Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बलात्कार प्रयास गर्ने दुई पक्राउ

मोरङ । बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बसमा यात्रा गरिरहेको समयमा गत भदौ २२ गते किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नगरपालिका– ४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

खड्का बस चालक र न्यौपाने बसका सहचालक हुन । बेलबारी नगरपालिकामा रहेको बेतना सिमसार घुमेर ना ६ ख ९३४४ नं को बस चढेकी किशोरी झापा दमकमा उत्रन लागेको बेला उनीहरुले बस घुमाएर मोरङको रङ्गेली नगरपालिका– ९मा ल्याएर बसभित्रै बलात्कार प्रयास गरेका हुन् ।

बलात्कार प्रयास गर्दै गर्दा किशोरी चिच्याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । पक्राउ गरिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीले मुलुकी अपराध संहिता २०७६ बमोजिम म्याद थप गरी अनुसन्धान भई रहेको मोरङ प्रहरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

महिलाको हत्या गरेको आरोपमा पक्राउ

३५ बर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापा गौरादह नगरपालिका ६ दामुनाका ४५ वर्षीय पुण्य चुँडाललाई भदौ २५ गते पक्राउ गरेको छ । गत भदौ २१ गते आफुसंगै बस्दै आएकी नाम नखुलेकी सिर्जना भनेर बोलाउने आफ्नै प्रेमीकालाई कुटपिट पछि छोडेर हिडेको र उनको उपचारका क्रममा भदौ २२ गते कोशी अञ्चल अस्पतालमा मृत्यु भएपछि प्रहरीले चुँडाललाई खोजी गरिरहेको थियो ।

कुटपिट पछि रतुवामाई नगरपालिका ६ का हरिबहादुर खड्काको गाई गोठमा महिलालाई छोडेर चुँडाल भागेका थिए ।
शरिरका विभिन्न भागमा चोट लागेकी महिलाको रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरीले कोशी अञ्चल अस्पताल ल्याएको मोरङ प्रहरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु विगत एक महिना यता रतुवामाई नगरपालिका– ६ मा बस्दै आएको मोरङ प्रहरीका प्रबक्ता श्रेष्ठले बताउनुभयो । चुँडालललाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । शवको परीक्षण कोशी अञ्चल अस्पतालमै गरिएपनि जिम्मा लिने कोही नभएका कारण शव गृहमा राखिएको प्रहरीको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies