Khabar Dabali Logo
  November 18, Mon

गण्डकी प्रदेशमा डेङ्गु रोगी एक हजार भन्दा बढी

पोखरा । गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । ४१ दिनको अवधिमा सो सङ्ख्याका मानिस डेङ्गुबाट पीडित भएका हुन् ।

सोमबार साँझसम्म उक्त प्रदेशअन्तर्गत विभिन्न अस्पतालमा उपचार गराउने सो सङ्ख्याका बिरामी पुगेको पोखरास्थित प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको थियो । सो रोगको लक्षण देखिएपछि कम्तीमा एक साता अस्पतालमा भर्ना भएर उपचार गराउनुपर्ने र क्रमिकरूपमा सुधार हुँदै गएपछि बिरामीलाई चिकित्सकको निगरानीमा घरमै बसेर उपचार गराउन थालिएको महाशाखा प्रमुख शर्माले जानकारी गराए ।

एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने सो रोगबाट यस प्रदेशमा कसैको मृत्यु नभए पनि रोगीको सङ्ख्या वृद्धिले गर्दा सर्वसाधारणमा त्रासको वातावरण देखिएको छ । उक्त रोगलाई नियन्त्रण गर्नाका लागि पोखरा महानगरपालिकाले व्यापकरूपमा जनचेतनाका अभियानका साथै लामखुट्टेको बासस्थानलाई नष्ट पार्ने कार्यलाई अभियानको रुपमा लिएको छ ।

सो अभियानअन्तर्गत पोखरा महानगरपालिकाले प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा घर–घरमा पुगेर लामखुट्टेको टोकाइबाट बच्ने उपायका साथै सोको बासस्थानलाई नष्ट गर्ने विषयमा जागरुकता फैलाउन कर्मचारीहरु खटाइसकेको छ ।

डेङ्गु रोगको उपचारमा संलग्न रहनुभएका डा भोजराज गौतमले २० देखि ३० डिग्रीको तापक्रममा डेङ्गुको सङ्क्रमण हुने देखिएकाले असोज महीनासम्म सो रोगको प्रभाव रहनसक्ने र यसबाट बच्नका लागि एडिस जातको लामखुट्टेको बासस्थानलाई नै नष्ट गर्न तदारुकता अपनाउनुपर्ने बताए । एडिस एजिटाइ र एडिग आल्बोपिक्टस नामका लामखुट्टेले गाडीको पुरानो टायरभित्र जमेको पानी, खुला ट्याङ्की, कुलरभित्र जमेको पानी, गमलाको पानी, टुटेफुटेको गाग्री, सीसा, खेर फालेको प्लाष्टिक, टिनको बट्टा आदिमा फूल पार्ने भएकाले त्यस्ता स्थानमा सफाइ गर्नुपर्ने हुन्छ ।

उक्त जातको लामखुट्टे प्रायः दिउँसै टोक्ने गरेकाले दिउँसोको समयमा जीउभरि लुगाले ढाक्नुपर्छ । डेङ्गु फैलाउने लामखुट्टे भुइँदेखि बढीमा तीन फिट माथिसम्म मात्र उड्न सक्ने भएकाले खुट्टा र हातमा नरिवलको तेल लगाएर हिँडेमा लामखुट्टेको टोकाइबाट जोगिन सकिने आयुर्वेद चिकित्सकको सुझाव छ ।

डेङ्गु रोग लागेका बिरामीलाई जाडो हुनाका साथै उच्च ज्वरो आउने, जीउ तथा हाडजोर्नी बेस्सरी दुख्ने, प्रशस्त पसिना आउने, रोग लागेको केही समयपछि, छालामुनि रगत जमेको धब्बा देखिने र रोग जटिल हुँदै गएपछि नाक, गिजा वा शरीरको अन्य अङ्गबाट रगत बग्ने चिकित्सकहरु बताउँछन्

भदौ २४ गते, २०७६ - १९:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनावश्यक मुआब्जा माग्ने प्रवृत्तिले विकास निर्माणमा अवरोध बढ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति...   

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया...   

नयाँ ट्याक्सीको दर्ता खुल्दै

काठमाडौं । सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा...   

नेमकिपाका वडाध्यक्षको उम्मेदवारसहित नेकपा प्रवेश

भत्तपुर । नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट...   

वर्तमान सरकारले नै सीमा समस्या हल गर्छ : पूर्वप्रधानमन्त्री खनाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको...   
नयाँ ट्याक्सीको दर्ता खुल्दै

नयाँ ट्याक्सीको दर्ता खुल्दै

काठमाडौँ । सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० आवश्यक क्षमताको र त्योभन्दा...   
यस्तो छ  माथिल्लो त्रिशूली थ्री ए को नालीबेली !

यस्तो छ माथिल्लो त्रिशूली थ्री ए को नालीबेली !

काठमाडौं । लामो प्रतिक्षापछि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक...   

बाँकेमा बस दुर्घटना हुँदा १२ जना घाइते

राँझा । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस आज बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित...   
टिकटकका १ अर्ब ५० करोड प्रयोगकर्ता

टिकटकका १ अर्ब ५० करोड प्रयोगकर्ता

क्यालिफोर्निया। पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या...   
‘दिसा–पिसाबले च्यापे कहाँ जाने ?सार्वजानिक शौचालय छैन’

‘दिसा–पिसाबले च्यापे कहाँ जाने ?सार्वजानिक शौचालय छैन’

काठमाडौँ । ‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ साताँै शौचालय दिवस भोलि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top