Khabar Dabali Logo
  September 20, Fri

शून्य समयमा डेङ्गुदेखि बाघ आतङ्कसम्म

काठमाडौ । इन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, डेङ्गु रोग, शिक्षा क्षेत्रमा देखिएको व्यथिति, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोर्खामा भएको बाघभालु आतङ्कको विषयले सदनमा प्रवेश पाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद विनाकुमारी श्रेष्ठले काठमाडौ उपत्यकामा मनाइने महत्वपूर्ण जात्रा इन्द्रजात्रा सञ्चालनका लागि सरकारले पाँच करोडको अक्षयकोष स्थापना गरेको जानकारी गराउँदै त्यसका लागि सरकारलाई बधाई ज्ञापन गरे ।

सांसद सुजिता शाक्यले पशुपतिको भेटी चुहावट भएर विदेश पुगेको कुरा सुनिन आएको हुँदा भेटीको पारदर्शिता कायम गर्न र हुन सक्ने चुहावट रोक्न निगरानी गर्न पशुपतिमा स्क्यानिङ मेशिनको व्यवस्था गर्न माग गरे ।

सांसद विनादेवी बुढाथोकीले निकै छिटो गतिमा डेङ्गु रोग फैलिएकामा जनता निकै आत्तिएका हुँदा यसको प्रभावकारी नियन्त्रणका लागि सरकारबाट ठोस कदम चालियोस् भनिन्।

सांसद सुजाता परियारले मुलुकमा अहिले धेरै ठाउँमा डेङ्गु फैलिएको हुँदा सहजरुपमा परीक्षण र उपचार सबै ठाँउमा गर्ने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइन् ।

सांसद लालकाजी गुरुङले सङ्घीय संसद्का सबै सांसदको भूमिका र जिम्मेवारी एकै भए पनि प्रत्यक्ष निर्वाचित सांसदलाई सरकारले रु छ करोड उपलब्ध गराए पनि समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका सांसदलाई निम्छरा सम्झेर होला छ पैसा पनि रकम नछुट्याइएको भनी गुनासो गरे ।

सांसद विमला विश्वकर्माले रसुवाको केरुङ नाकामा केही दिनअघि प्रहरीको कुटाइबाट चालक आशिष तामाङ गम्भीर घाइते भएको हुनाले त्यस्तो ज्यादती गर्ने सुरक्षाकर्मीमाथि हदैसम्मको कारवाही गर्न माग गरे ।

सांसद शान्तिमाया तामाङले अत्यावश्यक दैनिक खाद्य पदार्थमा दशैँ र तिहारका बेला हुने मूल्यवृद्धि रोक्न सुपथ मूल्यका पसल देशभर नै सञ्चालन गरेको र पेट्रोलको मूल्य घटाउने काम भएकामा सरकारको प्रशंसा गर्दै अब यातायातलाई सहज तुल्याउने र समयमा पूर्वाधारको काम सम्पन्न गर्नेतर्फ सबैको ध्यान जानुपर्छ भनिन् ।

सांसद सत्यनारायण शर्मा खनालले मुलुकको सरकारी विद्यालयबाट प्रदान गरिने शिक्षाको अवस्था भद्रगोल रहेको हुँदा शिक्षकलाई तालीम दिएर सुधार्नेतर्फ सरकारले गम्भीरतापूर्वक सोच्न आवश्यक छ भने ।

सांसद सत्य पहाडीले विश्वकै अग्लो मानव बस्तीका रुपमा रहेको डोल्पाको डोल्पोमा भइरहेको महोत्सवको सफलताको कामना गर्दै शान्ति सम्झौताको मर्म र भावनाअनुसार मुलुकमा सङ्क्रमणकाल अन्त्य भएको सन्देश दिने काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिए ।

सांसद सरलाकुमारी यादवले पाँच वर्षदेखि दशैँमा काठमाडौँवासीलाई मेलम्चीको पानी खान पाउने भनी आश देखाए पनि अहिले आएर आयोजना अनिश्चित रहेको खबर सुन्नुपर्दा नरमाइलो लागेको भनी गुनासो गरिन् ।

सांसद सरवत आरा खानमले विद्यालय हिँडेकी छात्रामाथि भएको एसिड प्रहार र राष्ट्रिय जनावर गौहत्याका घटनाले सारा नेपालीको मनमा चोट परेको बताए ।

सांसद सञ्जयकुमार गौतमले नेपाल र भारतबीच लामो समयदेखि गुलरिया नाका सञ्चालन गर्ने भनी सहमति भए पनि आजसम्म किन सञ्चालन हुन सकेन भनी प्रश्न गरे ।

सांसद हरिलाल अधिकारीले गोर्खामा बाघ भालुको आक्रमणबाट धेरै सर्वसाधारण घाइते भएकाले त्यसलाई नियन्त्रण गर्ने उपायको खोजी गर्न माग गर्दै सामाजिक सञ्जालको दुरुपयोग रोक्नेतर्फ पनि सरकारको ध्यान पुगोस् भने ।
सांसद ज्ञानकुमारी छन्त्यालले ८०० मेगावाट क्षमताको उत्तर गङ्गा विद्युत् आयोजना छिटो निर्माण सञ्चालनमा सरकारलाई सुझाव दिइन् ।

भदौ २५ गते, २०७६ - १५:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आप्mनै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान...   

जनताको अवस्था बदल्न चुनौती – मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शासन व्यवस्था बदलिए पनि जनताको आर्थिक अवस्था...   

संविधानलाई सबैको अपनत्व हुने गरी संशोधन गर्नु जरूरी छ – मुख्यमन्त्री राउत

जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानमा सबैले अपनत्व बोध हुने गरी संशोधन गर्नु...   
मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेल

मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेल

काठमाडाैं ।सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका...   

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

धादिङ । सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला...   
संवैधानिक कर्मबाट संविधानको पालना गरौँ

संवैधानिक कर्मबाट संविधानको पालना गरौँ

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले संवैधानिक सोच, आचरण र कर्मका माध्यमबाट संविधान...   

मैत्रीपूर्ण भलिबलको उपाधि कर्मचारी टोलीलाई

चिप्लेढुङ्गा । संविधान दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपूर्ण भलिबलको...   
परिवार योजनामा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको जानकारी

परिवार योजनामा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको जानकारी

काठमाडौ । परिवार नियोजनका सेवा, यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा क्रियाशील नेपाल परिवार...   

शेयरबजारमा थप दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै

काठमाडौ । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना...   

प्रहरी नायब निरीक्षक घुससहित नियन्त्रणमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top