका लागि मात्र होइन विदेशीहरुले समेत त्यहाँ घर किन्न पाउनेछन्। जागिर र राम्रो जीवनको खोजीमा बसाईसराई गर्दै शहर बासीहरु बाहिर जाने क्रम बढेर सहर रित्तिन थाले पछि स्थानीय सरकारले यस्तो अफर ल्याएको हो।

गाउँमा अहिले केवल बृद्धहरु मात्र रहेकाले उनीहरुको मृत्युपछि सहर नै खाली हुने अवस्था आएको छ। सिएनएनका अनुसार सन् १९९० को दशकसम्म त्यहाँको जनसंख्या ८ हजार रहेकोमा अहिले घटेर २७ सयमा झरेको छ।

यो अवस्थाबाट चिन्तित मेयर गाउँमा युवा परिवारहरु आएर घरजम गरुन् र जनसंख्या बढोस् भन्ने चाहन्छन्। सित्तैमा पुरस्कार सहित घर किनेर यहाँ आएर बस्ने व्यक्तिले सहरमै व्यवसाय तथा रोजगारी दिनुपर्नेछ र, व्यवसायका लागि सरकारले सहयोग समेत गर्नेछ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies