Khabar Dabali Logo
  September 16, Mon

बाँदर आतङ्कले खेतबारी बाँझै

बैतडी । बैतडी सदरमुकाम क्षेत्रमा विगत केही वर्षदेखि बाँदरले आतङ्क फैलाउँदै आएको छ । खेतबारीमा काम गर्ने महिला तथा विद्यालय जाने बालबालिकालाई आक्रमण गरी घाइते बनाउने बनाउनाका साथै खेतबारीमा लगाएको अन्नबाली, फलफूल र घरभित्र पकाएर राखेको खानासमेत बाँदरले खाने गरेको छ । दशरथचन्द नगरपालिकाले वडा नं ४, ५, ६, ७ र ८ मा बाँदरले विगत केही वर्षदेखि आतङ्क मच्चाएकाले त्यसको व्यवस्थापनका लागि रु १० लाख छुट्याएको छ ।

बाँदरलगायत अन्य जङ्गली जनावर व्यवस्थापन गर्न उक्त रकम विनियोजन गरिएको वडा नं ५ का अध्यक्ष नारायणप्रसाद भट्टले जानकारी दिए ।

बाटोमा हिँड्दासमेत महिला तथा बालबालिकालाई बाँदरले आक्रमण गर्दै आएको र गत साउनमा तीन जनालाई बाँदरले टोकेकाले उनीहरूलाई रेविजविरुद्धको सुईसमेत दिइएको उनले बताए । जङ्गली जनावर व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र नगरपालिकाले केही दिनभित्रै ठोस निर्णय गर्ने जनाइएको छ । बाँदर नियन्त्रणका लागि उक्त नगरपालिकाले विगतका वर्षमा पनि बजेट विनियोजन गर्दै आएको थियो ।

खेतीयोग्य जमीन बाँझै

सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क फैलाउन थालेकाले विगत पाँच वर्षदेखि यहाँका बासिन्दाले खेतीयोग्य जमीनसमेत बाँझै छाड्दै आएका सोही नगरपालिका निवासी तेजप्रकाश भट्टले जानकारी दिए । बाँदरको दुःख खप्न नसकेर बसाइँ सर्नुपर्ने अवस्थासमेत सिर्जना भएको अर्का स्थानीयवासी पार्वती चन्दले बताइन् । सोही नगरपालिका वडा नं ५ का डम्बर टमाटाले घरको खानेकुरा सुरक्षाका लागि एक जनाले दिनभर बाँदरका लागि घर कुरुवा बस्नुपरेको गुनासो गरे । लाखौँको सुन्तला फल्ने यो मौसममा अहिले रुखमा एक दान सुन्तला देख्न पनि मुस्किल भएको उनको भनाइ थियो ।

योजना सफल भएन

बाँदरको आतङ्क बढेपछि उक्त नगरपालिकाले गत वर्ष पनि बाँदर धपाउने अभियान शुरु गरेकामा निस्फल भएको वडाध्यक्ष भट्टले बताए ।

बाँदर विशेषज्ञ ल्याएर बाँदर धपाइए पनि फेरि गाउँमै बाँदर फर्केर आएका छन् । उक्त नगरपालिकाले तयार पारेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजनामा बाँदर आतङ्कलाई पहिलो प्रकोपका रुपमा राखिएको छ । नगरवासीले पटकपटक गुनासो गर्दै आएपछि बाँदर धपाउने अभियान सञ्चालन गरिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए ।

मोहनबहादुर चन्दको नेतृत्वमा बाँदर धपाउने टोलीमा सहभागी स्थानीयवासी विद्यार्थी, महिलालगायत सरोकारवालाले गुलेली, लाठी ढुङ्गा बोकेर बाँदर अभियाननै चलाएपनि सफल नभएपछि प्रभावित वडाका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने पीडितहरूले माग गर्दै आएका छन् । भारतको कोशी तथा वराणासीबाट ट्रक ल्याएर महाकाली नदीमा बाँदर छोडिएकाले जिल्ला सदरमुकाममा यसको आतङ्क बढेको स्थानीय बासिन्दाको भनाइ थियो ।

भदौ २६ गते, २०७६ - १४:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जब श्रीमानको व्यवहारमा परिवर्तन हुन थाल्छ

श्रीमान-श्रीमतीको जीवन यात्रा सजिलो होस् भन्नाका लागि एक-अर्कालाई सम्झन् र बुझ्न आवश्यक हुन्छ । कहिलेकाहीँ...   

मनास्लुमा आरोहीको ओइरो

काठमाडौ । यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले...   

डेङ्गु नियन्त्रणमा सांसद बस्नेत आफैँ टोलटोलमा औषधि छर्कदै

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका छ सामुदायिक संस्थालाई आज डेङ्गु नियन्त्रणसम्बन्धी...   

आज पनि नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि...   

यसकारण ह्वात्तै बढ्रयो सम्बन्धविच्छेदका घटना

बागलुङ । आर्थिक वर्ष ०७३÷०७४ मा बागलुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका जम्मा १२७ मुद्दा दर्ता भए ।...   

अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा

चितवन । विगत दुई वर्ष यता फुल (अण्डा)को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा...   

विद्यालयमा डेङ्गु रोकथाम अभियान

धनगढी । डेङ्गुको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि यहाँका विद्यालयमा अभियान शुरु गरिएको छ । यस...   
स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत

स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत

काठमाडाै । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको...   

आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटनामा परी ३९ बेपत्ता

नयाँ दिल्ली । भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउँसो भएको डुङ्गा दुर्घटनामा परी...   

अफगानिस्तानमा २४ लडाकूद्धारा आत्मसमर्पण

सिन्ह्वा । अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष २४ तालिबान लडाकूले आत्मसमर्पण गरेका छन् । देशको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top