Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पीडित महिला र बालिकाका लागि एबिसी नेपाल

विराटनगर । हिंसामा परेका महिला तथा बालिकालाई स्थानीय सामाजिक संस्था एबिसी नेपालले हेरचाह गर्दै आएको छ । उक्त संस्थामा घरेलु हिंसामा परेकालाई मात्र सहयोग एवं संरक्षण गर्ने गरिएको संस्थाका अध्यक्ष विष्णु शर्मा पन्तले बताए । उनले घरेलु हिंसामा परेका महिला, मानव बेचविखन, बलात्कार÷करणी, वैदेशिक रोजगार, बहुविवाह, यौन शोषण, यौन दुव्र्यहार, प्रेम विवाह, कुटपिट र हराएका बालिका तथा महिलाका समस्यामा सहयोग गर्दै आएको जानकारी दिए ।

उक्त संस्थामा अहिले छ बालिका बस्दै आएका र उनीहरुलाई अहिले संस्थाले नै शिक्षा दिने काम गरेको छ । दैनिक तीनदेखि चार जनासम्म घरेलु हिंसामा परेका महिला सहयोग माग्न आउने गरेको छन् । काममा धेरै समस्या र चुनैतीको पनि सामना गर्नुपर्ने अनुभव अध्यक्ष पन्तको छ ।सरकारी सहयोगबिना नै यो संस्थाले विभिन्न सङ्घसंस्थाबाट सहयोग जुटाएर पीडितलाई संरक्षण र सहयोग गर्नाका साथै संरक्षणमा रहेका पीडित ९० महिलालाई सिलाइकटाइ र सौन्दर्यको तालीम दिँदै आएको छ । यसबाट उनीहरूले जीवन निर्वाह गर्न सक्ने बताइएको छ । तालीमबाट धेरै महिला आत्मर्निभर भई स्वरोजगारसमेत भइरहेका छन् ।

राज्यले पनि महिला सशक्तीकरण र निःशुल्क उच्च शिक्षा तथा रोजगारीजस्ता विषयमा ध्यान दिनुपर्ने, हरेक क्षेत्रमा महिलालाई अवसर दिनुपर्ने अध्यक्ष पन्तको प्रतिक्रिया थियो । अज्ञानता, अशिक्षा र रोजगारीको अभावमा हुने यस्ता घटनालाई निर्मूल पार्न राज्यले ठोस नीति बनाउनुपर्नेमा जोड दिँदै उनले अझै महिला शिक्षा, स्वास्थ्य, रोजगार र अवसरबाट वञ्चित भएकाले नै यस्तो समस्या भोग्नु परेको बताए ।गत आार्थिक वर्षमा उक्त संस्थाले सीमानाकाबाट ५९ महिलालाई उद्धार गरेको र हराएको निवेदनमा पाँच जनाको उद्धार गरेको थियो । सीमानाकाबाट उद्धार गरिएका महिला तथा बालिका १८ वर्षभन्दा माथिका ४४ र १८ भन्दा तलका १५ थिए ।

संस्थाको संरक्षणमा रहेकी विराटनगरकै ममता शाहले आफूले निःशुल्कमा सिलाई सिक्न पाएकोमा खुशी व्यक्त गरे । आफूले पहिले नै सिलाइ सिक्ने योजना बनाएको तर पैसाको अभावले गर्दा सिक्न नपाएको भन्दै उनले अहिले सिक्ने अवसर पाएकोमा संस्थालाई धन्यवाद दिइन् । यस्तै अर्की महिला सुनिता चौधरीले आफूले सिलाइ सिकेपश्चात् अरुलाई पनि सिकाउने र एउटा सिलाइकटाइको टेलर खोल्ने जानकारी दिइन्।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies