Khabar Dabali Logo
  January 20, Mon

कञ्चनपुरमा हात्तीको बथानले गर्यो उखुबाली नष्ट

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीमा जङ्गली हात्तीको बथानले उखु बालीमा नोक्सान गरेको छ । गए राति भारतको दुधुवा नेशनलपार्कबाट आएको हात्तीको बथानले गाउँपालिका अध्यक्ष मदसेन वडायकको सहित आधा दर्जन बढी किसानको उखु बालीमा नोक्सानी गरेको हो ।

तीसदेखि ३५ को सङ्ख्यामा रहेका हात्तीले खाएर र खुट्टाले कुल्चेर उखु बालीमा नोक्सानी गरेको गाउँपालिका अध्यक्ष वडायकले बताए । “रातभरि हात्तीको बथान उखु बारीमै बस्यो”, उनले भने, “मुस्किलले भगाउन सक्यौँ ।” हात्तीको बथान नजिकैको लालझाडी संरक्षित वनतर्फ गएकाले अझै बस्तीमा छिरेर आतंक मच्चाउने चिन्ता रहेको उनले बताए ।

हात्तीबाट उखु तथा अन्य बाली जोगाउन स्थानीय बासिन्दा रातभर जाग्रामसमेत बस्न थालेका छन् । प्रत्येक वर्ष धान, मकै र उखु बाली पाक्नै थालेका बेला हात्तीले नेपाली बस्तीमा छिरेर नोक्सानी गर्दै आएका छन् । केही दिनअघि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छिरेको अर्को हात्तीको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानले लगाएको धान बालीमा नोक्सानी गर्दै आएको छ ।

भदौ २५ गते, २०७६ - ११:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्सेमा साढे २६ अङ्कको गिरावट

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झण्डै साढे २६ अङ्कले ओरालो लागेको...   
कामदार भागेपछि लोकमार्गको निर्माण ठप्प

कामदार भागेपछि लोकमार्गको निर्माण ठप्प

गलकोट । राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे सडकको...   

राष्ट्रियसभा बैठक : रुग्ण उद्योग कहिले सञ्चालनमा आउँछन् ?

काठमाडौ । मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिइएको उद्योग क्षेत्रको विकासमा उल्लेख्य...   

जबर्जस्ती करणीको आरोपमा अहेवमाथि मुद्दा चलाइयो

नवलपुर । चालीस वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य...   
चोरिएको मूर्ति तीन वर्षपछि फेला, बाजागाजासहित मन्दिरमा ल्याउने तयारी

चोरिएको मूर्ति तीन वर्षपछि फेला, बाजागाजासहित मन्दिरमा ल्याउने तयारी

सिञ्जा । प्रसिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्य मूर्ति तीन वर्षपछि फेला परेको छ । मन्दिरबाट चोरिएको...   

पर्वतमा प्लास्टिकको चामल भेटिएपछि विक्री वितरणमा रोक

पर्वत । पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको...   

सुन्तला बिक्रीबाटै २५ लाख आम्दानी

वालिङ । यहाँका पुराना सुन्तला व्यवसायी फणिनारायण अर्यालले यसवर्ष सुन्तला बिक्री गरेर रु २५ लाख आम्दानी...   

बाँकेमा दिनहुँ बढ्दै आपराधिक घटना

बाँके । केही वर्षयता बाँकेमा आपराधिक घट्ना बढ्दै गएका छन् ।पछिल्लो पाँच वर्षयता आपराधिक घटनामा...   

वर्षाले १७ करोड भन्दा बढीको इँटा नष्ट

वीरगञ्ज । लगातार दुई दिन परेको वर्षले रौतहटका ६१ वटा इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ...   

कलङ्कीबाट नक्कली नोटसहित दुई जना पक्राउ

काठमाडौ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको नेपाल प्रहरीको एक टोलीले नक्कली नोटसहित दुईजनालाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top