Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

हामी कोही पनि एमाले छैनौं, कोही पनि माओवादी छैनौं: पम्फा भुसाल

काठमाडौं। पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य पम्फा भुसालले एकीकृत नेकपाभित्र कोही पनि एमाले वा माओवादी नभएको बताएकी छिन्। नेकपाको पेशागत संगठनको इञ्चार्जको जिम्मेवारी पाएपछि नेपाल राष्ट्रिय कर्मचारी महासंघले इञ्चार्ज भुसाल र सहइञ्चार्ज विश्वनाथ प्याकुरेललाई स्वागत कार्यक्रम आयोजना गरेको थियो। स्वागत कार्यक्रममा बोल्दै नेतृ भुसालले पार्टी एकताको काम अघि बढिरहेकाले अब नेकपाभित्र पूर्वसमूहका आधारमा प्रस्तुत नहुन र सबैलाई समान व्यवहार गर्न आग्रह गरिन्। नेतृ भुसालले भनिन्, ‘हामी एकीकृत भइसकेका छौं । हामी कोही पनि एमाले छैनौं, कोही पनि माओवादी छैनौं। तपाईहरु पनि कसैलाई पनि पूर्वसमूहका आँखाले नहेर्नुस्, समान व्यवहार गर्नुस्।’ नेतृ भुसालले कर्मचारी प्रशासनलाई कार्ल मार्क्सले बनिबनाउ सत्ताको संज्ञा दिएको उल्लेख गर्दै कर्मचारीतन्त्रमा क्रान्तिकारी परिवर्तन नआए समाजवादको जग हाल्न नसकिने बताइन्। उनले भनिन्, ‘हामी समाजवादको आधार तयार पार्ने चरणमा छौं। यसमा कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुन्छ। तपाईहरुमा रुपान्तरण नआए समाजवादको जग हाल्न बाधा पर्छ। तसर्थ, आफूलाई रुपान्तरण गरेर सेवा प्रवाहमा गुणात्मकता दिनुस्।’ पूर्वमन्त्री भुसालले कर्मचारी आन्दोलन ट्रेड यूनियन आन्दोलन हो वा होइन ? भन्ने विषयमा गम्भिर बहस हुनुपर्ने बताइन्। ‘कर्मचारी संगठन यूनियन हो। तर, ट्रेड यूनियन हो कि होइन भन्ने कुरामा बहस हुनुपर्छ’ उनले भनिन्, ‘कर्मचारीले आफूलाई नबदलेसम्म राज्ययन्त्र बदल्न सकिन्नँ। तपाईहरु सेवा प्रवाह गर्ने ठाउँमा हुनुन्छ, तपाईहरुको काम मजदुर संगठनको जस्तो होइन। सेवा प्रवाहलाई प्राथमिकता राखेर काम गर्नुस्।’ ‘नेपालको गणतान्त्रिक आन्दोलनमा कर्मचारीको ठूलो योगदान छ। तर, तपाईहरुको कार्यशैली र भूमिकाप्रति जनता सन्तुष्ट छैनन्’ भुसालले भनिन्, ‘त्यसको समीक्षा गर्न तपाईहरु तयार हुनुपर्छ। तपाईहरुको काम सरुवा र बढुवाका निम्ति दवाव दिने होइन, जनतालाई छिटो र गुणस्तरीय सेवा प्रदान गर्नु हो, त्यो कर्तव्य नभुल्नुस्।’ नेतृ भुसाले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा ऐनका विषयमा गम्भिर बहस भएकोसमेत उल्लेख गरिन्। उनले भनिन्, ‘संसदको समितिमा हामीले गम्भिर बहस सुरु गरेका छौं। कर्मचारी जनताप्रति, सेवा प्रवाहप्रति उत्तरदायी हुनुपर्छ। त्यसका लागि कस्तो प्रणाली ठीक हुन्छ भन्नेमा हाम्रो बहस छ। तर, तत्कालका लागि सरकारले प्रस्तुत गरेको विधेयक अघि बढ्छ।’ पूर्वमन्त्री भुसालले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कर्मचारी संगठनका बैठक र कार्यक्रम नराख्न निर्देशन दिइन्। उनले भनिन्, ‘कार्यालय समयमा तपाईहरुले राजनीति गर्न पाउनुहुन्न। त्यो समय जनतालाई सेवा दिनुपर्छ। कर्मचारी संगठनका बैठक, भेला, प्रशिक्षण कार्यालय समय अघि वा पछि राख्नुस्। १० बजेदेखि ५ बजेसम्म नराख्नुस्।’ ‘सबै कर्मचारी नेता मात्र बन्ने हो भने जनताको काम कसले गर्छ ?’ नेतृ भुसालले प्रश्न गर्दै भनिन्, ‘तपाईहरु सत्ताधारी पार्टीको कर्मचारी भएर होइन, राम्रो र उत्कृष्ट कर्मचारी भएर पुरस्कृत हुनुस्। जनतालाई राम्रो सेवा दिने कर्मचारी मात्र समाजवादी कार्यदिशाप्रति बफादार भएको ठहर्छ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies