Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नेकपा सचिवालय बैठक : बोलचाल फुकेन, ओली फेरि सिंगापुर जान सक्ने

काठमाडौंं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को बुधवार बसेको सचिवालय बैठकले सामान्य छलफलबाहेक उल्लेख्य नयाँ निर्णय केही गर्न सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक नियमित कक्षमा नबसी त्यसैको माथिल्लो तलामा बसेको थियो । बैठक कक्षमा सञ्चारमाध्यमहरूलाई प्रवेश दिइएको थिएन ।

प्रधानमन्त्रीका प्रेस संयोजकले सञ्चारकर्मीहरूलाई बैठक माथिल्लो तलामा बसेको र बैठकस्थलमा फोटो खिच्न सञ्चारमाध्यमहरूलाई नबोलाइएको जानकारी दिएका थिए । बुधवार दिउँसो करीब साढे ४ बजेदेखि शुरू भएको सचिवालय बैठकमा सञ्चारमाध्यमहरूलाई प्रवेश नदिइएको यो पहिलोपटक हो ।

२० दिनपछि बसेको सचिवालय बैठकमा निर्णय गर्नुपर्ने थुप्रै एजेन्डा भएपनि तिनीहरूमा प्रवेश नै गरिएन । बरू प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यस्थिति ठीक रहेको र नियमित काममा फर्किन सक्ने भन्दै ब्रिफिङ गरेका थिए । बैठक करीब ४० मिनेटमात्र बस्यो ।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले उपचारपछि आफ्नो अवस्था राम्रो भएको बताएका थिए । ‘आफू नियमित काममा फर्किन सक्ने अवस्थामा रहेको केपी कमरेडले बताउनुभयो,’ उनले भने ।

प्रधानमन्त्री ओलीले आफू ठीक रहेको र नियमित काममा फर्किन सक्ने बताएपनि उनकै स्वास्थ्यस्थितिका कारण बैठक आधा घण्टा मात्र बसेको थियो । बैठकमा सहभागी वरिष्ठ नेता झलनाथ खनालले अध्यक्षको स्वास्थ्य स्थितिका कारण बैठकले एकीकरणका बाँकी काम टुंगो लगाउने विषयमा छलफल नभएको बताए ।

बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिने निर्णय गरेको थियो ।

बैठकका निर्णयहरू सुनाउने क्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘निकट भविष्यमा हुन गइरहेको उपनिर्वाचनका निम्ति पुनस् दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था र निर्वाचन आयोगको सूचनाका आधारमा यही महिनाभित्र दल दर्ताका सम्पूर्ण प्रक्रिया पूरा गर्ने निर्णय भयो । यो काम फत्ते गर्ने जिम्मेवारी महासचिव कमरेड विष्णु पौडेललाई दिइएको छ ।’

प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त जनप्रतिनिधि चयन गर्न आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । सांगठनिक एकीकरणका विषयमा टुंगो लगाउन छिट्टै अर्को बैठक बसेर छलफल गर्ने निर्णय पनि भएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सिंगापुर भ्रमणका कारण २० दिनपछि मात्र नेकपा सचिवालय बैठक बसेको हो ।

प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी परस्पर विरोधी भनाइ

बैठकमा सहभागी दुई नेताले प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे परस्पर विरोधी भनाइ सार्वजनिक गरेका छन् । झलनाथ खनालले प्रधानमन्त्रीको स्वास्थ स्थिति कमजोर भएकाले बैठकमा उपनिर्वाचनका सन्दर्भबाहेक अन्य एजेण्डामा छलफल नभएको बताए ।

तर बैठकमै सहभागी अर्का सचिवालय सदस्यले चाहिँ प्रधानमन्त्री ओली स्वयंले आफू ठीक रहेको र नियमित काममा फर्किन तयार रहेको बताएको खुलासा गरे ।

खबरडबलीले खासमा भएको के हो भन्दै प्रधानमन्त्री निकट स्रोतसँग प्रश्न गरेको थियो । ‘स्वास्थ्यस्थिति अहिले सामान्य भनिएको हो,’ स्रोतले भन्यो, ‘त्यति लामो समय उपचार गरेर फर्किनुभएको छ उहाँ । मृगौलासम्बन्धी रोग क्रिटिकल हो भनेर तपाईं आफैं लेख्नु हुन्छ । बुझ्नुपर्यो नि !’

प्रधानमन्त्री उपचारका लागि पुनः छिट्टै सिंगापुर जान सक्ने सम्भावना रहेको स्रोतको दाबी छ । यद्यपि कहिले र कुन चरणको उपचारका लागि भन्ने निर्क्यौल भइसकेको छैन ।

नेपालको निन्याउरो मुख !

सचिवालय बैठक सकिनेबित्तिकै वरिष्ठ नेता माधवकुमार नेपाल बाहिर निस्केका थिए । उनी सञ्चारमाध्यमसामु केही बोल्न चाहेनन् । तर नेता नेपालको अनुहार मलिनो देखिन्थ्यो ।

प्रधानमन्त्री ओली गत शुक्रवार सिंगापुरबाट फर्केका थिए । सिंगापुरबाट फर्किनेबित्तिकै उनको स्वास्थ्यस्थिति बारे जानकारी लिन नेकपाका दर्जनौं नेता बालुवाटार पुगे तर नेता नेपाल पुगेनन् । न कुनै फोनवार्ता भयो ।

प्रधानमन्त्री सिंगापुर जाने दिन गत भदौ ५ गते बिहान बसेको सचिवालय बैठकमा नेता नेपाल र ओलीबीच ठूलो भनाभन भएको थियो । नेता नेपालले सचिवालय बैठकमा जहिले पनि ‘खोचें’ मात्र थाप्ने गरेको भन्दै ओली रुष्ट बनेका थिए । त्यसदिन पनि नेता नेपालले दिएको स्वास्थ्य लाभको शुभकामना स्वीकार गरेनन् ।

नेता नेपालले भने, ‘तपाईंले यस्तो आपराधिक तरिकाले पनि सोच्न सक्नुहुने रहेछ कमरेड !’
विवाद ठूलै रूपमा चर्कने देखेपछि प्रचण्डले हस्तक्षेप गरे । त्यसपछि वामदेव गौतम, झलनाथ खनालले पनि यस्ता विषयमा विवाद गर्न नहुने भन्दै दुवै नेतालाई शान्त पार्ने प्रयास गरे । अनि बैठक सकियो । त्यसयता ओली र नेपालको बोलचाल बन्द थियो ।

आज उहाँहरूबीच बोलचाल भयो कि भएन भन्ने प्रश्नमा नेता नेपाल निकट स्रोतले भन्यो, ‘एकै बैठकमा सामेल भएपछि बोलचाल नहुने कुरा त भएन । तर मतभेद अझै सल्टीइसकेको छैन । उहाँ ९नेता नेपाल०ले आफ्ना असन्तुष्टिहरू सम्बोधन हुनुपर्ने अडानमा हुनुहुन्छ भने अध्यक्ष ओली त्यसबारेमा केही सुन्नै चाहनुहुन्न ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies