Khabar Dabali Logo
  January 24, Fri

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । जबर्जस्तीकरणी मुद्दाका फरार अभियुक्त सोमबार पक्राउ परेका छन् । जुम्ला घर भई काठमाडौँको बसुन्धरा बस्दै आएका ३९ वर्षीय मनोज खत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

जबर्जस्तीकरणी गरेको आरोप लागेका खत्री २०७४ सालमा बानेश्वरबाट फरार भएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको थापाले बताए ।

अठार वर्षपछि पक्राउ

नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई १८ वर्षपछि पक्राउ गरेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विसं २०५७ मा तत्कालीन काठमाडौँ महानगरपालिका–३४ महादेवस्थान बस्ने २० वर्षीय अशोक राईको हत्यामा संलग्न सिन्धुपाल्चोकका ३८ वर्षीय भीमसेन भण्डारीलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले महादेवस्थानमा निर्माणाधीन घरको सामान कुर्न बसेका राईलाई मादक पदार्थ सेवन गरी विवाद हुँदा धारिलो हतियार प्रयोग गरेर हत्या गरी फरार रहेका भण्डारीलाई १८ वर्षपछि पक्राउ गरिएको जानकारी दिए ।

“बानेश्वरस्थित भट्टी पसलमा वादविवाद भएपछि राईले गालामा थप्पड हानेको विषयलाई लिएर भण्डारीले उनी बस्ने ठाउँमा एक्लै गई धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ”, उनले भने। पक्राउ परेका भण्डारी भक्तपुरका विभिन्न क्षेत्रमा अस्थायी सहचालकका रुपमा काम गर्दै आएको अनुसन्धानमा खुलेको छ ।

भदौ २४ गते, २०७६ - १२:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काँग्रेसको आन्तरिक विवाद मिलाउन देउवा निवासमा छलफल जारी

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी...   

फरार प्रतिवादी पक्राउ

तनहुँ । लागुऔषध मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ...   
वन र रिंगिट बाहेक सबै विदेशी मुद्रा महङ्गियो, कुन देशको कति छ ?

वन र रिंगिट बाहेक सबै विदेशी मुद्रा महङ्गियो, कुन देशको कति छ ?

काठमाडौं । शुक्रबार कोरियन वन र मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको मूल्य बढेको छ ।नेपाल राष्ट्र...   
चरम विभेद गरिएको भन्दै नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा

चरम विभेद गरिएको भन्दै नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा

काठमाडौँ । नेपाल एयरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच...   

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने

काठमाडौं । नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा...   

रेल सेवाका लागि २ सय २६ कर्मचारी करारमा लिदै सरकार

काठमाडौं । सरकारले जनकपुर जयनगर बर्दिबास रेलसेवा सञ्चालनका लागि आवश्यकताका आधारमा ४५ पदमा २ सय २६...   

प्रहरीको खेलाँचीले सिद्धबाबा फरार

काठमाडौं । सुनसरी जिल्ला अदालतले धरौटीमा छाडेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालबाट आश्रम...   

सात छोराछोरी सुरक्षा फौजमाः आमा बुबा सम्मानित

डोटी । दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज...   

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश एकमा नेकपाकाले बाजी मारो

माघ ९ काठमान्डौ,राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश एकमा नेकपाले बाजीमारेको छ । आज भएको मतदानमा...   

राष्ट्रियसभा सदस्यमा नेकपाका राधेश्याम पासमान विजयी

माघ ९ काठकमन्डौ, प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमाराधेश्यम पासवान विजय भएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top