Khabar Dabali Logo
  September 20, Fri

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषदमा हेरफेर, विदेश र रक्षामन्त्रीमा नयाँ नियुक्त

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार मन्त्रिपरिषद हेरफेर गरेका छन् ।

उनले नयाँ विदेश र रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई नियुक्त गरेका छन् । लोकप्रिय र उदाउँदो राजनीतिक व्यक्तित्वलाई बढुवा दिएको विज्ञहरुले निष्कर्ष निकालेका छन् ।

पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा ३८ वर्षीय शिन्जिरो कोइजुमीलाई वातावरण मन्त्रीको रुपमा नियुक्त गरिएको छ ।

शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री छन् । उनी राजनीतिको वरिष्ठता क्रममा र अन्य थुप्रै क्षेत्रमा ख्यातिप्राप्त व्यक्ति छन् ।

आगामी नोभेम्बरसम्ममा आबे जापानको सबैभन्दा लामो समयसम्म सेवा पु¥याउने प्रधानमन्त्री बन्नेछन् । तर उनले २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टी ९एलडीपी० नेतृत्वको चुनावमा पद छाड्ने अपेक्षा गरिएको छ ।

यसैगरी, जापानको नयाँ विदेशमन्त्रीमा तोशिमिट्सु मोटेगी नियुक्त हुनु भएको छ । उनलाई संयुक्तराज्य अमेरिकासँगको व्यापार सम्झौतामा गरेको कामको इनामका रुपमा पदोन्नति गरेको बताइएको छ ।

निवर्तमान विदेशमन्त्री तारो कोनोलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । दक्षिण कोरियासँगको सम्बन्धमा आएको तिक्तताबीच उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिनुले जापानको कोरियाप्रतिको नीतिमा कुनै परिवर्तन नआउने संकेत गरेको छ ।

कोनो सामाजिक सञ्जालमा आमजनतासँग जोडिन रुचाउने व्यक्तिमा गनिन्छन् । विदेशमन्त्री ६३ वर्षीय मोटेगी राजनीति र कुटनीतिमा निकै अनुभवी मानिनु हुन्छ । एएफपी

भदौ २५ गते, २०७६ - १४:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीन र कोरियाद्वारा संविधान दिवसको शुभकामना

काठमाडौं । संविधान दिवसका अवसरमा चीन र गणतन्त्र कोरियाका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा...   

देशभरका १३ विमानस्थल मात्रै नाफामा, यी हन् बेफाइदामा भएका विमानस्थलहरू

काठमाडौं । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी...   
ड्रोन आक्रमणमा परि १८ सर्वसाधारणको मृत्यु

ड्रोन आक्रमणमा परि १८ सर्वसाधारणको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर...   

कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्ने आएकाे छ – वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने...   

फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार

गोरखा । धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । मनास्लु पदमार्ग हँुदै...   

वासिङ्टन डिसीमा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

वासिङ्टन । उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ । यस घटना...   

भारत सरकारका आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको यस्तो कटाक्ष

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले भारतको आर्थिक मन्दीलाई यथोचित...   
पूर्वसांसद दाहालको निधन

पूर्वसांसद दाहालको निधन

काठमाडौं। पूर्वसांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा आज निधन भएको छ । विसं २०५१ को मध्यावधि निर्वाचनमा...   

युवती भनेर ७० वर्षीया वृद्धालाई ४० वर्षीय रोहितद्वारा बलात्कार

राजविराज । सप्तरीमा युवती भनेर ७० वर्षीया वृद्धालाई बलात्कार गर्ने एकजना पक्राउ परेका छन् । सप्तरीको...   
संविधान परिमार्जन गर्न सकिन्छ – प्रधानमन्त्री ओली

संविधान परिमार्जन गर्न सकिन्छ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top