Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

चिनियाँ उच्च नेताको भ्रमण नेपालको लागि ठुलो अवसर

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी अहिले काठमाडौंमा छन् । तीन दिने भ्रमणका लागि नेपाल आईपुगेका उनि आज उच्च स्तरका राजनीतिक भेटघाटमा व्यस्त छन् । ऐतिहासिक रुपमा भएको चिनियाँ विदेशमन्त्रीको यस भ्रमण र यसबाट नेपालले लिनसक्ने फाइदाको सन्दर्भमा परराष्ट्र विद् हिरण्यलाल श्रेष्ठसँग खबर डबलीले कुराकानी गरेको छ । ऐतिहासिक भ्रमणको सन्दर्भमा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :

निकै लामोसमय पछि नेपालमा चिनियाँ उच्च स्तरका नेताको आगमन भएको छ । चिनियाँ विदेशमन्त्रीको यस खालको आगमनलाई यहाँले कसरी हेर्नुहुन्छ ?

चिनियाँ विदेशमन्त्रीको आगमन खासमा हुँदै गरेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल गराउनको लागि तयारी भ्रमण हो । उनको भ्रमणले दुई देशको बीचको सम्बन्धलाई अलि बढि उचाईमा लग्न पनि भूमिका खेल्दछ । बीआरआई अन्तर्गतका ९ वटा परियोजना प्रस्ताव गरिएको छ । त्यसको कार्यान्वयन हुन सकेको छैन् । त्यहि ९ वटा परियोजनाको विस्तृत खाका तयार पार्ने काम पनि यसपालिको भ्रमणमा हुन्छ । विकासको फड्को मार्ने वातावरण यसले तयार पार्छ ।

विदेशमन्त्रीको भ्रमणलाई चिनियाँ राष्ट्रपतिको आगमनको तयारी पनि भन्नुभयो । के राष्ट्रपति सि चिनफिङ आउनसक्ने कुरा प्रष्ट हो ?

हो सम्भावना बढि छ । चिनियाँ राष्ट्रपतिको भारत भ्रमण पनि हुँदैछ । भारत जाने बेलामा अक्टोबर १५ को दिन करिब ९ घण्टा जति नेपालमा बस्ने तयारी छ । औपचारिक घोषणा त भईसकेको छैन् तर यसको सम्भावना बढ्दै गएको छ । तयारी दुवै पक्षबाट अगाडि बढाइएको छ । राष्ट्रपति सि साउथ एसियाका सबै मुलुक पुगिसके । यसपालि उनि नेपाल आउने र नेपालसँगको सम्बन्धलाई अलि माथिल्लो स्तरबाट लैजाने सोंचमा छन् । यो सन्दर्भमा उनको भ्रमणलाई साकार बनाउनका लागि नेपालले कुनै कसर बाँकी नराखी तयारी राम्रोसँग गर्नुपर्दछ ।

चीनले अहिले नेपाललाई ऐतिहासिक रुपमै बढि महत्व पनि दिएको देखिन्छ । यसलाई कसरी हेर्न मिल्छ ?

चीनले प्रष्ट रुपमा छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको छ । नेपालले पनि छिमेकीसँग कसरी राम्रोसँग कुटनीतिक सम्बन्ध विकास गर्ने भनेर लागिरहेको छ । चीन र नेपाल दुईवटा छिमेकी देश पनि हुन् । चीन विश्वकै दोस्रो महाशक्ति पनि हो । उ अमेरिकाको मुख्य प्रतिस्पर्धी देश हो । अबको १०/१५ वर्षभित्र अमेरिकालाई उछिन्ने चीनको रणनीति छ ।

चीन नेपाललगायत दक्षिण एसियाली देशमा आफ्नो प्रभाव विकास गर्ने रणनीतिमा छ । उ यस क्षेत्रमा अमेरिकाको प्रभाव घटाउँदै आफ्नो प्रभाव दिर्घकालीन रुपमा विकास गर्न चाहन्छ । चीन विश्व महाशक्ति बन्नको लागि पनि आफ्ना छिमेकीलाई प्रभावमा राख्नुपर्ने चुनौतिमा छ । अहिले नेपाललाई प्राथमिकतामा दिनुको पछाडिको मुख्य कडि पनि यहि हो । चीनको लागि छिमेकीसँग घनिष्ट सम्बन्ध बनाउनु अहिलेको मुख्य चुनौति पनि हो । यहि सन्दर्भमा नेपालसँगको सम्बन्ध उच्च स्तरमा विकास गर्ने रणनीतिमा चीन लागेको हो ।

नेपालको बृहत्तर विकासको सन्दर्भमा चीनले के कस्तो क्षेत्रमा लगानी गर्ने र सहयोग वा समर्थन गर्ने अवस्था रहन्छ ?

चीनले यसअघि नै बीआरआईअन्तर्गत ९ वटा परियोजनामा सहयोग गर्ने भनेर प्रष्टै बोलिसकेको छ । तर दुई वर्ष बित्दा पनि काम हुन सकेको छैन् । अहिले ति ९ वटा परियोजनाको विस्तृत खाका बनाउने भन्ने ध्याउन्नमा चीन लागेको छ । उ ति सबै परियोजनालाई पूर्ण रुपमा कार्यान्वयन गराउन चाहन्छ ।

चीनले जहिले पनि दिर्घकालसम्म रहने परियोजनामा लगानी गर्न चाहन्छ । उसको प्राथमिकता जहिले पनि विकासका र निर्माणका काम त्यो पनि दिर्घकालसम्म हुने संरचनामा रहन्छ । नेपालले चीनबाट सहयोग लिने सन्दर्भमा पनि दिर्घकालिन र प्रष्ट योजनाका प्रस्ताव अगाडि सार्नुपर्ने हुन्छ ।

तपाईंले यसो भनिरहँदा, यसअघि पनि दर्जनौ सम्झौता चीनसँग भएको स्मरण गर्न सक्छौं । ति सम्झौतालाई केलाउँदा कार्यान्वन तह निकै फितलो पनि छ । यसलाई कसरी लिन सकिन्छ ?

साँच्चैभन्दा ति सम्झौता कार्यान्वयनमा चीनले होइन् नेपालले उदासिनता देखाएको हो । अहिलेको विषय पनि नेपाल बढि जिम्मेवार छ । चीनले सहयोग गर्छु प्रष्ट खाका सहित परियोजना पेश गर भन्छ, नेपाल अलमलमा पर्छ । यो अहिलेको सम्झौतालाई कार्यान्वयन गर्ने विषय पनि नेपालको लागि अन्तिम मौका हो ।

नेपालमा सिस्टम चेन्ज भयो काम गर्ने शैलि उस्तै छ । नेपालको ब्यूरोकेसीमा काम गर्ने तौर तरिका उस्तै छ । हामी गणतन्त्र ल्यायौं भन्छौं तर हाम्रो काम गर्ने शैलि हिजोकै जस्तो छ । जबसम्म यो विकास निर्माण गर्ने सन्दर्भमा काम गर्ने शैलि हाम्रो परिवर्तन हुँदैन् तबसम्म हामीले छिमेकी मुलुकबाट लाभ लिन सक्दैनौं । भारतसँगको सम्झौताको विषय पनि नेपाली पक्षको धेरै कमजोरीको कारण कार्यान्वयन हुन नसकेका हुन् । यो भ्रष्ट सिस्टमले विकास हुँदैन्, न छिमेकीले नै सहयोग गर्ने अवस्था रहन्छ ।

चीनले एकदमै चाँसोको रुपमा अगाडि बढाएको बीआरआई परियोजनाबाट नेपालले चाहिँ कसरी लाभ लिन सक्छ ?

बीआरआई प्रोजेक्ट नेपाल ल्याण्ड लक कन्ट्री भएको हुनाले ल्याण्ड लिंक कन्ट्री बनाउनको निमित्त पनि अति महत्वपूर्ण छ । प्रोजक्ट कार्यान्वयनमा आउँदा हामी चीनसँग मात्र होइन् अन्य देशसँग सुख्खा बन्दरगाहको माध्यमबाट व्यापार गर्न सक्छौं । यो प्रक्रिया अगाडि बढ्दै गर्दा भारतको पनि रेल नेपालमा आउने अनि चीनको रेल पनि नेपालमा आउने स्थिति हुन्छ । संसारकै ठुलो बजार चीन र दक्षिण एसिया जोड्ने कडिको रुपमा नेपाल रहन्छ । नेपालले पारवाहनको रुपमा छिमेकीलाई रेलद्धारा जोड्नुको साथसाथै यि दुवै छिमेकीको विकासबाट नेपालले पनि लाभ लिनसक्ने अवसर पनि हो । बीआरआई यस अर्थमा एकदमै महत्वपूर्ण हो ।

सिजिङपिङ आउनुपूर्व नेपाललाई चीनले जहिले पनि तिब्बतविरुद्धको आन्दोलन रोक भन्थ्यो तर सिजिङपिङ आएसँगै उनले रसुवागढी नाकालाई दक्षिण एसिया जोड्ने नाकाको रुपमा विकास गर्नेगरि लाग भनेको छ । चीनले सानो आँखाले होइन् ठुलो आँखाले नेपाललाई हेरेको छ । नेपालहुँदै जोडिने अन्य दक्षिण एसियाली देशलाई उसले हेरिरहेको छ । जहाँ उसको व्यापारको अपार सम्भावना पनि छ ।

यति धेरै सम्भावनाका ढोकाहरु खुल्दै गएको देखिँरहँदा यसलाई कार्यान्वयन गर्ने सन्र्दभमा नेपालको भूमिका पनि हुन्छ । नेपालको राजनीतिक नेतृत्वको स्तरमा र कुटनीतिक तहमा यसको अवस्था कस्तो देख्नुहुन्छ ?

नेपालमा राजनीतिक परिवर्तन ठुलो भयो । तर, भोली भोली भन्ने संस्कृति अझै पनि विद्यमान नै छ । ब्यूरोकेसी पुरानै छ । ब्युरोकेसीलाई छिटो छरितो बनाउने, सक्रिय बनाउने कुरा राजनीतिक नेतृत्वको कार्यशैलीमा भर पर्छ ।

उत्तर चीन र दक्षिण भारतसँग हिजोको जसरी कुटनीतिक सम्बन्ध राख्दैमा नेपालले लाभ लिन सक्दैन् । भेटें वा कुराकानी गरे भनेर मात्रै पनि भएन् । अब आर्थिक कुटनीतिको आवश्यकता परेको छ । नेपालले उत्पादन गर्ने र दुई छिमेकी हुँदै अन्य देशमा निर्यात गर्ने गरि सोंच्नुपर्दछ । दुई मुलुकको विकासबाट चेपिने होइन् लाभ लिने अवस्था बनाउन हामी आफैं तातिनुको विकल्प छैन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies