Khabar Dabali Logo
  January 17, Fri

वैवाहिक अङ्गीकृत नागरिकता तत्कालै दिने – नदिने भन्नेमा रस्साकस्सी, कसले के भने ?

काठमाडौं । नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई अङ्गीकृत नागरिकता कति समयपछि प्रदान गर्ने भन्ने विषयमा सांसदबीचमा निकै रस्साकस्सी र छलफल भए पनि अझै मतैक्यता हुन सकेको छैन ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसद झपटबहादुर रावलले विवाहकै समयमा एक हातमा सिन्दूर र अर्को हातमा नागरिकताको प्रमाणपत्र दिने व्यवस्थाले मुलुकको सार्वभौम र स्वाधीनता कमजोर हुने भएकाले गम्भीर भएर सोचेर मात्र निष्कर्षमा पुग्न सुझाव दिए । उनले भने, “हाम्रा चेलीले विदेशीसँग विवाह गर्दा तत् देशको नागरिकता प्राप्त गर्न धरै झञ्झट व्यहोर्नुपर्ने, लामो समय पर्खनुपर्ने, अनि हामीले चाहिँ किन विवाहमण्डपमा नै दिने प्रावधान राख्न हतारो भएको हो, नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई कम्तीमा पनि विवाह भएको १० देखि १५ वर्षपछि मात्र नागरिकता दिने व्यवस्था हुनुपर्छ ।

हामीले छिमेकीको हितलाई हेरेर होइन हाम्रा लागि कानून बनाउन लागेको हो भन्ने बुझेर मात्र विचार राख्दा सहमतिमा पुग्न सजिलो हुने बताउँदै सांसद रावलले देश राजनीतिक दलभन्दा ठूलो भएकाले अङ्गीकृत नागरिकता प्राप्त गर्न विवाह गरेको पाँच–सात वर्ष हुनैपर्ने व्यवस्था गर्नुपर्छ भने ।

सांसद बृजेशकुमार गुप्ताले नेपालले लामो समयदेखि अवलम्बन गरेको वैवाहिक अङ्गीकृत नागरिकता प्रदान गर्ने प्रावधानलाई निरन्तरता दिन माग गरे । उनले भने, “खाइपाइ आएको तलब घटाउँदा त स्वीकार नगरेको अवस्थामा नागरिकता जस्तो विषयमा तलमाथि गर्दा आउने सक्ने अप्ठेरोलाई सबैले मनन गर्न आवश्यक छ ।”

समितिका सदस्य रामसहायप्रसाद यादवले नेपालमा वैवाहिक अङ्गीकृत नागरिकता प्रदान गर्ने कुरा नौलो नभई शदियौँदेखिको व्यवस्था भएको हुँदा के त्यस्तो अप्ठेरो प¥यो र त्यसमा संशोधन आवश्यक प¥यो भनी प्रश्न गरे । उनले भने, “राष्ट्र सबैको हो, हाम्रा पुर्खाले पनि नेपालको कानून र संविधान बुझेर निर्णय गरेका हुन्, नेपाली छोरीले भारतीय नागरिकसँग विवाह गरेको भोलिपल्ट नै त्यहाँ सबै सेवासुविधा प्राप्त गर्न सक्छिन्, राज्यबाट प्रदान गरिने सेवासुविधा प्राप्त गर्न कुनै कठिन नहुने गरी रासन कार्ड, आधार कार्ड र मतदाता कार्डको व्यवस्था गरिएको छ ।

सांसद महेश्वरजङ्ग गहतराजले मुलुकको भूराजनीतिक अवस्थाका कारण केही न केही प्रावधान राखेर मात्र वैवाहिक अङ्गीकृत नागरिकता प्रदान गर्ने व्यवस्था गरिनु उपयुक्त हुने मत राखे । सांसद देवेन्द्रराज कँडेलले नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको हुँदा विवाह दर्ता गर्नासाथ नागरिकता प्राप्तिको कुरालाई रोक्न खोजिएमा दुई देशबीचको सम्बन्धमै आउन सक्ने नकारात्मक पक्षलाई हामीले हेक्का गर्न आवश्यक छ भने ।

सांसदद्वय मीना पाण्डे र डिला सङ्ग्रौलाले आफूहरु छोरी, बुहारी र आमा हुनाका नाताले नागरिकता समानताका आधारमा प्रदान गरिनुपर्छ भन्ने मान्यता राख्छौँ भनिन् ।

सांसद प्रेम सुवालले मुलुकको भूराजनीतिक अवस्था, सामाजिक परिवेश र खुला सिमानालाई विश्लेषण गरी अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने हैसियत राख्ने बुहारीले विवाह गरेको १५ वर्षपछि मात्र नागरिकताका लागि निवेदन दिन सक्ने प्रावधान राख्न सुझाव दिए । उनले भने, “बाबु फेला नपरेका बालबालिका र अङ्गीकृत नागरिकता प्राप्त गरेका व्यक्तिका छोराछोरीलाई वंशज नभई अङ्गीकृत नागरिकता मात्र दिनुपर्छ ।”

भदौ २५ गते, २०७६ - १६:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरियामा दुई नेपालीको मृत्यु

काठमाडौं । रोजगारीका लागि आएका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ । दक्षिण कोरिया,...   

ट्रकको ठक्करबाट एक मजदूरीको मृत्यु

हेटौंडा । मकवानपरको हेटौँडा उपहानगरपालिका–३ लेवटमा आज ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटौंडाबाट...   

डेढ वर्षमै ५०६ विरुद्ध १५ अर्बको कर छली मुद्दा

काठमाडौँ । नेपालमा पेप्सी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले नक्कली बिलको कारोवार गर्नेसँग...   

चिनियाँ पर्यटक बस दुर्घटनाः ३३ घाइतेमध्ये दुईजनाको मृत्यु (अपडेट)

भरतपुर । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुईको मृत्यु भएको...   

गायिका आस्था राउतलाई महिला प्रहरीले लेखिन् यस्ताे चिट्ठी !

बैनी,गाह्रो छ- तिमीलाई पनि हामीलाई पनि !तिमीले मलाई ‘डन्ठिनी’ भन्यौ, हेर त, तिमीलाई ‘डंकिनी’ भन्ने...   

भ्रमण वर्षले पर्यटनमा हौसला बढायाे : मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षको विश्वभर...   
यूएई बस दुर्घटना : १ को मृत्यु, घाइते १३ नेपाली महिला उपचाररत (नामसहित)

यूएई बस दुर्घटना : १ को मृत्यु, घाइते १३ नेपाली महिला उपचाररत (नामसहित)

काठमाडौँ । यूएईको आबुधाबीमा भएको मिनी बस दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारीको मृत्यु भएको छ ।...   

सिनेटमा पनि ट्रम्पविरुद्धको महाअभियोगको प्रक्रिया सुरु

वासिङटन । अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोगको प्रक्रिया...   

सुदूरपश्चिममा चौथो पटक हिमपात

बाजुरा । बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्लामा चौथो...   

चिनियाँ पर्यटक गाडी दुर्घटना, ३३ जना घाइते

भरतपुर । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top