Khabar Dabali Logo
  September 21, Sat

६५ वर्षीया वृद्धाको हत्यामा संलग्न ४ पक्राउ

चितवन । नवलपुरको गैंडाकोटमा एक वृद्धाको हत्या भएको छ । गैंडाकोट नगरपालिका–१५ स्थित मनकामना टोल निवासी ६५ वर्षीया वृद्धा भुमादेवी खत्रीको लुटेरा समूहले हत्या गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

प्रहरीका अनुसार लुटेराहरुले गरगहना लुट्ने क्रममा खत्रीको हत्या गरेका हुन् । खाना खाएर भाँडा माझ्दै गरेकी भूमालाई पछाडिबाट आएर हत्या गरी गरगहना लुटेको प्रहरीले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी उनी भान्सा कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । खत्रीको टाउको, कान र अनुहारमा चोट लागेको छ भने आँखा फुटेको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ खिचापोखरी घर भइ हाल गैंडाकोट–१५ बस्ने ३६ वर्षीय अर्जुन खड्का, उनकी श्रीमती ३५ वर्षीया मिना खड्का, तनहुँ जिल्ला रिसिङ घर भइ सोही ठाउँ बस्ने ४५ वर्षका बसन्तकुमार बराल र उनकी श्रीमती ३८ वर्षीया कमला बराल रहेका छन् । उनीहरुबारे अनुसन्धान अघि बढाइएको गैंडाकोट प्रहरीले जनाएको छ । उनीहरुको साथबाट केही गरगहनासमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

भदौ २६ गते, २०७६ - १८:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा किन पठाउँदैछ अमेरिकाले सेना ?

खाडी क्षेत्रमा किन पठाउँदैछ अमेरिकाले सेना ?

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने शुक्रबार घोषणा गरेको छ । साउदी अरेबियाका...   
मेयर दाहालले गरिन् अल्पसंख्यक २२ परिवारलाई पक्की घर हस्तान्तरण

मेयर दाहालले गरिन् अल्पसंख्यक २२ परिवारलाई पक्की घर हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिका तथा सघन शहरी विकास कार्यालय भरतपुरले वडा नं. २२ का स्थानिय बासिन्दालाई...   
बामदेव गौतम कास्की–२ बाट चुनाव नलड्ने (यस्ताे लेखे फेसबुकमा)

बामदेव गौतम कास्की–२ बाट चुनाव नलड्ने (यस्ताे लेखे फेसबुकमा)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले कास्की–२ बाट उपनिर्वाचन...   
हानिकारक छ मोबाइलबाट निस्कने रेडिएसन

हानिकारक छ मोबाइलबाट निस्कने रेडिएसन

एजेन्सी । मोबाइलबाट निक्लिने रेडिएसन मानव मस्तिष्क र शरीरका लागि हानिकारक छ। तपाईले मोबाइल किन्दा...   
कीर्तिपुर आउँदा माइतीघर नै आएजस्तो लाग्छ : प्रचण्ड

कीर्तिपुर आउँदा माइतीघर नै आएजस्तो लाग्छ : प्रचण्ड

कीर्तिपुर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर...   
प्रचण्डद्वारा अराजक तत्वहरुको प्रतिवाद गर्न पुनः आव्हान

प्रचण्डद्वारा अराजक तत्वहरुको प्रतिवाद गर्न पुनः आव्हान

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले आन्दोलनका उपलब्धि उल्ट्याउने सपना देख्ने...   
बाबुरामकाे विद्वता यस्ताे, सत्यकाे रंग कस्ताे ?

बाबुरामकाे विद्वता यस्ताे, सत्यकाे रंग कस्ताे ?

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्यकाे परिभाषामा नयाँ तथ्य थपेका छन्...   

अरुण नदीमा खसेको जिप र यात्रु अझै भेटिएनन्

सुनसरी । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान आउँदै गरेको जिप अरुण नदीमा खस्दा एकै परिवारका...   
महासेनानी यमबहादुर अधिकारी सहायक रथीमा बढुवा

महासेनानी यमबहादुर अधिकारी सहायक रथीमा बढुवा

काठमाडौं । सरकारले नेपाली सेनाका महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको...   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले गत भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top