Khabar Dabali Logo
  September 20, Fri

३२ वर्षीय युवा ८१ बर्षे वृद्धको भेषमा अमेरिका उड्न खोज्दा…

काठमाडौं । वृद्धको भेषमा नक्कली पासपोर्ट बोकेर अमेरिका उड्न खोज्ने एक भारतीय पक्राउ परेका छन्। ८१ वर्षे वृद्धको भेषमा नक्कली पासपोर्ट बोकेर जहाज चढ्न लागेका व्यक्ति नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको हो ।

पक्राउ पर्ने व्यक्ति ३२ वर्षीय जयश पट्टेल रहेको समाचारमा जनाइएको छ। ठूलो चस्मा, टाउकोमा फेटा र सेतै दाह्रीमा देखिएका यी व्यक्ति ह्विचचेयरमा बसेर सुरक्षा घेरा पार गरी अध्यागमनमा पुगिसकेका थिए। तर विमानस्थलका सबै अधिकारीलाई उनले मुर्ख बनाउन सकेनन्।

‘उनी वृद्ध जस्ता थिएनन्, उनको छाला त्यस्तो देखिँदैनथ्यो’, एक सुरक्षा अधिकारीले सीएनएनसँग भनेका छन्।

पछिल्लो सुरक्षा जाँचका क्रममा जब पट्टेलले खानतलासीका क्रममा आफू उभिन नसक्ने भन्दै चेकजाँच गर्न मानेनन् तब अधिकारीहरूले उनीमाथि शंका गरेका थिए।

जब उनीसँग कागजात माथियो, तब उनले अम्रिक सिंह नाम भएको पासपोर्ट उनले सुरक्षा अधिकारीहरूलाई दिए। त्यसमा उनको जन्ममिति १९३८ फेब्रुअरी १ लेखिएको थियो। ‘पासपोर्टमा लेखिएको भन्दा उनको छालाको बनोट र शारीरिक अवस्था अर्कै देखिन्थ्यो’, ती प्रवक्ताले भनेका छन्।

सोधपुछका क्रममा पट्टेलले वृद्धको भेषमा नक्कली पासपोर्ट बनाएर अमेरिका जान लागेको स्वीकारेका थिए। उनलाई पक्राउ गरी अध्यागमन अधिकारीलाई बुझाइएको छ।

गुजरातका पटेललाई एकजना दलालले नक्कली पासपोर्ट बनाएर अमेरिकाको भिसासम्म मिलाइदिएको प्रारम्भिक अनुसन्धानमा खुलेको एनडीटीभीले जनाएको छ। पटेल जागिरका लागि अमेरिका जान लागेको समाचारमा जनाइएको छ।बीबीसी

भदौ २६ गते, २०७६ - १०:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीन र कोरियाद्वारा संविधान दिवसको शुभकामना

काठमाडौं । संविधान दिवसका अवसरमा चीन र गणतन्त्र कोरियाका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा...   

देशभरका १३ विमानस्थल मात्रै नाफामा, यी हन् बेफाइदामा भएका विमानस्थलहरू

काठमाडौं । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी...   
ड्रोन आक्रमणमा परि १८ सर्वसाधारणको मृत्यु

ड्रोन आक्रमणमा परि १८ सर्वसाधारणको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर...   

कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्ने आएकाे छ – वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने...   

फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार

गोरखा । धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । मनास्लु पदमार्ग हँुदै...   

वासिङ्टन डिसीमा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

वासिङ्टन । उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ । यस घटना...   

भारत सरकारका आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको यस्तो कटाक्ष

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले भारतको आर्थिक मन्दीलाई यथोचित...   
पूर्वसांसद दाहालको निधन

पूर्वसांसद दाहालको निधन

काठमाडौं। पूर्वसांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा आज निधन भएको छ । विसं २०५१ को मध्यावधि निर्वाचनमा...   

युवती भनेर ७० वर्षीया वृद्धालाई ४० वर्षीय रोहितद्वारा बलात्कार

राजविराज । सप्तरीमा युवती भनेर ७० वर्षीया वृद्धालाई बलात्कार गर्ने एकजना पक्राउ परेका छन् । सप्तरीको...   
संविधान परिमार्जन गर्न सकिन्छ – प्रधानमन्त्री ओली

संविधान परिमार्जन गर्न सकिन्छ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top