Khabar Dabali Logo
  September 20, Fri

महिला कन्डक्टर सहित नगर बस सञ्चालनमा

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले खरीद गरेको नगर बस अबका केही दिनमै सडकमा गुड्ने भएका छन् । यसका लागि बाँकेका विभिन्न ‘रुट’मा सञ्चालन गर्ने गरी कार्यविधि बनाइएको छ ।

स्थानीय तह आफैँले बस सञ्चालन गर्न लागेको सम्भवत यो नयाँ हो । त्यसमा पनि अझ सञ्चालनमा आउन लागेको बसमा परिचालक ‘कन्डक्टर’ महिला हुने छन् । काठमाडौँका चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिने भए पनि मोफसलमा सम्भवत नेपालगञ्ज उपमहानगरपालिकाले पहिलोपटक यो काम शुरु गर्न लागेको हो ।

नगरप्रमुख डा धवलशमशेर राणाले भन्नुभयो, “हाम्रा दिदी बहिनी कहाँ कम छन् र रु जस्तोसुकै काम पनि गर्न सक्नुहुन्छ भन्ने देखाउनका लागि यो काम शुरु गर्दैछौँ ।” महिला सशक्तीकरणका उक्त काम उदाहरणीय हुने प्रमुख डा राणाको बुझाइ छ । महिलाले घरको चुलो चौकाको काम सीमित हुनुपर्छ भन्ने कही नलेखेको उनले बताए ।

उपमहानगरपालिकाले सातवटा नगरबस खरीद गरेको छ । ती बसमा परिचालक मात्र होइन, चालक नै महिला राख्ने योजना बनाएको उपमहानगरपालिकाले त्यसका लागि २५ जना महिलालाई निःशुल्क तालीमसमेत दिएको छ तर अझै तयार बनाउनसमेत लाग्ने भएकाले तत्काललाई परिचालक मात्र राख्न लागिएको हो ।

प्रमुख राणाले भने, “अहिले परिचालक नै पछि गएर चालक बन्न सक्छन् । उनीहरु परफेक्ट भए पछि विस्तारै चालक, परिचालक नै महिला राख्ने हो ।” उपमहानगरपालिकाले परिचालकका लागि आवेदन माग गरी अन्तर्वार्ताका लागि तयारी गरिरहेको छ । मधेशी, मुस्लिम, जनजाति महिलालाई प्राथमिकतामा राखेको उनले बताए ।

“कुनै बेला आफ्नो गाडीको चालकका रुपमा महिला राखेका थिए । त्यसबेला महिलाले गाडी चलाएको देख्दा अनौठो मानिन्थ्यो”, प्रमुख डा राणाले भने, “अहिले ती बहिनी एउटा अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा चालक छन् ।” महिलालाई अवसर दिने हो भनेजस्तो पनि काम गर्न सक्ने उनले बताए ।

उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले नगर बस सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा गरिसकेको जानकारी दिए । उनले भने, “कार्यविधि तयार भइसकेको छ । बसका टिकट छपाइ पनि सकिएको छ । महिला कण्डक्टर नियुक्तिका लागि लिइएको परीक्षाको नजिता पनि केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको छ । नतिजा आएपछि बस सञ्चालनमा आउँछन् ।”

सूचना अधिकारी पौडेलका अनुसार असोज पहिलो साताभित्रै नगर बस सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ ।

भदौ २५ गते, २०७६ - १३:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आप्mनै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान...   

जनताको अवस्था बदल्न चुनौती – मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शासन व्यवस्था बदलिए पनि जनताको आर्थिक अवस्था...   

संविधानलाई सबैको अपनत्व हुने गरी संशोधन गर्नु जरूरी छ – मुख्यमन्त्री राउत

जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानमा सबैले अपनत्व बोध हुने गरी संशोधन गर्नु...   
मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेल

मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेल

काठमाडाैं ।सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका...   

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

धादिङ । सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला...   
संवैधानिक कर्मबाट संविधानको पालना गरौँ

संवैधानिक कर्मबाट संविधानको पालना गरौँ

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले संवैधानिक सोच, आचरण र कर्मका माध्यमबाट संविधान...   

मैत्रीपूर्ण भलिबलको उपाधि कर्मचारी टोलीलाई

चिप्लेढुङ्गा । संविधान दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपूर्ण भलिबलको...   
परिवार योजनामा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको जानकारी

परिवार योजनामा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको जानकारी

काठमाडौ । परिवार नियोजनका सेवा, यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा क्रियाशील नेपाल परिवार...   

शेयरबजारमा थप दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै

काठमाडौ । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना...   

प्रहरी नायब निरीक्षक घुससहित नियन्त्रणमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top