Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सफा र स्वच्छ वायु भएको काठमाडौ बनाउन कार्ययोजना

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले सफा र स्वच्छ वायु भएको काठमाडौ उपत्यका बनाउने दीर्घकालीन सोचका साथ ‘काठमाडौ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ अघि बढाएको छ ।

मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडौ उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने लक्ष्यका साथ सो कार्ययोजना अघि बढाएको हो ।

विभागले बुधबार सरोकारवाला निकाय र वातावरण विषयका जानकारहरुसँग काठमाडौ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनासम्बन्धी छलफल र अन्तरक्रिया गरी सुझाव सङ्कलन गरेको छ ।

अन्तरक्रिया उद्घाटन कार्यक्रममा वनमन्त्री शक्तिबहादुुर बस्नेतले कार्ययोजनाले वायु प्रदूषणका समस्याको पहिचानका साथै समाधानका लागि सरोकारवाला निकायको समन्वयमा प्रभावकारी पहल गर्न सहज हुने बताए ।

प्रदूषण नियन्त्रणका लागि नीति र कानूनको व्यवस्था भइसकेको र संरचनागत व्यवस्थाका बारेमा छलफल अघि बढेको बताउँदै उनले कार्ययोजनाअनुसार मुलुकका ठूला शहरको प्रदूषण नियन्त्रण गर्ने लक्ष्य निर्धारण अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले काठमाडौँ उपत्यकामा प्रदूषणले सीमा नाघ्न लागेको भन्दै वर्तमानका आवश्यकता पूरा गर्ने र भावी सन्ततिलाई पर्यावरणीय सुरक्षा हुने गरी मानवीय क्रियाकलाप गर्नुपर्ने आजको आवश्यकता रहेकोमा जोड दिए । साथै उनले अनुसन्धानबाट प्राप्त सुझाव लागू गर्नुपर्ने र प्रदूषण नियन्त्रणका लागि शैक्षिक एवं औद्योगिक समुदायमा पुगेर जनचेतनाका कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिए ।

वनसचिव डा विश्वनाथ ओलीले मुलुकको बदलिँदो परिस्थितिमा यसअघि नै तयार भएको सोसम्बन्धी कार्ययोजनालाई परिमार्जनका लागि छलफल गर्न लागिएको बताउँदै विज्ञहरुबाट प्राप्त हुने सुझावले सरकारलाई निर्णय लिन सहज हुने बताए । विभागले सन् २०१७ मा सोसम्बन्धी कार्ययोजना बनाई तयार गरे पनि लागू हुनसकेको थिएन । सोही कार्ययोजनालाई मुख्य आधार बनाई परिमाजर्नसहित छलफल आयोजना गरिएको हो ।

यातायातका क्षेत्र तथा निर्माण गतिविधिबाट हुने र उद्योग प्रतिष्ठानबाट हुने प्रदूषण न्यूनीकरण गर्नु, वातावरणमैत्री तवरबाट फोहरमैलाको व्यवस्थापन गरी वायु प्रदूषण न्यूनीकरण गर्नु र घरभित्रको वायु प्रदूषण न्यूनीकरण गर्नु कार्ययोजनाको उद्देश्य रहेको छ ।

यसैगरी वायु प्रदूषणको अवस्था, कारण र असर एवं न्यूनीकरण एवं रोकथामका सम्बन्धमा जनचेतना जगाउनु, वायु गुणस्तर व्यवस्थापन निर्णय सहयोग प्रणालीको विकास गर्नु, आपत्कालीन अवस्थामा वायु प्रदूषणका व्यवस्थापन गर्नु र वायु प्रदूषण न्यूनीकरणका लागि नीतिगत, कानूनी तथा संरचनाका सुदृढीकरण गर्दै आर्थिक स्रोतको सुनिश्चितता गर्नु कार्ययोजनाको उद्देश्य छ ।

विभागको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकाको वायुको गुणस्तर सरकारको वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्डविपरीत रहेको पाइएको छ । उपत्यकामा वायु प्रदूषणजन्य रोगहरुको जोखिम बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण ३७ हजार मानिसको मृत्यु भएको थियो ।

विभागबाट सन् २०१७ मा गरिएको अध्ययनमा वायु प्रदूषणका मुख्य स्रोतहरुमा यातायातका साधन, सडकमा जम्मा भएको धुलो, उद्योग, इँटाभट्टा, निर्माणजन्य गतिविधि, खुलारुपमा जलाउने कृषिजन्य एवं अन्य फोहर आदि रहेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies