Khabar Dabali Logo
  January 19, Sun

विप्लव समूहसँगको भिडन्तमा मृत्यु भएका राईलाई सहिद घोषणा, परिवारलाई १० लाख

काठमाडौं । सरकारले हिनामिना भएका सार्वजनिक जग्गाको थप छानविन गर्न २ महिना थप्ने निर्णय गरेको छ । यसै साता बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । २०७५ फागुन २८ गते गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार गठित सरकारी, सार्वजनिक, गुठी र सरकारद्धारा अधिग्रहण तथा जफत गरेका जग्गाको हिनामिना सम्बन्धी छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको छानविन समितिका म्याद २०७६ साउन २८ देखि २०७६ असोज २८ सम्म दुई महिना म्याद थप्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भोजपुरमा विप्लव समूहसँगको भिडन्तमा मृत्यु भएका सञ्जिव राईलाई शहीद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने निर्णय गरेको जानकारी दिए ।

यस्तै खाद्य सुरक्षा र कृषि व्यावसायिकीकरण कार्यक्रमका लागि एसियाली विकास बैंकबाट रु ५ अर्ब ७५ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सन्दर्भमा वार्ता गर्न अर्थमन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखा प्रमुखको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गर्ने निर्णय भएको छ ।

ग्रामिण उद्योग आर्थिक परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त ऋण सहायता रु ५ अर्ब ७५ करोड सम्बन्धमा वार्ता गर्न अर्थमन्त्रालय, अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको नेतृत्वमा पाँच सदस्यीय टोली गर्ने निर्णय गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ का लागि एकल बिन्दु सेवा केन्द्रको २५ जना अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । खाँदबारी किमाथाङ्का १४ कि.मि.चट्टानी सडक नेपाली सेनालाई दिने निर्णय गरिएको छ ।

भदौ २६ गते, २०७६ - १८:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली लाइसेन्सधारीको अन्त्य नभएसम्म सडक दुर्घना न्यूनिकरण हुन सक्दैन : नेता शर्मा

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले नक्कली लाइसेन्सका...   

केही बर्षमा माडि दुर्गमबाट सुगममा परिणत हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही बर्षभित्रै माडी...   

विधान नमिच्न सभापति देउवालाई जिल्ला सभापतिको चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका असन्तुष्ट पौडेल पक्षका जिल्ला सभापतिहरुले नेतृत्वको कार्यशैली प्रति...   

ईरानको ५२ ठाउँबाट आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई ५२ ठाउँबाट आक्रमण गर्ने चेतावनी दिएका छन्...   

सभामुखबारे नेकपा दुई अध्यक्षबीच जुटेन सहमति, संसद बैठक स्थगित गर्ने तयारी

काठमाडौं । सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाका दुई अध्यक्षबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको...   

राष्ट्रपतिलाई राजनीतिबाट टाढा रहन नेकपा नेता रघुजी पन्तको सूझाव

काठमाडौ । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई...   

प्रदेश सरकारको मुख्य प्राथमिकता कृषि : मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले कृषिलाई सबैभन्दा धेरै महत्व दिएको बताएका...   

प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी काँग्रेसको प्रश्न : नेपाल ट्रष्टको जग्गा हिनामिनामा किन मौन ?

काठमाडौं । विपक्षी दल नेपाली काँग्रेसका सांसदले नेपाल ट्रष्टको सम्पत्ति हिनामिना गर्ने प्रकरणमा...   

नरिवलको रक्सीले लियो आठ जनाको ज्यान, सयौं अस्पताल भर्ना

एजेन्सी । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी...   

चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता

एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top