Khabar Dabali Logo
  January 20, Mon

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टन बर्खास्त

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई मङ्गलबार पदबाट बर्खास्त गरेका छन् । अमेरिकाको प्रत्यक्ष संलग्नता रहेका अफगानिस्तान, उत्तर कोरिया र अरु सङ्कटग्रस्त स्थानका समस्या सुल्झाउन बोल्टन बाधक बन्दै गएको ह्वाइट हाउसको ठम्याई छ ।

बोल्टनका नीतिसँग आफू असहमत रहेको भनाई राख्दै राष्ट्रपति ट्रम्पले ट्वीटमा भनेका छन्, “मैले जोनलाई राजिनामा दिन भनेको थिएँ, उनले आजै बिहान राजिनामा बुझाए।”

तीन वर्षको अवधिमै राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा तेस्रो फेरबदल गरेको हो । राष्ट्रपति ट्रम्पले अर्को साता नयाँ सल्लाहकार नियुक्त गरिने जानकारी दिएका छन् ।

पदबाट बर्खास्त हुनुअघि सल्लाहकार बोल्टनले अर्कै प्रसङ्गमा ह्वाइट हाउसमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम थियो । राष्ट्रपतिबाट पदच्यूत भएपछि उनले आफूलाई ट्रम्पले बर्खास्त नगरेको बरु आफैंले राजिनामा दिएको दाबी गरेका छन्।

बोल्टनलाई अमेरिकी राजनीतिक मामिलामा सधैं विवादास्पद व्यक्ति मानिन्छ । इराकमा आक्रमणका मुख्य योजनाकार मानिने बोल्टनलाई अमेरिकी विदेश मामिला परिचालनमा निकै कठोर व्यक्तिका रुपमा लिइन्छ । पछिल्ला दिनहरुमा ह्वाइट हाउसले इरान, उत्तर कोरिया, भेनेजुएला समेतका मामिलामा लिएको कडा रबैयाका मुख्य सुत्रधार बोल्टन रहेको विश्वास गरिन्छ ।

लामालामा जुँगा पाल्न रुचाउने बोल्टनले यसअघि संयुक्तराष्ट्र संघका लागि अमेरिकी राजदूतको भूमिका समेत निर्वाह गरेका थिए । उनले अफगानिस्तानका विद्रोही शक्ति तालिबान र उत्तर कोरियाली नेता किम जोङ अनसँग भइरहेका वार्तामा कुनै समर्थन गरेका थिएनन्।

अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ट्रम्पले तालिबान नेताहरुलाई गत साता क्याम्प डेभिडमा आमन्त्रण गरेपनि अन्तिम क्षणमा रद्द गरेपछि दुबै नेताबीचको असमझदारी चुलीमा पुगेको थियो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बोल्टनको बहिर्गमनको अर्थ अमेरिकाको रणनीति पूरै परिवर्तन भएको ठान्न नहुने बताएका छन् । उनले संवाददाताहरुसँग वासिङ्टनमा भने, “हामीबीचको कोही सदस्य बाहिरिनासाथ अमेरिकी नीतिमा परिवर्तन हुँदैन, र त्यसमा सत्यता छैन ।”

राष्ट्रसंघको महासभामा भाग लिने इरानी राष्ट्रपति हसन रौहानीसँग यसपटक राष्ट्रपति ट्रम्पको भेटघाट होला त भनी सोधिएको एक प्रश्नमा विदेशमन्त्री पोम्पेओले भने, “अवश्य हुनेछ ।”

अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले राष्ट्रपति ट्रम्प र उनका वरिष्ट सल्लाहकारहरु इरानमाथिका प्रतिबन्धका विषयमा एकमत रहेको बताए । एएफपी

भदौ २५ गते, २०७६ - १३:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आक्रमणमा एकै परिवारका चार सदस्यको मृत्यु

काबुल । अफगानिस्तानको राजाधानी काबुलमा रहेको एक घरमा आइतबार अज्ञात सशस्त्र हतियारधारी एक समूह प्रवेश...   

अबको संसद बैठक महन्थ ठाकुरले संचालन गर्ने

काठमाडौँ । उसपभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन् ।अपरान्ह ४ बजेका लागि पुनः बोलाइएको...   
६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘च्याप्टर सम्मेलन’, एक दर्जन पुस्तक विमोचित

६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘च्याप्टर सम्मेलन’, एक दर्जन पुस्तक विमोचित

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को तेस्रो च्याप्टर सम्मेलनले संसारभरि छरिएका...   
नेकपाले जारी गर्याे ११ बुँदे आचारसंहिता : कसैलाई तँ नभन्नु, जन्मदिन र पासनी घरभित्रै गर्नू !

नेकपाले जारी गर्याे ११ बुँदे आचारसंहिता : कसैलाई तँ नभन्नु, जन्मदिन र पासनी घरभित्रै गर्नू !

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो संगठन विभागलाई थप चुस्त र दुरुस्त बनाउन...   

प्रधानमन्त्री तर्फबाट पेश गरेको विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ पारित...   

अमेरिकामा गोली चल्यो, दुई जनाको मृत्यु

ह्यूस्टन । अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राती भएको एक गोलीकाण्डमा दुई व्यक्ति...   
राजीनामा दिदै शिवमायाले भनिन्, ‘कसैले पनि आफ्ना जराहरु बिर्सनुहुँदैन’ (पत्रसहित)

राजीनामा दिदै शिवमायाले भनिन्, ‘कसैले पनि आफ्ना जराहरु बिर्सनुहुँदैन’ (पत्रसहित)

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संवैधानिक ओहदामा रहँदा दलको निर्देशनमा होइन संवैधानिक...   

सभामुखको निर्वाचन माघ १२ गते हुने

काठमाडौँ । रिक्त प्रतिनिधिसभाको सभामुख चयनको लागि हुने निर्वाचन आगामी माघ १२ गते हुने भएको छ । कार्यव्यवस्था...   

उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा, अर्काे बैठक चार बजे

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी छन् । साढे १ बजे सुरु भएको बैठकको अध्यक्षता...   
बाह्रबिसेमा लगाइएको निषेधाज्ञा स्थगित

बाह्रबिसेमा लगाइएको निषेधाज्ञा स्थगित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top