Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

जुम्लामा विषादी प्रयोगले माहुरी मर्दै

जुम्ला । माहुरीका लागि उर्वर क्षेत्र मानिएको जुम्लाका किसान केही समययता भने चिन्तित बनेका छन् । एकाएक माहुरी मर्न थालेपछि उनीहरू चिन्तित बनेका हुन् । महको बजार अभाव नभएको र माहुरीका गोलाको समेत माग अत्यधिक रहेका बेला एकाएक माहुरी मर्न थालेपछि समस्या भएको चन्दननाथ नगरपालिका–५ का कृष्ण बुढाले बताए ।

“दिन प्रतिदिन माहुरी मर्दै गएका छन । कृषि प्राविधिकलाई सोध्दा बालीनाली तथा फलफूलमा विषादीको प्रयोगले माहुरी मर्ने गरेको बताएका छन्,” बुढाले भने।

जुम्लालाई जिल्ला परिषद्बाट विषादी प्रयोगरहित घोषणा गरिएको थियो । तर, त्यसको कार्यान्वयन नहुँदा विषादीको प्रयोग नघटेको उनको भनाइ छ । पराम्परागत रूपमा माहुरीपालन गर्दै आएका उहाँले १० वटा आधुनिक घार पनि राख्नु भएको छ । हरेक दिन घार बाहिर मरेका माहुरी भेटिन थालेको उहाँको भनाइ छ । ‘दिनदिनै मरेका माहुरी देखिन्छन् । घार रित्तिँदै गएको छ,’ बुढाले दुःखेसो पोखे ।

वातावरण विनाशसँगै माहुरीको चरन क्षेत्र घट्दै गएको अर्का माहुरी किसान सरोज शाहीले गुनासो गरे । झन् त्यसमा बालीनालीमा विषादी प्रयोग हुन थालेपछि समस्या भएको उनको भनाइ छ । ‘धान खेतमा अत्यधिक विषादी प्रयोग भइरहेको छ । जसले गर्दा माहुरी पानी खान गएपछि मर्ने गरेको छ,’ उनले भने ।

सेरेना जातको माहुरीका लागि जुम्लाको हावापानी उपयुक्त मानिन्छ । यहाँ भौगोलिक अवस्था र चरन क्षेत्र पर्याप्त रहेको छ । जसले गर्दा महको उत्पादन बढ्दै आएको थियो । कृषि विकास कार्यालयका अनुसार, आर्थिक वर्ष ०७२÷७३ मा दुई हजार पाँच सय किलोग्राम मह उत्पादन भएको थियो भने आर्थिक वर्ष ०७३÷७४ मा दुई हजार आठ सय किलोग्राम उत्पादन भएको थियो ।

त्यस्तै, आर्थिक वर्ष ०७४÷७५ मा दुई हजार एक सय किलोग्राम मह उत्पादन भएको तथ्याङ्क छ । अझै पनि जुम्लामा माहुरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाको भनाइ छ । जिल्लाको विभिन्न भागमा परम्परागत र आधुनिक घारमा किसानले माहुरीपालन गर्दै आएका छन् । माहुरी जोगाउन विषादीको प्रयोग रोक्नुपर्ने उनको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies