Khabar Dabali Logo
  February 24, Mon

माछापोखरीमा बरामद पेस्तोल भगाैडा सेनाको भएको खुलासा

काठमाडौँ । प्रहरीले गत २१ भदौमा काठमाडौंको माछापोखरीबाट दुई वटा चाइनिज पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित ८ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा नेपाली सेनाका भगौडा सिपाहीदेखि विप्लवका कार्यकर्तासम्म थिए ।

पक्राउ पर्नेहरुमा गोरखा अजिकोटका ३८ वर्षीय कुशल अधिकारी, नुवाकोट तारकेश्वरका २९ वर्षीय रामबहादुर तामाङ, नुवाकोट विदुरका २५ वर्षीय धर्मराज तामाङ, रसुवा छेदिङमोका २९ वर्षीय योर्साङ घले, धादिङ खनिवासका २७ वर्षीय विजय तामाङ, नुवाकोट विदुरका ३० वर्षीय पिटर तामाङ र नुवाकोट तारकेश्वरका राजन तामाङ रहेका छन् ।

प्रहरीका अनुसार गोरखा अजिकोटका ३८ वर्षीय कुशल अधिकारी आर्मीका भगौडा हुन् भने रसुवा छेदिङमोकाका २९ वर्षीय योर्साङ घले ‘गोरे’ विप्लव कार्यकर्ता हुन् । पक्राउ परेका ८ जना लुटेरा समूह हुन् । लुटेरा समूहबाट बरामद भएको पेस्तोल नेपाल प्रहरीले प्रयोग गर्ने खालका हुन् ।

बरामद २ वटै पेस्तोल गोरखाका कुशल अधिकारीको रहेको पाइएको छ । उत्त पेस्तोल ७.२ एमएम चाइनिज पेस्तोल हो । कुशलले १२ वर्षअघि एक व्यक्तिबाट पेस्तोल किनेको प्रहरीसमक्ष बयान दिएको प्रहरीले जनाएको छ ।

कुशल २०७४ सालको संविधानसभाको चुनावमा काँग्रेस नेताहरुसँग चुनाव प्रचारप्रसारमा समेत सक्रिय थिए ।

उक्त पेस्तोलको नेपाली बजार मूल्य २ लाखमाथि रहेको प्रहरीले जनाएको छ ।

भदौ २६ गते, २०७६ - १५:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान संशोधन गर्न नेकपाले बनाएको कार्यदलमा नेम्वाङ र देवकोटा बस्‍न मोननन् !

काठमाडौँ । संविधान संशोधनका लागि नेकपाले गठन गरेको कार्यदलमा बस्न स्थायी समिति सदस्य सुवासचन्द्र...   

एन आई सी बैंकका ग्राहकहरूलाई ‘सोनी ब्राभिया’ टेलिभिजन खरिदमा विशेष छुट

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रा.लि. बीच यस बैंकका ग्राहक महानुभावहरूलाई...   

कोरोना सङ्क्रमणबाट इटालीमा ४ जनाको मृत्यु

रोम । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले...   

नेपाली काँग्रेसद्वारा चितवन बन्दको घोषणा

चितवन । चितवनको माडी नगरपालिका–१ का वडाध्यक्ष एवम् काँग्रेसका स्थानीय नेता कृष्णप्रसाद पौडेलको आमरण...   
चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक

चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक

काठमाडौं । कमेडी जनराको फिल्म ‘हिजो आजका कुरा’ मा समाबेश माया जदौ बोलको गीत सोमबार सार्वजनीक गरिएको...   

अन्तर्राष्ट्रिय अभ्यासअनुसार केक काटिएको हो, पिछडिएको मानसिकता भएकाले अनावश्यक टिप्पणी गरे : सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा नेपालको नक्सा आकृतिको केक काटिएको भनेर यतिबेला...   
डोनाल्ड ट्रम्पको भारतमा भव्य स्वागत

डोनाल्ड ट्रम्पको भारतमा भव्य स्वागत

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको आफ्नो पहिलो औपचारिक भ्रमण गुजरात राज्यबाट...   
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा

क्‍वालालम्पुर । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार राजीनामाको घोषणा गर्दै नयाँ सरकार...   

गाडीको ठक्करबाट नन्दलाल श्रेष्ठको मृत्यु, स्थानीयवासीद्वारा बिपी राजमार्ग अवरुद्ध

सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एक...   

राष्ट्रपति भण्डारी पहिलो पटक बैतडी आउँदै, नागरिक अभिनन्दन गरिने

बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १५ गते बैतडी आउने भएकी छिन् । राष्ट्रपति भण्डारीले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top