Khabar Dabali Logo
  July 5, Sun

राष्ट्रिय युवा संघले केन्द्रदेखि जिल्लासम्मको एकता टुग्यांयो : यसरी भयो बाँडफाँड

काठमाडौं । नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले केन्द्रदेखि जिल्लासम्मको एकताको बागबण्डा टुग्याएको छ ।

संगठनका संयोजक राम प्रसाद सापकोटा दिपशिखा र सहसंयोजक रमेश पौडेलद्वारा जारी वक्तव्य अनुसार बाडफाँड टुग्याइएको हो ।

जारी बिज्ञप्तीअनुसार राष्ट्रिय युवा संघले ४ जना पछि थप्नेगरी ३३१ मध्ये साविक युवासंघ नेपालबाट १७६ र वासिएलबाट १५५ जना सदस्य चयन गर्ने जनाएको छ ।

त्यस्तै केन्द्रिय समितिको एकतिहाईले हुन आउने १११ सदस्यिय सचिवालयमा साविक वासिएल नेपालबाट ५२ र साविक युवा संघ नेपालबाट ५७ सदस्य चयन गर्ने निर्णय गरेकाे छ ।

त्यसैगरि केन्द्रिय कार्यालयको ९ सदस्यका लागि साविक युवा संघ नेपालबाट ५ र साविक वासिएल नेपालबाट ४ सदस्य चयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै संगठनको केन्द्रिय कार्यालय भने काठमाडौंको पेरिसडाँडामा रहने निर्णय गरेको छ ।

त्यस्तै यसअघि पारित मस्यौदा विधानमा यो निर्णय समावेस गरेर पारित गरिएको राष्ट्रिय युवा संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी सात प्रदेशमध्ये ४ मा तत्कालीन युवासंघ र ३ प्रदेशमा तत्कालीन वासिएलले संगठनात्मक नेतृत्व लिने तथा ७७ मध्ये ४२ मा साविक युवासंघ र ३५ जिल्लामा साविक वाइसिएल नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने निर्णय भएको जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ती

भदौ २६ गते, २०७६ - १०:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा फुट उन्मुख : केन्द्रिय समितिदेखि सचिवालयसम्म यस्तो छ समिकरण

नेकपा फुट उन्मुख : केन्द्रिय समितिदेखि सचिवालयसम्म यस्तो छ समिकरण

काठमाडौं । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले आम मानिसलाई अनिश्टको आशंका गर्न वाध्य बनाए । अर्का...   

प्रधानमन्त्रीद्वारा संकटकालको घोषणा गर्न सक्ने संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई कित्ता राेज्न आग्रह गरेका छन् । शनिवार...   

गोरखामा अर्का कोरोना संक्रमितको मृत्यु

काठमाडौं । गोरखा जिल्लामा १ कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ का ४४ वर्षिय...   
बझाङमा पहिरो : १७ घर पुरिए, ७ वेपत्ता

बझाङमा पहिरो : १७ घर पुरिए, ७ वेपत्ता

बझाङ् । बझाङ्को केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा गएको पहिरोमा परि १७ घर पुरिएको छ भने ७ जना बेपत्ता...   

ओली –प्रचण्डबिच ३ घण्टा छलफल, बनेन सहमति

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ।दिउँसो...   
इङ्ल्याण्ड प्रवेश गर्दा ५० मुलुकका पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था खारेज, अमेरिकाका लागि निरन्तरता

इङ्ल्याण्ड प्रवेश गर्दा ५० मुलुकका पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था खारेज, अमेरिकाका लागि निरन्तरता

लण्डन । कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटली र स्पेनसहितका ५० मुलुकसँगको...   

विश्वमा कोरोनाको नयाँ रेकर्ड, झन भयावह बन्दै संक्रमण

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस अझै रोकिएको छैन । बिहिबार कोरोना भाइरस सङ्क्रमणको...   
यसरी झुक्याए ओलीले प्रचण्डलाई, बैठकमा आउनै मानेनन्

यसरी झुक्याए ओलीले प्रचण्डलाई, बैठकमा आउनै मानेनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको...   

उत्कर्षमा नेकपा विवाद : प्रचण्ड पुगे शितलनिवास

काठमाडौं । नेकपाभित्रको विवाद चुलिईरहँदा सरकार तथा राष्ट्रपति कार्यालयसमेत उक्त विवादमा मुछिन थालेको...   

नेकपाको स्थायी समिति बैठक स्थगित, सचिवालयका नेताहरु छलफलमा

काठमाडौं । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी बजेट अधिवेशन स्थगित गर्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top