Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यी हुन् करोडौंको सम्पत्ति भएका बलिउडका १० नायिका, जान्नुहोस् कसको सम्पत्ति कति ?

काठमाडौं । फिल्ममा अभिनय गरेर सबै अभिनेत्रीहरु सफल हुँदैनन् । सफल भएपनि केही समय हुन्छन् र फेरि हराउँछन् । फिल्म क्षेत्रमा नयाँ–नयाँ कलाकारको उपस्थिति भइरहन्छ । तर, निरन्तर काम, दाम नाम कमाउने कमै नायिकाहरु छन्।

दाम कमाउनेहरु पनि कमै हुन्छन् । अनि कमै त्यस्ता नायिकाहरु जो करोडौंको सम्पत्तिका मालिक पनि बनेका छन् । बलिउड क्षेत्रमा रहेका केहि नायिका जो करोडौंका धनि पनि छन् । आज हामी तिनै करोडौंको सम्पत्तिको मालिक बनेका त्यस्ता १० नायिकाको चर्चा गर्न गइरहेका छौं जो बलिउडकै धनी १० अभिनेत्रीमा पर्छन् ।

दीपीका पादुकोण

\"deepika

३४ वर्षीया दीपीका पादुकोण १० अभिनेत्रीमा सबैभन्दा बढी पैसा कमाउने नायिकामा पर्छिन् । उनी ४५ मिलियन डलरकी मालिक हुन् । २००७ मा ओम शान्ति ओमबाट भारतीय सिनेमा जगतमा छिरेकी यी अभियनेत्रीलाई सफलताले कहिल्यै छोडेन । उनको पछिल्लो फिल्म पद्मावत हो । उक्त फिल्मका लागि उनले १३ करोड भारु लिएकी थिइन् । उनले २००७ देखि अहिलेसम्म झण्डै २७ फिल्ममा अभिनय गरिसकेकी छन् ।

प्रियंका चोपडा

\"priyanka

प्रियंका चोपडा ४० मिलियन डलरकी मालिक्नी हुन् । संसारभरी चर्चित रहेकी प्रियकाले पप गायक निक जोनशसँग विहे गरेकी छन् । ३७ वर्षीया यी नायिका मिस वल्र्ड २००० की विजेता पनि हुन् ।

माधुरी दिक्षित

\"madhuri

माधुरी दिक्षीत १० अभिनेत्रीमा सबैभन्दा बढी कमाउनेमा तेश्रो नम्बरमा पर्छिन् । ३५ मिलियनकी मालिक्नी उनी भारतीय महिलामा सबैभन्दा सुन्दर नायिकामा पर्छिन् । ५२ वर्षीया यी नायिका अहिले पनि त्यति नै सुन्दर देखिन्छन् । माधुरी दिक्षीतलाई हिन्दी फिल्म क्षेत्रकी सबैभन्दा सफल अभिनेत्री पनि मानिन्छ । उनले आफ्नो फिल्मी कैरियर १९८४ मा ‘अबोध’ फिल्मबाट अभिनयको सुरुवात गरेकी थिइन् ।

ऐश्वर्या राय

\"सम्बन्धित

ऐश्वर्या राय तमिल फिल्म क्षेत्रबाट आएकी नायिका ऐश्वर्या रायको पहिलो हिन्दी फिल्म ‘और प्यार हो गया’ रहेको छ । १९९४ मा मिस वल्र्डको ताज पहिरिएकी यी नायिका ३५ मिलियन डलरको मालिक्नी हुन् । भारतका सबैभन्दा लोकप्रिय अभिनेताको नाम कमाएका अमिताभ बच्चनका छोरा नायक अभिशेक बच्चनसँग विवाह गरेकी ऐश्वर्याको एक छोरी पनि छन् ।

प्रिति जिन्टा

\"preity

प्रिति जिन्टा ३० मिलियन डलरकी मालिक्नी हुन् । तेलगु, अंग्रेजी तथा हिन्दी फिल्ममा अभिनय गरेकी प्रितिजिन्टाको पहिलो फिल्म १९९८ मा बनेको ‘दिलसे’ रहेको छ । ४४ वर्षीया यी नायिकाले बिबिसी अनलाईनमा धेरै लेख लेखेकी छन् । उनी क्रिकेट टिम किंग्स हष् पंजावकी मालिक पनि हुन् । उनी अहिले चलचित्र क्षेत्रमा खेलेकी छैनन् ।

विद्या वालन

\"biddhya

विद्या वालन २५ मिलियन डलरकी मालिक हुन् । ४० वर्षीया यी नायिकाले बंगाली फिल्मबाट फिल्म क्षेत्रमा कदम राखेकी हुन् । हिन्दी सिनेक्षेत्रमा उनको पहिलो फिल्म ‘परिणीता’ हो ।

अनुष्का शर्मा

\"सम्बन्धित

अनुष्का शर्माको सम्पत्ति २५ मिलियिन डलर रहेको छ । मोडलिङबाट आफ्नो कैरियर सुरु गरेकी अनुष्काले २००८ देखि हिन्दी फिल्म क्षेत्रमा आफ्नो कदम राखेकी हुन् । उनको पहिलो फिल्म ‘रब ने बनादी जोडी’ रहेको थियो । उनले २०१७ मा चर्चित क्रिकेट खेलाडी विराट कोहलीसँग विवाह गरेकी छन् ।

अमृता राव

\"amrita

अमृता राव २०।५ मिलियन डलरकी मालिक हुन् । उनी १० धनी अभिनेत्रीमा ८ औं नम्बरमा पर्छिन् । मोडलिङबाट आफ्नो कैरियर सुरु गरेकी उनको पहिलो फिल्म ‘अबके वरस’ रहेको छ । उनको ‘वेलकम टु सज्जनपुर’ लगायतका फिल्म चर्चित रहेका थिए । ३८ वर्षीया यी नायिका दुई दर्जन बढी फिल्ममा अभिनेत्रीको भूमिका निर्वाह गरेकी छन् ।

काजोल देवगन

\"सम्बन्धित

काजोल पनि भारतीय १० अभिनेत्रीमा धेरै कमाउनेमा नवौं नम्बरमा पर्छिन् । उनी १६ मिलियन डलरकी मालिक हुन् । ४५ वर्षीया काजोलले ‘बेखुदी’ नामक हिन्दी फिल्मबाट आफ्नो कैरियर सुरु गरेकी थिइन् । त्यसपछि उनले अभिनय गरेका बाजिगर, दिलवाले दुल्हनिया लेजाएंगे लगायतका फिल्म हिट रहे । उनले २० वर्ष अघि नायक अजय देवगन संग विवाह गरेकी थिइन् ।

सोनाम कपुर

\"swonam

सबैभन्दा बढी कमाउने १० औं नम्बरमा सोनाम कपुर पर्छिन् । उनी १५ मिलियन डलरकी मालिक हुन् । ३४ वर्षीया यी नायिकाको पहिलो फिल्म ‘सावरिया’ रहेको थियो । उनले प्रेम रतन धन पायो, प्याडम्यान लगायतका फिल्ममा अक्षय कुमार तथा सल्मानखान जस्ता बलिउडका चर्चित नायकसँग मुख्य भूमिकामा खेलेकी छन् । उनको सबैभन्दा राम्रो भूमिका ‘निरजा’ मा रहेको बताइन्छ । उनी नायक अनिल कपुरकी छोरी हुन् । एजेन्सीको सहयोगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies