Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

हदबन्दी जग्गा जोगाइदिन ऐन

सांसद नै भूमाफियाका समर्थक
काठमाडौं । उद्योग व्यवसायका नाममा जग्गा लुकाई हदबन्दी छल्दै आएका केही प्रभावशाली व्यक्ति राजनीतिक पहुँचका बलमा कानुनै बनाएर आफू ‘सुरक्षित’ हुन लागिपरेका छन्। विगतमा कर्मचारीतन्त्रले उनीहरूको प्रयासलाई असफल तुल्याउँदै आएपछि सरकारले कानुन संशोधन गरी जग्गा सुरक्षित बनाउ लागेको हो।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - तत्कालीन भूमिसुधारमन्त्री रामकुमार सुब्बाको पालामा मन्त्रिपरिषद्बाट निर्णय गराउने उनीहरूको प्रयासमा मुख्यसचिव र सचिवहरूले असहयोग गरेका थिए। यसपालि भने हदबन्दी छल्दै आएका प्रभावशाली व्यक्तिहरूले सत्तारूढ दलका नेतृत्वलाई प्रभावित तुल्याई प्रतिनिधिसभाबाट ऐन पारित गराउन सफल भएका छन्।

भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई हाल राष्ट्रियसभामा विचाराधीन छ। विधेयकमा उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले आफ्नो स्वामित्वमा रहेको हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टादेखि स्थानान्तरणसम्म गर्न पाउने व्यवस्था छ।

भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले गत फागुन २९ गते पेस गरेको विधेयकमा सट्टापट्टा र हक हस्तान्तरण गर्न नपाउने उल्लेख थियो। विधेयकमा कुनै उद्योग वा कम्पनी विघटन ९लिक्विडेसन० मा गएमा दायित्व फरफारक प्रयोजनका लागि मात्र सट्टापट्टा गर्न पाउने प्रावधान राखिएको थियो। प्रतिनिधिसभाबाट पारित सोही विधेयकमा भने यस्ता प्रावधान छैनन्।

विधेयक प्रमाणीकरण भएमा सबैभन्दा बढी फाइदा झापाको चर्चित गिरी बन्धु टी स्टेटलाई हुनेछ। उसले नै यसअघि मन्त्रिपरिषद्बाट निर्णय गराउन चलखेल गरेको थियो। तर तत्कालीन भूमिसुधार सचिव र मुख्य सचिवका कारण यो प्रयास असफल भएको थियो।

संशोधन गर्न लागिएको कानुनअनुसार हदबन्दीभन्दा बढी र महँगो मूल्यका जग्गा बेचबिखन गरी त्यसको साटो कमसल र कम मूल्य पर्ने जग्गा किनेर देखाउन पाइनेछ। सरकारले तराईमा १० बिघा, उपत्यकामा २५ रोपनी, पहाडमा ७० रोपनी जग्गा हदबन्दी तोकेको छ। यस अतिरिक्त तराईमा १ बिघा, उपत्यकामा ५ रोपनी र पहाडमा ५ रोपनी जग्गा घरघडेरीका लागि प्रयोग पाउने व्यवस्था छ। विभिन्न ‘सूचित आदेश’ मार्फत सरकारले टी स्टेट, जलविद्युत् आयोजना, कृषि फार्म तथा हाउजिङ कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा उपलब्ध गराएको छ। त्यसको उपयोगितासम्बन्धी यथार्थ विवरण भने सरकारसँग छैन।

विधेयकमा छ, ‘राजपत्रमा आदेश जारी गरेर तोकिएको हदबन्दीभित्रको जग्गामा स्थापित कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्था अन्यत्र स्थानान्तरण गर्नुपर्ने वा सट्टापट्टा गर्नुपर्ने उचित र पर्याप्त कारण देखाई दिएको निवेदन मनासिब देखिएमा त्यस्तो कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले भोगचलन गरिरहेको जग्गा सरकारले तोकेको सर्तको अधीनमा रही अर्को ठाउँमा सट्टापट्टा वा स्थानान्तरणका लागि स्वीकृति दिन सक्नेछ।’ चिया बगान, हाउजिङ कम्पनीले ठूलो मात्रामा हदबन्दीभन्दा बढी जग्गा ओगटेर राखेका छन्।

उनीहरूले त्यो जग्गाको समुचित प्रयोग गरेका छैनन्। हदबन्दी छुटमा लिएको जग्गा ‘प्राइम लोकेसन’ मा र मूल्यवान छन्। एउटा प्रयोजनका लागि लिएका जग्गा अर्कै प्रयोजनका लागि उपयोग गरिएको छ। कतिपय जग्गा प्लटिङ गरेर बेचिएको छ भने कतिपय जग्गा बाँझै छन्।

हदबन्दीभन्दा बढी जग्गा बेच्न पटकपटक प्रयास नभएका होइनन्। तत्कालीन भूमिसुधारमन्त्री रामकुमार सुब्बाले हदबन्दीभन्दा बढी जग्गा बेच्न मन्त्रिपरिषद्मा लगेका थिए। तर तत्कालीन मुख्य सचिवका कारण सुब्बाको प्रस्ताव असफल भएको थियो।

लामो समयसम्म भूमि प्रशासनमा बसेका भूमि व्यवस्था तथा अभिलेख विभागका हालै सेवानिवृत्त निर्देशक समरबहादुर सिंहले सट्टपट्टा निम्ति पटक–पटक दबाब आएको बताए। ‘राम्रो बेच्ने अनि नराम्रो ठाउँमा किन्ने भन्ने धेरै प्रयास भयो,’ उनले भने। यसअघि झापाको ज्यामिरगढी टी स्टेट र गिरी बन्धु टी स्टेटले ठूलो चलखेल गरेका थिए। यी चिया बगानले झापाको जग्गा प्लटिङ गरेका छन्।

यसमा राजनीतिक दबाब पनि त्यत्तिकै रहँदै आएको छ। विधेयक प्रमाणीकरण भएमा सार्वजनिक जग्गा नै नरहने अवस्था आउने भूमिसम्बन्धी विज्ञ बताउँछन्। उद्योग प्रतिष्ठानले मात्र होइन सार्वजनिक संस्थानले प्राइम लोसनमा भएका जग्गा बेचेर दुरुपयोग गर्न सक्ने त्यतिकै सम्भावना छ। भूमिअधिकारकर्मी जगत बस्नेतले सट्टापट्टा व्यवस्था भएमा हदबन्दीको कुनै अर्थ नहुने बताए।

‘जग्गा सट्टापट्टा गर्न पाउने हो भने किन चाहियो हदबन्दी रु ’ उनले भने, ‘हदबन्दीसम्बन्धी व्यवस्था खारेज गरिदिए भइगयो नि रु ’ हदबन्दी लागू नगर्ने उद्देश्यले विधेयक आएको उनको तर्क छ। एउटै व्यक्तिले ५÷१० वटा कम्पनी खोल्ने, एउटा कम्पनी फस्टाएको देखाउने अनि अरू सबै घाटामा देखाउने गिरोहले यो विधेयक ल्याएको हो।

भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा सट्टापट्टाको व्यवस्था स्पष्ट थिएन। सांसदहरू भूमाफियासँग प्रभावित भएर यो व्यवस्था थप गरिएको हो। भूमिअधिकारकर्मी बस्नेतले घाटामा गएका कम्पनीको सन्दर्भमा समिति बनाएर, त्यसको प्रतिवेदनअनुसार मात्रै सट्टापट्टा वा बेच्न पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा २०७२ सालमा खोजी गर्दा २ हजार आठ सय ७३ बिघा हदबन्दीभन्दा बढी पाइएको भूमि व्यवस्थापन विभागका पूर्वनिर्देशक सिंहले जानकारी दिए। उनअनुसार २०७२ सालमा भूमि ऐनमा दफा १५ क थपेर हदबन्दीभन्दा बढी जग्गा सरकारको नाममा ल्याउने व्यवस्था गरिएको थियो। यही आधारमा अख्तियारले जग्गा खोजी गरेको हो।

अख्तियारको निर्देशनमा देशभरका भूमिसुधार कार्यालयमार्फत जग्गा खोजी गर्न परिपत्र परियो। त्यस बेला तराईमा २ हजार ९४ बिघा १७ कठ्ठा १८ जग्गा तथा पहाडमा ९ हजार ३७ रोपनी ७ आना १ दाम जग्गा भेटियो। सरकारबाट छुट पाएको हदबन्दीभन्दा बढी जग्गाको सदुपयोग नभएको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी गोपाल गिरी बताउँछन्।

हदबन्दीभन्दा बढी जग्गा जफत हुने
हदबन्दी छुटको हदै दुरुपयोग

पूर्वसचिव बाबुराम आचार्यले चिया बगानको जग्गामा गडबढ गर्नका लागि यो व्यवस्था ल्याउन लागिएको बताए। जफत गर्नुपर्ने जग्गा छुट दिन नहुने उनको भनाइ छ। उनले विधेयक राजनीतिक रुपले पनि प्रचारमुखी रहेको बताए। उनका अनुसार विधेयकमा उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको दायित्व फरफारक गर्ने प्रयोजनका लागि बिक्रीवितरण गर्न बाधा परेको मानिने छैन भन्ने वाक्यांश स्पष्ट छैन।

राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीले हदबन्दीभन्दा बढी जग्गा पूरै छुट लिन नसकिने बताए। उनका अनुसार २०७४ असोजमा सूचना प्रकाशित आदेशमा हदबन्दीभन्दा बढी जग्गाको हकमा ५० प्रतिशतभन्दा बढी बैंकमा राख्न नपाउने व्यवस्था गरिएको थियो। उनले २०७४ को आदेशअनुसार हदबन्दी छुटको जग्गाको पनि व्यवस्था गर्नुपर्ने बताए। उनले गौचरणलाई खुला ठाउँका रूपमा हेरिनुपर्ने प्रस्ताव आफूहरुले राखेको बताए। यो विधेयक प्रतिनिधिसभामा पास भएर राष्ट्रिय सभामा छलफल भइरहेको छ।

हदबन्दी छुटको विगत

२०२१ सालमा भूमिसम्बन्धी ऐन बन्यो जसले भूमि सुधार लगायो। त्यही समयमा जग्गामा हदबन्दीको व्यवस्था गर्‍यो। त्यसमा दुईवटा छुटको व्यवस्था भयो। उद्योग, व्यवसाय, शिक्षण संस्था, सहकारी तथा कृषि फारामलाई छुट लिने व्यवस्था गरियो। तोकिएको सीमाभन्दा बढी जग्गा जफत गर्‍यो तर त्यो जग्गा सरकारका नाममा नराखेर व्यक्तिकै नाम राखियो।

पूर्वनिर्देशक सिंहका अनुसार व्यक्तिकै नाम राखिएको जग्गा टाठाबाठाले लुकाए, लुकाएको जग्गा बिक्रिवितरण र सट्टपट्टा भए। ‘सोझासाझाले सरकारलाई दिए तर टाठाबाठा र पहुँचवालाले लुकाए,’ उनले भने,‘ व्यक्तिकै नाम राख्न दिए सरकार त्यतिबेलै चुक्यो।’ हदबन्दी छुटको जग्गाको सम्बन्धमा पटकपटक विभिन्न आदेशसमेत जारी भएका छन्। पछिल्लो समयमा २०६८ साल र २०७४ सूचित आदेश जारी गरियो। २०६८ सालको आदेशमा भूभिसुधार कार्यालयले छुट दिनसक्ने व्यवस्था गरियो तर २०७४ सालमा आएर अझ खुकुलो परियो। उद्योग, प्रतिष्ठान, कम्पनीको निवेदनको आधार सम्बन्धित विभाग, मन्त्रालयको सिफारिसमा छुट लिन सक्ने व्यवस्था गरियो। उनले २०७४ को आदेशले हदबन्दी छुटसम्बन्धी व्यवस्था अझ खुकुलो बनाइएको बताए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies