Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जनप्रतिनिधिलाई उत्तरदायी बनाउँदै नेकपा

बागलुङ । आफ्नो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई उत्तरदायी बनाउन जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘जनतासँग जनप्रतिनिधि’ अभियान सञ्चालन गरेको छ । वडा तहमा पुगेर जनताका गुनासा सुन्न र विकास योजना तथा सेवा प्रवाहसम्बन्धी माग सुनवाइका लागि सघाउन थालेको सो अभियानले पार्टी, जनप्रतिनिधि र जनताबीच सम्बन्ध सुदृढ हुने विश्वाससमेत लिइएको छ ।

उक्त पार्टीको बागलुङ नगर समितिले बागलुङ नगरपालिका–१ मा पहिलो कार्यक्रम गरी अभियान शुरु गरेको थियो । नगरका १४ मध्ये सात वडामा कार्यक्रम सम्पन्न भइसकेको नगर समिति अध्यक्ष धनबहादुर परियारले बताए । “चुनावमा भोट माग्यौँ, आश्वासन बाँड्यौँ, चुनाव भएको पनि दुई वर्ष बितिसक्यो तर जनतामा र गुनासा, आक्रोश बढिरहेको छ”, उनले भने, “जनप्रतिनिधिलाई जिम्मेवार र उत्तरदायी भएर जनताको सेवामा लाग्ने वातावरण बनाउन पार्टीले अभियानमार्फत सहजीकरण गरेको हो ।”

गाउँ नफर्केको, जनतालाई बिर्सेको, सुविधाभोगी भएको, चुनावी वाचाअनुसार काम नगरेको जस्ता आरोप जनप्रतिनिधिमाथि लाग्ने गरेको छ । जनताको पीर, मर्का बुझ्न र गुनासा सम्बोधनका लागि अभियान प्रभावकारी बनेको नेकपा जिल्ला सचिव ज्ञामनाथ गेरै ‘अनिल’ले बताए ।बागलुङ नगरपालिकासँगै काठेखोला र बडिगाड गाउँपालिकामा पनि उक्त अभियान सञ्चालन भइरहेको उनको भनाइ थियो । जिल्लाका दशवटै स्थानीय तहमा अभियान सञ्चालन गर्ने नेकपाको तयारी छ ।

कार्यक्रममा सम्बन्धित पालिकाका प्रमुख र वडाका अध्यक्षले बजेट तथा अन्य कार्यक्रमबारे जानकारी गराउने र सहभागीबाट सुझाव तथा गुनासोे सुन्ने गरिएको छ । प्रदेश सांसद र सङ्घीय सांसद पनि जनतासँगको सवालजवाफमा भाग लिँदै आएका छन् ।“सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहितको उपस्थितिमा कार्यक्रम गर्छौं”, सचिव गैरेले भने, “जनताको पनि उत्साहजनक सहभागिता छ ।” विगतमा सम्पादन भएका कामको समीक्षा र भावी योजना निर्माणमा पनि कार्यक्रम सहयोगी बनेको जनप्रतिनिधिहरू बताउँछन् ।

“स्थानीय तहको काम, कारवाहीप्रति जनताको धारणा र गुनासा थाहा पाउने अवसर पनि बनेको छ”, काठखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले भने, “हामी सबैलाई आफ्नो जिम्मेवारीप्रति सचेत र उत्तरदायी बन्न यस अभियानले झक्झक्याएको छ ।”पार्टीको प्रतिनिधित्व गर्दै चुनाव जितेका जनप्रतिनिधिलाई जनतासँग जोड्न अभियान फलदायी बनेको उनको भनाइ थियो । अभियानले पार्टीलाई पनि जनस्तरमा स्थापित गर्न सघाउ पु-याउने नेकपाको जिकिर छ ।

उक्त अभियानमा जनताका गुनासा मात्र सुन्ने नभई समाधानका लागिसमेत पार्टीले पहल गर्ने सचिव गैरेले बताए । कार्यक्रममा बढीजसो सडक, खानेपानी, सार्वजनिक निकायबाट हुने सेवा प्रवाहको सुधारजस्ता विषयमा नागरिकले प्रश्न र गुनासा गर्ने गरेका छन् । रासस

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies